झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ चैत । पाँचथर फिदिम नगरपालिका–५ बस्ने ३७ बर्षीय लिलानाथ तुम्बापोको मृत्यु भएको छ । फिदिम–५ का वडा(अध्यक्ष समेत रहेका तुम्बापोको झापाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालय जनाएको हो।

Read More

धुलाबारी, २१ चैत । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले शुक्रबार (आज) अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् । आफ्नो ५२ औँ जन्मदिनको अवसर पारेर उनले मेचीनगर–१० स्थित बुद्ध टोलमा बसोबास गर्ने निम्न वर्गका २४ परिवारलाई ती सामग्री सहयोग गरेकी हुन् । सीताका श्रीमान् बालकृष्णले जन्मदिनमा वर्षेनी गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यसवर्ष चामल, दाल, खानेतेल, नुन र चिनी वितरण गरिएको बताए । बालकृष्णकी भाउजू गीता उप्रेती, सीताकी बहिनीरज्वाईं तुलसार ध्रुव कँडरिया तथा ज्वाईं केशव सिटौलाले ती सामग्री हस्तान्तरण गरेका थिए । बालकृष्णका दाजु लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै सामूहिक रूपमा कार्यक्रम नगरी…

Read More

सुरेन्द्र भण्डारीसुरुङ्गा, २१ चैत । कोरानो भाइरस ९कोभिड— १९ ० जोखिम हुन नदिन लकडाउन भएपछि समस्यामा परेका विपन्न समुदायलाई बिर्तामोडका तीन युवा गाउँगाउँमा पुगेर सहयोग गर्दै आएका छन् । खाद्यन्न अभावमा परेका परिवारलाई युवा व्यवसायी प्रवीण अग्रवाल, पुरुषोत्तम अग्रवाल र सञ्जय अग्रवालले ग्रामीण क्षेत्रमा पुगेर विपन्न परिवारलाई खाद्यन्न वितरण गर्न शुरु गर्नुभएको हो । बाह्रदशी तथा कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका झण्डै ५०० विपन्न परिवारलाई तीन युवा व्यवसायीले राहत वितरण गरिसक्नुभएको छ । स्थानीय तहसँग समन्वय गर्दै बिर्तामोडबाट राहत सामग्री बोकेर गाउँ छिरेका युवाले घरघरमै पुगेर राहत सामग्री ९चामल, दाल, नुन, तेल, साबुन, चाउचाउ० प्रदान गर्दै आएको प्रवीणले जानकारी दिनुभयो…

Read More

अनिल वाग्लेबुधबारे, २१ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लक डाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नुनपरोस् भन्ने उद्धेश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले ५६ हजार रुपैँया सहयोग गरेको छ । उक्त सहयोग राहत रकम बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गरिएको बुद्धशान्ति प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले बताएका छन् । राज्यलाई आपत परेको बेला सबैको सहयोग रहनुपर्ने महसुस गरेर बुद्धशान्ति गाउँपालिका भित्रका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईलाई सो रकम हस्तान्तरण गरिएको प्याब्सन बुद्धशान्तिका सदस्य राज अर्यालले बताएका छन् । सो राहत रकम प्याब्सन…

Read More

अर्जुनधारा, २१ चैत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देश लकडाउनमा रहेको र दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकालाई राहत उपलब्ध गराउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले स्थापना गरेको राहत कोषमा ५१ हजार रकम उपलब्ध भएको छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–बिर्तामोड झापाले उक्त रकम हस्तान्तरण गरेको हो । सो रकम शुक्रबार समितिका अध्यक्ष हरिप्रसाद कडरिया, सदन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाई, महासचिव शारदाप्रसाद थपलिया, कोषाध्यक्ष टहलदास ओली, सदस्य पुष्पप्रसाद आचार्यलगायतले संयुक्त रुपमा नगर प्रमुख हरिकुमारलाई हस्तान्तरण गरेको जनाइएको छ ।

