
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, २२ चैत । प्रदेश नं. १ सरकारले झापाका सबै स्थानीय तहलाई आज पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले यहाँका १५ वटा स्थानीय तहलाई दुई/दुई वटाका दरले ३० वटा पीपीई प्रदान गरेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिनुभयो । हाल जिल्लामा आइसोलेसन वार्डमा दुई जना, क्वारेन्टाइनमा ११० जना र होम क्वारेन्टाइनमा ९७० जना रहेका छन् । सात जनाको कोरोना परीक्षण गरिएकोमा छ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी रहेको संयोजक चौलागाईंले बताउनुभयो । ‘झापामा अहिलेसम्म…
मेचीनगर, २२ चैत । नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक टोलीले दैनिकी चलाउन धौ–धौ परेका निम्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका ती परिवारलाई सो टोलीले राहत प्रदान गरेको हो । एक साताअघिदेखि राहत वितरणलाई अभियानका रुपमा अघि बढाएको युवा समाजसेवी थापा, राप्रपाका युवा नेता नेत्र कार्कीलगायतको टोलीले अति विपन्न परिवारलाई राहत हस्तान्तरण गर्दै आएको छ । राहत सामग्रीको व्यवस्थापन गरेका थापाका अनुसार उक्त टोलीले अभियानको पहिलो चरणमा मेचीनगर–६ स्थित मेची डाँडाका निम्न वर्गीय ४० घरधुरीलाई राहत दिएको छ । त्यस्तै, टोलीले मेचीनगर–६ स्थित शान्ति…
काठमाडौं, २२ चैत । अध्ययन तथा रोजगारीको सिलसिलामा यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना संक्रमित भएका छन् । समाचार अनुसार पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । यसअघि त्यहाँका विभिन्न संचारमाध्यमहरुले रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका १ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । त्यसपछि उनीसहित ६ नेपालीमा कोरोना संक्रमण भएका खबरहरु थिए । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैह्रआवासीय नेपाली संघ९एनआरएन० पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पुष्टि गरेसँगै पोर्चुगलमा संक्रमितको संख्या १४ पुगेको हो । पोर्चुगलपछि बहराइनमा पनि ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमित भएका…
झापा, २२ चैत । नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । एक जनालाई पहिलोपल्ट नेपालभित्रै संक्रमित भएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सवा ४ बजे हुने पत्रकार सम्मेलन अगावै सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितको विवरण सार्वजनिक गरेको…
झापा, २२ चैत । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ । शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन् । विश्वमा एकैदिन कोरोना भाइरस संक्रमण साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ । यो भाइरसबाट एकैदिन करिब ६ हजारको मृत्यु भएको छ । सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ । अमेरिकामा शुक्रबार एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार…
बिर्तामोड, २२ चैत । झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा कनकाई एजुकेशन फाउण्डेशनले सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को संक्रमणका बेला विपन्न परिवारलाई राहत दिन र कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न कनकाई एजुकेशन फाउण्डेसनले ५० हजार रुपैयाँ सहयोग गरेको हो । फाउण्डेशनका संस्थापक जनयनारयण ढुंगानाले मानव जातिमाथि नै ठूलो विपत्तिका रुपमा कोरोना भाइरसको प्रकोप देखिएकाले फाउण्डेशनले सहयोग गरेको बताउनुभयो । यो विपत्तिको सामना गर्न बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
सुनसरी, २२ चैत । सुनसरी बराहक्षेत्र–२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते भएकोमा उनको धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, २२ चैत । सहारा नेपाल साकोस लि. बिर्तामोड २, झापाद्धारा कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि सहकार्यका साथै राहत प्याकेज घोषणा गरेको छ । जो यस प्रकार छ ।कारोना भाईरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो बिश्व कठिन समय र परिस्थितीबाट गुज्रिरहेको ब्यहोरा सबैलाई अबगत भएकै कुरा हो । यसै सन्दर्भमा नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत्र ९ गतेदेखि बन्द गरी लकडाउन गरेर सम्पूर्ण नागरिकहरुलाई घरमै बसेर सहयोग गर्न आह्वान गरिसकेको छ । यस कठिन परिस्थितीमा यस सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि मन फुकाएर आपत बिपदको यस घडिमा सहयोग…
बिर्तामोड, २२ चैत । झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा धमाधम रकम संकलन भइरहेको छ । हालसम्म कोषमा एक जना व्यक्तिगत र १६ वटा संस्थागत रुपमा ९ लाख ७६ हजार ५ सय सहयोग गरेका छन् । बिर्तामोड नगरपालिकाले ५० लाखको राहत कोष स्थापना गरेको छ । जसमा नगरप्रमुख शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, अधिकृत देवराज कार्की र सबै वडाध्यक्षलगायतका जनप्रतिनिधिले एक/एक महिनाको पारिश्रमिक राहत कोषमा सहयोग गरेका छन् । सहयोग गर्ने सामाजिक संघसंस्था तथा व्यक्तिहरुको नामावली १. कर्णाली साकोस १ लाख २. सिम्रिक साकोस १ लाख ३. कञ्चनजंगा अङ्ग्रेजी…
एजेन्सी, २१ चैत्र । गत डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिने पहिलो व्यक्ति डाक्टर ली वेनलियाङलाई सहिद घोषणा गरिएको छ । उनलाई कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले सहिद घोषणा गरेको हो । तर डाक्टर लिको चेतावनीलाई अफवाह मानेर प्रहरीले पक्राउ गरि हिरासतमा समेत राखेको थियो । हिरासतबाट निस्केर पनि उनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका थिए । बिरामीहरुको उपचारमा खट्दा खट्दै उनलाई पनि भाइरस संक्रमण भै गत फेब्रुवरीमा उनको मृत्यु भएको थियो । वुहानमा हजारौलाइ कोरोना भाइरस संक्रमण हुन थालेपछि चिन सरकारले डाक्टर लिको चेतावनीलाई नबुझ्नु ठुलो गल्ति भएको भन्दै माफी समेत मागेको छ…