
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
एजेन्सी, १४ चैत । नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको बताएका छन् । उनका अनुसार कोरोनाभाइरसबाट जतिसम्म खराब अवस्था हुन सक्थ्यो त्यो भइसकेको छ अव विस्तारै यसमा सुधार हुँदै जानेछ । लस एन्जल्स टाइम्ससँग कुरा गर्दै वैज्ञानिक लेविटले भने ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ जताततै डर र चिन्ताको माहोलमा लेविटको यो भनाइले धेरै आशाको संचार गरेको छ । उनको बयान यसकारण पनि अहम छ किनकि यसअघि चीनमा कोरोनाभाइरसको सं’क्रमण र यसको नियन्त्रणका विषयमा उनले एकदमै सटिक भविष्यवाणी गरेका थिए । विश्वभरीका तमाम स्वास्थ्य…
काठमाडौँ, १४ चैत । काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण…
झापा, १४ चैत । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ । अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पु¥याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति ९पास० लिएको गाडीमा तरकारी राखेर आजदेखि घरघरै पु¥याउन थालिएको र तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “कोभिड–१९ को सङ्क्रमणको जोखिमको…
काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको छ । उहाँले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आज अनुरोध गर्नुभएको हो । सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गर्नुभएको छ ।
झापा, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरुको भनाइ छ । प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताउनुभयो । उहाँले नागरिकको अत्यावश्यक वस्तुका रुपमा औषधि रहेकाले आफूहरुले समय तालिका बनाएर भए पनि पसल खुला राखेको बताउनुभयो । “लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ तर औषधि पसल भने खोलिएको छ”, उहाँले भन्नुभयो, “डाक्टरको…
काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गर्नुभएको हो । “ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भन्नुभएको छ, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”
मिक्लाजुङ, १३ चैत । पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्याङ्क सङ्कलन गर्दैछ । दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख सङ्कलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताउनुभयो । कोरोना भाइरसका कारण मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या हुने भएकाले उनीहरुलाई नगरपालिकाको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
सुरुङ्गा, १३ चैत । कोरोना भाइरस (कोभीड १९) का कारण देश संकटमा परिरहेको बेला झापा कनकाई नगरपालिका–३ सुरुङ्गाका समाजसेवी युवा गोविन्द सुवेदीले अस्पतालमा भएका बिरामी कुरुवालाई निःशुल्क रिचार्ज गरिदिने घोषणा गर्नुभएको छ । लक डाउनका कारण सबैजना घरघरमा बस्न बाध्य र पसल र व्यवसाय समेत बन्द रहँदा अस्पतालमा आफ्न्त लिएर जाने बिरामी कुरुवालाई आवश्यकता अनुसार निःशुल्क एनसेल र एनटिसीको रिचार्ज गरिदिने सुवेदीले घोषणा गर्नुभएको हो । बिरामीको अवस्थाका बारेमा घर र आफन्तलाई जानकारी गराउन नपाइरहेको जनगुनासो पाएपछि सुवेदीले कोरोना भाइरसको संक्रमण र देशमा लकडाउन भएसम्मका लागि यो सुविधा दिने बताउनुभयो । अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु हाम्रो मानवीय धर्म भएकाले यो…
भक्तपुर, १३ चैत । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पु¥याएको हो । अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पु¥याइएको थियो…
विराटनगर, १३ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग जुध्न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको छ भन्नुभयो । उहाँले नागरिकको स्वास्थ्य र उपचारको सुनिश्चितता सरकारले दिने भन्दै लकडाउन र सरकारले सावधानीका लागि आह्वान गरेकाले यसलाई गम्भीरताका साथ पालना गर्न सबैसँग आग्रह गर्नुभयो । कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको छ भन्नुभयो । प्रदेशका विभिन्न ४४ स्थानमा ९८९ शै्यया क्वारेन्टाइन निर्माण गरिएको जानकारी…