Read More

बिर्तामोड, २१ चैत । कोरोनाको प्रकोपबाट प्रभावित हुने अतिविपन्न र गरीब मजदुर पारिवारलाई चाँडो राहत पुगोस भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको राहत कोषमा रू एक लाख सहयोग हस्तान्तरण गरेको छ । नेकपा झापा अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङ्पाङले आज जिसस प्रमुख सोमनाथ पोर्तेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । नेकपा झापाले यसअघि नै विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेको र सोही अनुसार रकम हस्तारन्तरण गरिएको नेकपा झापा प्रचार विभाग उपप्रमुख सन्तोष आचर्याले जानकारी दिनुभयो । कोरोनाबाट उत्पन्न परिस्थिति र लक डाउनका कारण जनजीवन दैनन्दिन कष्टकर भन्दै गइरहेको बेला पार्टीका तर्फबाट विषम परिस्थिति सामना गर्न…

Read More

कनकाई, २१ चैत । विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अ’भावमा छ टपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन् । झापाका सबै स्थानीय तहमा एकद्वार प्रणालीअनुरूप अत्यावश्यकीय सामग्री एकैसाथ वितरण हुनथालेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहतस्वरूप स्थानीय सरकारका तर्फबाट खाद्य सामग्री वितरणको कार्य तीव्ररूपमा अघि बढेको हो । बिहान बेलुका हातमुख जोर्न नै धौधौ पर्ने अवस्था आउन थालेपछि हरेक स्थानीय तहअन्तर्गतको विपद् व्यवस्थापन कोषबाट अति विपन्न परिवारलाई घरैमा गएर स्थानीय सरकारका प्रतिनिधिहरुले…

Read More

बिर्तामोड, २१ चैत । झापाको भद्रपुर–२ स्थित किच्चकबध क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा रहेका १८ जना मजदुरलाई आज आवश्यक सामग्री प्रदान गरिएको छ । अस्थायी क्वारेन्टाइनमा रहेका उनीहरुको अवस्थाबारे अनुगमन गर्दै आवश्यक सामग्री प्रदान गरिएको झापा क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाले जानकारी दिनुभयो । अनुगमनका क्रममा उनीहरुको बसाइ अव्यवस्थित रहेको, खाद्य सामग्री अभाव, सुताइका लागि आवश्यक सामग्री अभाव, झुल समेत नभएकाले पाइएको उहाँले बताउनुभयो । ‘अनुगमनपछि आवश्यक सामग्री वितरण गरेका हौँ’, उहाँले भन्नुभयो, ‘बास स्थानमा टेन्टको समेत व्यवस्थापन गरी अस्थायी रुपमा भए पनि बस्न लायक बनाइयो ।’ उनीहरुलाई २०० केजी चामल, २० केजी आलु, ५ केजी दाल, ९ थान…

Read More

सन्तोष शर्माबिर्तामोड, २१ चैत । सरकारले सञ्चालन गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा झापाका सहकारी अग्रसर बन्दै गएका छन् । जिल्लामा क्रियाशील साना–ठूला सहकारी संस्थाले आफ्नो क्षमताले भ्याएसम्म सरकारको यो अभियानमा सहयोग गरिरहेका हुन् । सरकारले लकडाउन घोषणा गरेयता विपन्न वर्गमा त्यसको असर पर्दै गएको छ । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले कोरोना संक्रमण नियन्त्रण र राहतका विभिन्न प्याकेज कार्यक्रम सञ्चालनमा ल्याएका छन्÷ ल्याइरहेका छन् । सरकारको यो अभियानमा जिल्लाका सहकारीले समेत सहयोग गरिरहेका छन् । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोभिड–१९ को संक्रमणको यो विपद्को समयमा जिल्लाका क्रियाशील सहकारीलाई स्वेच्छिक रुपमा सहयोग गर्न संघले आह्वान…

Read More

झापा, २१ चैत । कोरोना भाइरस कोभिड(१९ को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या ५३ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा मृत्यु हुनेको संख्या ५३ हजार २ सय पुगेको छ । त्यसैगरी विश्वभर संक्रमित हुनेको संख्या पनि १० लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा कोरोना भाइरस संक्रमित १० लाख १५ हजार ६ सय ६७ पुगेको छ । सबै भन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन । जहा अहिले सम्म २ लाख ४५ हजार ८० जनालाई भाइरसको संक्रमण पुष्टि भएको छ । तर सबै भन्दा बढी ज्यान गुमाउने देशमा भने इटाली रहेको…

Read More