
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’ आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए। कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्को आलोचना हुन थालेको छ। त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।…
कालिका खड्काकाठमाडौं, १७ चैत । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको प्रकोप फैलिएर नेपालमा पनि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा त्यस्ता नागरिकहरुलाई राहत उपलब्ध गराउन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘राहत लिन सम्पर्क राख्न आफैं आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराई निजहरुलाई खाद्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारका बीच समन्वय गरी आवश्यक पर्ने विशेष प्रबन्ध मिलाउनू भनी सरकारको…
बिर्तामोड, १७ चैत । झापाको बिर्तामोड नगरपालिकाले गरिब, विपन्न परिवारलाई घरघरमै राहत वितरण गर्ने भएको छ । बिर्तामोड नगरपालिकाको आज भएको बैठकले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गर्दै सोही कोष मार्फत राहत वितरण गर्ने तयारी गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार सो कोषमा कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलव सुविधा जम्मा गर्ने निर्णय भएको छ । नगरले बनाएको राहत कोषबाट व्यवस्थित रुपमा राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिनुभयो । अहिले सबै वडामा गरिब, विपन्न र असहायको लगत संकलन गर्ने काम भइरहेको छ । लगत संकलनपछि घरघरमा राहत सामग्री पुर्याइने नगरपालिकाले जनाएको छ…
धरान, १७ चैत । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो । अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हँुदै आएको थियो । सरकारका सातवटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे…
भद्रपुर, १७ चैत । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले रु १० लाखदेखि रु ५० लाखसम्म बजेट छुट्याएका छन् । मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पु¥याइने बताउनुभयो । यसैगरी कनकाई नगरपालिकाले रु १५ लाख, शिवसताक्षी नगरपालिकाले रु १० लाख, दमक नगरपालिकाले रु ३० लाख र कमल गाउँपालिकाले रु १० लाखको आकस्मिक राहत कोष स्थापना गरेका छन् ।…
काठमाडौं, १७ चैत । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन । निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अनलाइन खबरबाट
काठमाडौँ, १७ चैत । ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ । अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो । प्रहरीले भनेको छ– सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।
ओखलढुङगा, १७ चैत । ओखलढुङगा सुनकोशी–१० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । आज बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगा जनाएको छ । आगो स्थानीय बाँसीको सहयोगमा नियन्त्रणमा आईसकेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, १७ चैत । झापामा थप एक सय बेडको क्वारेन्टाइन निर्माण कार्य सुरु भएको छ । नेपाली सेना, श्री नयाँ श्रीनाथ गण चारआलीको आवास क्षेत्र भित्र १०० बेडको क्वारेन्टाइन निर्माण कार्य आइतबारदेखि सुरु भएको कोरोना भाइरस रोकथाम, उपचार अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । उनका अनुसार त्यसका लागि आवश्यक पर्ने १०० थान ग्रिलका खाट तथा क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च अनुगमन तथा समन्वय समिति झापाले व्यहोर्ने गरी नेपाली सेनालाई जिम्मा लगाएको हो । त्यसै गरी अन्य आवश्यक क्वारेन्टाइन निर्माणको सम्भाव्यता अध्ययनका लागि अर्जुनधारा नगरपालिकास्थित दिपज्योति बोडिङ स्कुलको भवन, बिर्तामोड नगरपालिकाको अग्रसेन भवन, अतिथि सदन र कनकाई नगरपालिकास्थित…
झापा, १७ चैत । जिल्ला कारागार झापाले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेको छ । कोरोना भाइरस (कोभिड १९) को त्रास बढेसँगै कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षसम्मका कैद भएका ४० जना, २९ जना ज्येष्ठ नागरिक र १५ जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नेगेटिभ मुद्दा नभएका कैदीको नाम सिफारिसका लागि पठाएको हो । कारागारमा हाल १०३५ जना पुरुष, ७८ जना महिला कैदी बन्दी रहेको जनाइएको छ।