
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
टीकाराम उप्रेतीझापा, २० चैत । कोरोना भइरस कोडिभ १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लक डाउनका कारण समस्यामा परेका असंगठित मजदुरलाई तत्काल उपलब्ध गराउन राहात संकलनको काम तिब्र रुपमा भइरहेको छ । झापाको दमक नगरपालिका नगरपालिकामा यो क्षेत्रमा रहेका बिभिन्न राजनीतिक दल, संघसस्था, फर्म, ब्यक्तीहरुले राहात उलब्ध गराएका छन् । बिहीबार मात्र दमक नपामा नेपालीका काँग्रेसको दमक नगर समितिको तर्फबाट १ लाख ५१ हजार ५ रुपियाँ नगद राहात उपलब्ध गराएको छ । नेपाली काँग्रेसका दमक नगर सभापति रोशन बिष्टका अनुसार नगरभित्रका १० वटै वडाबाट संकलन गरिएको रकम दमक राहात कोषमा जम्मा गरिएको हो । दमक उद्योग बाणिज्य संघको…
कनकाई, २० चैत । लायन्स क्लब तथा सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले झापा कनकाई र झापा गाउँपालिका तीन जना पत्रकारलाई कोरोना भाइरसकाबाट बच्न पिपिई र मास्क प्रदान गर्नुभएको छ । चिमरियाले पत्रकारत्रय कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, कनकाई अनलाइनका प्रधान सम्पादक केशव चापागाईंलाई एक–एक थान पिपिई प्रदान गर्नुभएको हो । पत्रकारहरु जस्तोसुक्कै जोखिममा पनि समाचार संकलनमा जानुपर्ने भएकाले पीपीई प्रदान गरेको चिमरियाले बताउँनुभयो । त्यसैगरी चिमरिया र सहारा नेपालको सयुक्त लगानीमा कनकाई नगरपालिका, झापा गाउँपालिका लगायात जिल्लाभरका नेपाल प्रहरी र ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीलाई २५ थान पिपिई प्रदान गर्नुभएको छ ।
भद्रपुर, २० चैत । झापामा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आम मानिसलाई आह्वान गरेको छ । सरकारले कोभिड १९ ९कोरोना भाइरस०को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदान समेत ठप्प भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताए । सरकारले अस्पतालहरुको ओपीडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ । ‘आइसीयुका एकै जना विरामीका लागि चार पिन्टसम्म रगत मागिरहनु भएको छ,’ विर्तामोड रेडक्रस सासाइटी उपशाखाका अध्यक्ष सजेश शिवाकोटी भने–‘विर्तामोडको ब्लडबैंकमा…
झापा, २० चैत । कोभिड–१९ नाम दिइएको प्राणघा’तक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्या’न गु’माउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भ’यावह स्थिति भएको छ । कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य । इटालीमा…
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनावि’रुद्धको ल’डाइँको कमाण्ड सम्हाल्नुभएको छ । कोरोनाविरुद्धको लडाइँ, सरकारको तयारी एवम् समग्र पक्षका बारेमा उपप्रधानमन्त्री पोखरेलसँग राष्ट्रिय समाचार समिति (रासस) ले मंगलबार अपराह्न उहाँको कार्यकक्ष सिंहदबारमा विशेष अन्तर्वार्ता गरेको छ । उपप्रधानमन्त्री पोखरेलसँग राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामल र संवाददाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश । सरकारले ‘लकडाउन’ गरिसकेपछि पनि सीमा क्षेत्रमा…
तेह्रथुम, २० चैत । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका बृद्ध चुहानडाँडास्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
उदयपुर, २० चैत । उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बुधवार बेलुका ६ बजेको समयमा उक्त जंगलबाट मोटरसाईकलमा घाँस लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका-१ का २४ बर्षीय बिबेक राई र २२ बर्षीय भुपेन्द्र राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुले घाँस भित्र लुकाई छिपाई ल्याउँदै गरेको नियन्त्रीत लागुऔषध डाईजोल्याब ३० एम्पुल , लुजेसिक ३० एम्पुल र फेरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको थियो । लागुऔषध बरामद भएसंगै मानिस तथा प्रयोग गरेको लु ४६ प ४४८ र स ११ प ४९७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला…
ओखलढुङ्गा, २० चैत । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान पौने ७ बजे शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन ,लत्ताकपडा , नगद रु २ लाख साठी हजार, पसलको किराना सामान समेत जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो । त्यसैगरी, छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति हुँदा करिव १७ हजार बराबरको क्षति भएको छ । सो आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी…
झापा, १९ चैत । नेपाल सरकार मन्त्रिपरिषदको बैठकका निर्णय अनुसार देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । साथै उनले नमान्ने घरधनीलाई कारवाही गर्न सरकार तयार रहेको समेत जनाएका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार सरकारी समाचार एजेन्सी राससलाई अन्तर्वार्ता दिँदै भाडा छुट नदिने घनधनीलाई सरकारले कडा एक्सन लिनसक्ने समेत चेतावनी दिएका छन् । अन्तर्वार्तामा सबै घरघनीहरुको विवरण सरकारसँग भएकोले महामारीमा मानवीयता देखाएर बिना कुनै शर्त एक महिनाको भाडा छुट आग्रह गरेका छन् । अन्तर्वार्तामा अर्थमन्त्री डा. खतिवडाले अन्तर्वार्तामा भनेका छन, ‘एक महिनाको भाडा छुट दिँदा कोही पनि टाट…
झापा, १९ चैत । कोरोना भाइरस कोभिड–१९ ले विश्वभर महामारी फैल्याए पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ । सोहि अनुसार भारतमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल–मटितेलको हालको साविकको खुद्रा विक्री मूल्य भन्दा प्रतिलिटर १० रुपैयाँले घटाएको छ । मूल्य घटेसंगै अब पेट्रोलको मूल्य १०६ रुपैयाबाट ९६ रुपैयामा झरेको छ । त्यसैगरी डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ९५ रुपैयाँबाट ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।