
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ चैत । झापा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका १५ वटा स्थानीय तहमा विपन्न नागरिकका लागि राहत अभियानमा सघाउने भएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले झापाका १५ वटै स्थानीय तहलाई राहत अभियानमा सघाउने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लक डाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्यामा छन् । उनीहरुलाई राहत दिन झापाका १५ वटै स्थानीय तहले कोष बनाउनुका साथै सङ्घ संस्थालाई एकद्वार प्रणालीबाट राहत अभियानमा सघाउन आह्वान गर्दै आएका छन् । संस्थाको आकस्मिक राहत कोष र सामाजिक उत्तरदायित्व अन्तरगत झापाका सबै पालिकालाई हुने गरी…
सन्तोष शर्माबिर्तामोड, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन र विपन्नलाई राहत दिन झापाको कनकाई नगरपालिकाले रू ३० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिएकाले त्यसको रोकथाम, नियन्त्रण एवम् विपन्न परिवारलाई राहत दिन कोष स्थापना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । ‘कोषमा जम्मा भएको रकमबाट पीडितको औषधि उपचार तथा राहत सामग्री वितरण गर्नेछौँ’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘कोषमा सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति एवम् सबै सहयोगी हातहरुलाई अनुरोध गर्दछु ।’ चालू आर्थिक वर्षमा नगरपालिकाले विपद् व्यवस्थापनका लागि रू ५० लाख विनियोजन गरेको छ । सो रकममध्ये रू…
बिर्तामोड, १८ चैत । झापाको मेचीनगरमा विपन्न वर्गका नागरिकलाई राहत दिन ‘फुड बैंक’ स्थापना गरिएको छ । कोभिड–१९ का कारण देश ‘लक डाउन’ भएपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएका विपन्न समुदायका नागरिकलाई लक्षित गरी ‘फुड बैङ्क’ स्थापना गरिएको हो । विनाशकारी महाभूकम्पका बेला संगठित भएको ‘मेची अभियान’ ले मेची उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमिया अभियानका संयोजकत्वमा फुड बैंक स्थापना गरेको हो । ‘श्रमिक र ज्यालादारी मजदुरको घरमा खाद्यान्न अभाव छ, उनीहरुको घर–घरमै खाद्यान्न उपलब्ध गराउने फुड बैंक स्थापना गरेका हौँ’, संयोजक डालमियाले भन्नुभयो, ‘यहाँका सबै राजनीतिक दल र संघसंस्थाको सक्रियता फुड बैंक सञ्चालनमा आएको हो ।’ फुड बैंकले खाद्यान्न…
अनिल वाग्लेबुद्धशान्ति, १८ चैत । झापाको बुद्धशान्ति गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध उच्च सर्तकता अपनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, ७ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मी, इलाका प्रहरी कार्यालय आप्mनो स्थानीय तहमा कोरानाको संक्रमण हुन नदिन विभिन्न सर्तकता अपनाउँदै विदेशबाट आएका नागरिकलाई उच्च स्वास्थ्य निगरानीमा राखेर अतिआवश्यक सामग्रीको अभाव जनतालाई हुन नदिन विभिन्न योजनाका साथ सकृयता जनाइरहेका छन् । इलाका प्रहरी कार्यालय, झापा उद्योग वाणिज्य संघ लगायतसँगको सहकार्यमा बुद्धशान्ति गाउँपालिकाका नागरिकलाई कोरोनाको संक्रमण हुन नदिन तथा अतिआवश्यक सामग्रीको अभाव हुन नदिन लागिपरेको बुद्धशान्ति गाउँपालकाकाले जनाएको छ । स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सबैलाई…
केही दिनयता बिश्वमा महामारीकोरुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा पनि संक्रमण फैलदै गइरहेको बिदितै छ । यसैक्रममा यस बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यो रोगको संक्रमण बढ्न सक्ने खतरालाई बिशेष ध्यान दिंदै नगरपालिकले जनस्तरमा सचेतनता लगायत ज्वरो आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने र शंकास्पद बिरामीहरुलाई थप परिक्षणका लागि सुबिधासम्पन्न अस्पतालमा पठाउनेसम्मका काम गरिरहेको छ । नगरपालिकाद्धारा स्वास्थ्य शाखालाई २४ सै घण्टा क्रियाशील गराई सम्पूर्ण स्वास्थ्यकर्मीलाई अहोरात्र बिरामीको सेवामा खटाइएको छ । साथै, बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा र औषघि, खाद्यान्न, तरकारीकोे अभाब हुन नदिन घरघरमा सेवा दिने अभियान पनि चलाइएको छ । यो रोगको प्रकोप बढ्दै जाँदा नगरबासीहरुले लकडाउनको पालना…
अर्जुनधारा, १८ चैत । अर्जुनधारा नगरपालिकाले शनिश्चरे माविको भवनमा ५० वेडको क्वाारेन्टाइन निर्माण गर्ने भएको छ । नगर भित्र क्वारेन्टाइनमा राख्नु पर्ने संकित व्यक्तहरुको संख्या बढने अवस्था सृजना भएपछि नगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउन लागेकोे हो । हाल अर्जुनधारा नगरपालिकाले १२ वेडको क्वारेन्टाइन संचालन गरेको छ । वडा नंं ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीमा संचालनमा आएको क्वारेन्टाइनले अपुग हुने अवस्था आएपछी शनिस्चरे माविमा क्वारेन्टाइन निर्माण गर्न लागिएको हो । अहिले क्वारेन्टाइनमा ६ जनालाई राखिएको छ । ति सबै बैदेशिक रोजगारीबाट फर्किएका हुन् । नगरपालिकाले होम क्वारेन्टाइनमा भने ९३ जनालाई राखेको जनाएको छ । जिल्ला समन्वय समिति झापाले हरेक नगरपालिकालाई १…
बिर्तामोड, १८ चैत । कोभिड १९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको उनको स्वाब थ्रोट परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा। पीताम्बर ठाकुरले जानकारी दिए । उनको शारीरिक स्वास्थ्य अवस्थामा अहिले सामान्य रहेको समेत डा। ठाकुरले बताए । झापाको गौरदाह नगरपालिका बस्ने ३५ वर्षीय युवक कतारबाट वैदेशिक रोजगारीबाट गत चैत ४ गते घर फर्किएका थिए । फ्रान्सबाट आएकी कोरोना सङ्क्रमित नेपाली युवतीसँग एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर चैत ११ गते स्वास्थ्यकर्मीको सम्पर्क आएका थिए । तर, ती युवक…
झापा, १८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको मंगलबार नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको जानकारी दिनुभयो । “स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न÷नगराउन अनुरोध गर्दछौँ”, उहाँले पत्रकारसम्मेलनमा भन्नुभयो…
झापा, १८ चैत । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ । सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो । सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् । मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका…
काठमाडौं, १८ चैत । काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ। सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको हो। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ। ‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने निकै सुधार भएको छ। राष्ट्रिय मापदण्डभन्दा…