झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ चैत । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । सरकारले घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो । यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ । २५ लाखको जीवन बिमा सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मीका लागि असार मसान्तसम्मका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँको जीवन बीमा गरिदिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना प्रभावित क्षेत्रमा…

Read More

झापा, १७ चैत । चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएका छन् । उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ,…

Read More

झापा, १७ चैत । धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् । जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो । आजको राजधानी दैनिकमा खबर…

Read More

झापा, १७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन् । श्रमिकहरु कामविहीन हुनुका साथै तत्कालै काम सुचारु गर्न नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

विराटनगर, १६ चैत । प्रहरी चौकी प्राप्चा ओखलढुङ्गामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ व्यक्ति अपहरण, अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरु तथा कर्तव्य ज्यान जस्तो जघन्य आपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरी अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको…

Read More

बिर्तामोड, १६ चैत । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि नेपाल वार एशोसिएसनको झापा शाखाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । झापा वारले आइतवार केन्द्रीय वारमार्फत सरकारले स्थापना गरेको उपचार कोषका लागि रकम पठाएको झापा वारका कोषाध्यक्ष अधिवक्ता अर्जुन वस्नेतले बताए । ‘सङ्कटका बेला सरकारको अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व हो’, कोषाध्यक्ष बस्नेतले भने, ‘कोरोना भाइरस विरुद्धको अभियानमा हामी पनि सरकारसँगै छौँ ।’ देशभरका वार एशोसिएसनका शाखाले केन्द्रीय वारमार्फत कोषका लागि रकम पठाइरहेका छन् । केन्द्रीय वारले एकद्वार प्रणालीमार्फत रकम सङ्कलन गरी सरकारको कोषमा हस्तान्तरण गर्ने नीति लिएको छ । यसअघि…

Read More

सन्तोष शर्माविश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) को कहरमा परेको छ । के धनी ? के गरीब के ? के बालक ? के बृद्ध ? सबै–सबै यसको कोपभाजनमा परेका छन् । यो सूक्ष्म जीवले अहिले भीमकाय डाइनोस्वर भन्दा पनि डरलाग्दो र खतरनाक रुपमा मानव अस्तित्वमाथि धावा बोलिरहेको छ । ठूला र शक्तिशाली भनिइने बम–मिसाइलधारी देश पनि यस भाइरसका अगाडि लाचार छन् । त्राहिमाम भएर जीवन र मृत्यूसँग जुधिरहेका छन् । यसलाई हराउने हर प्रयास गरिरहेका छन् । आजसम्म विश्वमा ३१ हजार ७३७ जनालाई कोरोनाले निलिसकेको छ भने ६ लाख ७७ हजार ७०५ जना यसको चंगुलमा फँसिसकेका छन् । तर, १…

Read More

पार्थ मण्डलझापा, १६ चैत । राजधानी बाहेक अन्यत्र कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको परीक्षण ल्याब सञ्चालनमा नआउँदा जिल्लाका आइसोलेसन वार्डुमा भर्ना भएका बिरामीको उपचारमा समस्या निम्तिएको छ। समयमै बिरामीको थ्रोट स्वाबु परीक्षण हुन नसक्दा यसले जोखिम र अनिश्चतता बढाएको हो। मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डुमा उपचार गराइरहेका दुई बिरामीको २४ घण्टा बितिसक्दा पनि थ्रोट स्वाबु परीक्षण हुन सकेको छैन। थ्रोट स्वासु परीक्षण गर्न काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउनुपर्ने हुन्छ। तर विमानलगायत अन्य कुनै पनि प्रकारका सवारीसाधन नचलेकाले थ्रोट स्वाबु परीक्षणका लागि पठाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले जानकारी दिए। ‘अहिलेसम्म बिरामीको थ्रोट स्वाब परीक्षण गर्न पठाउन सकेका छैनौं,…

Read More

झापा, १५ चैत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । तर कोरोना संक्रमणको जोखिम…

Read More

झापा, १६ चैत । झापाको मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएकाहरुको घरमा रातो रंगको संकेत लगाउने भएको छ । नगर क्षेत्रमा स्थायी बसोबास भएर भारतलगायत तेस्रोमुलुकबाट फर्किएकाको पहिचानका लागि नगरपालिकाले उनीहरुको पहिचानका लागि घरमा रातो रंगको संकेत लगाउने भएको हो । विदेशबाट फर्किएकाहरुमा मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेकाले उनीहरुको पहिचान र संक्रमण फैलन नदिन नगरपालिका यस्तो अभियान शुरु गरेको नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । रातो रंग लगाएपछि होम क्वारेन्टाइनको अनुगमन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न सजिलो हुने उहाँले बताउनुभयो । गत फागुन २२ यता मेचीनगर नगरपालिकामा भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । सबैभन्दा…

Read More