
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
एजेन्सी, २१ चैत । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगगेको छ । बिहीबार मात्रै भारतमा १४ जनाको मृ’त्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । त्यस्तै भारत कुल संक्रमित २ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ५४४ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार बिहानसम्म भारतमा कुल संक्रमित १ हजार ९९८ थियो । हालसम्म भारतमा १९१ जना निको भएर घर फर्किसकेका छन् । बाँकी २ हजार २८० जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।
विराटनगर, २१ चैत । प्रदेश नं १ मा कोभिड १९ को आ’शङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन श’ङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।
एजेन्सी, २१ चैत । अमेरिकाले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलेको दाबी गरेको छ । अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले यस्तो दावी गरेको हो । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ । अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो । मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखायो । जसलाई…
झापा, २१ चैत । कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए। कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग…
झापा, २१ चैत । सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। यो निर्णय उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयलाई आधार बनाउँदै गरेको हो। सरकारले निजी कम्पनी ओम्नीमार्फत चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको टिप्पणी आएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक औषधि, उपकरण तथा अन्य सामग्री रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत जी टु जी प्रक्रियाबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिने…
बिर्तामोड, २० चैत । झापा जिल्ला सहकारी संघले राहत कोष स्थापना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण देश लकडाउन भएको अवस्थामा सहकारीका विपन्न सदस्यलाई लक्षित गरी कोष स्थापना गरिएको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो । कोषमा संघका तर्फबाट हाल रू १० लाख जम्मा गरिने उहाँले बताउनुभयो । संघको आज बसेको बैठकले कोष स्थापनाको निर्णय गरेको हो । संघले अन्य सहकारीलाई समेत कोषमार्फत् सहयोग गर्न आह्वान गरेको संघका सहसचिव भवानीप्रसाद दंगालले बताउनुभयो । ‘कोष सदस्य लक्षित भए पनि यो विपद्को बेलामा सदस्य मात्र भनिँदैन’, उहाँले भन्नुभयो, ‘एकद्वार प्रणालीमार्फत् स्थानीय तहसँगको समन्वयमा विपन्न र लक्षित…
भद्रपुर, २० चैत । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाली समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराउन समाजले भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा डेढ लाख रुपैयाँ सहयोग गरेको हो । बिहीबार बसेको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकमा समितिका अध्यक्ष भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई नगद हस्तान्तरण गरियो । समाजले पठाएको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गरेकी नगर उपप्रमुख चन्द्रा श्रेष्ठले सो रकम समितिको कोषमा रहने गरी नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरिन् । बेल्जियमबाट समाजका अध्यक्ष प्रविण भण्डारीले…
विराटनगर, २० चैत । उदयपुर र मोरङका २ स्थानमा पानीमा डुबेर मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ वर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ । त्यसैगरी मोरङको बुढिगंगा गाउँपालिका–६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको ऐलान खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो २ बजे माछा मार्न भनी गएका उराव ४…
झापा, २० चैत । विश्वभर महामारी फैलिएको कोरोना भाइरस नेपालमा संक्रमित हुनेको संख्या छ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए । पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
ताप्लेजुङ, २० चैत । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी छन् । गत चैत १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज बिहान पौने १२ बजे उक्त भिर मुनी मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।