
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, १९ चैत । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजले दुई स्वास्थ्य संस्थामा पीपीई प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पीपीई प्रदान गरेको हो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफू राईले जोखिम मोलेर खटिरहेकाहरुको सुरक्षा र सेवा प्रदानमा सहजता पुर्याउने उद्देश्यले पीपीई वितरण गरेको बताउनुभयो । जेसीजले बुद्धाशान्ति–१ स्थित होक्से मेडिकल र बुद्धशान्ति–६ स्थित राई हेल्थ क्लिनिकलाई पीपीई प्रदान गरेको पत्रकार एवम् जेसीजकर्मी अनिल वाग्लेले बताउनुभयो । पीपीई पाएपछि सुरक्षित भएको प्रत्याभूत गरिरहेको र सेवा प्रवाहमा सहजता आएको उनीहरुले बताएका छन् ।
झापा, १९ चैत । विश्व यतिबेला कोरोना भाइरसविरुद्ध संघर्षरत छ । यो भाइरसका कारण करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २ लाख मानिसमा संव्रmमण देखिएको छ । यो संख्या अप्रत्यासित रुपमा बढ्दो छ । नेपालमा हालसम्म ५ जनामा संव्रmमण देखिएको छ भने त्यसमध्ये एक जनाको उपचार भएको छ । यस्तो बिषम परिस्थितिलाई धैर्य र सचेनतापूर्वक सामना गर्न प्रतिनिधि सभा सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्की पार्थले आग्रह गर्नुभएको छ । झापा मेचीनगर–९ स्थित आफ्नै निवासमा रहेका कार्कीले आज आफ्नो क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा यस्तो बताउनुभएको हो । कार्कीले आमजनतालाई रोगविरुद्धको सरकारी अभियानलाई साथ दिन आग्रह गर्नुभएको छ ।…
बिर्तामोड, १९ चैत । जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास वितरण बन्द गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमा अति आवश्यक सवारीसाधनलाई प्रशासन कार्यालयमार्फत सवारीको अनुमति पत्र लिएर मात्र सञ्चालन गर्ने प्रावधान तोकिएको थियो । सोही बमोजिम प्रशासन कार्यालयले अति आवश्यक सवारीसाधनको पास वितरण गर्दै आइरहेको थियो । तर बुधवार दिउँसो देखि अर्को सूचना जारी नभए सम्मका लागि सवारी पास बन्द गरिएको प्रशासन कार्यालय झापाले सूचनामार्फत सबै जानकारी गराएको छ ।
सुनसरी, १९ चैत । सुनसरीको इनरुवा नगरपालिका–६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
बिर्तामोड, १९ चैत । प्रदेश नं १ मा मङ्गलबारसम्म कोभिड–१९ को आ’शङ्कामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनुभयो । सङ्कलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन् । सङकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको र १६ को रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा। मेहताले बताउनुभयो । प्रदेशमा मङ्गलबारसम्म चार महिलासहित सात जना आइसोलेसनमा भर्ना भएका छन् । भर्ना भएकामध्ये सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा…
झापा, १९ चैत । झापाको कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण न्यूनीकरण तथा व्यवस्थापन कोषमा विभिन्न व्यक्ति एवम् संघसंस्थाले रू २ लाख ७५ हजार सहयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटीले रू ५१ हजार, रोटरी क्लब कनकाईले रू १ लाख १ हजार र हङकङमा रहेका कनकाई सुरुङ्गा निवासी युवा रभि श्रेष्ठाले रू १ लाख २३ हजार रुपैयाँ दिएका छन् । नेकपा कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले कोरोनाको संक्रमणबाट बच्न र अतिविपन्न परिवारलाई राहत दिन नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको बताउनुभयो । लकडाउनका कारण खान धौधौ भएको नागरिकलाई यथासक्य चाँडो राहत…
काठमाडौँ, १९ चैत । चीनलाई उछिन्दै कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ५५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसको सक्रमितको संख्या विश्वकै सबैभन्दा बढी पनि अमेरिकामै पुगेको छ । अहिले सम्म १ लाख ८८ हजार ५ सय ७८ जनालाई संक्रमणको पुष्टि भइसकेको छ । यसमध्ये सात हजार दुई सय ५१ जना उपचारपछि निको भएर घर फर्की सकेका छन् । चीनमा भने अहिलेसम्म मृतकको संख्या ३ हजार ३ सय ५ र संक्रमितको संख्या ८१ हजार ५ सय १८ रहेको छ । त्यसमध्ये…
रौतहट, १९ चैत्र । गाँजा तस्करीमा संलग्न रहेको आरोपमा रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नेतालाई अदालतले पक्राउपुर्जी जारी गरेको छ । इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेको हो । मोहन मेहता मेयर सन्तोष मेहता कै भाई हुन् । गएको माघ ११ गते ईशनाथ नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स बाट प्र तिबन्धित अबैध गा जा तस्करी हुदै गर्दा हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी स्थित इलाका प्रहरी कार्यालयले एम्बुलेन्स सहित चालक र सबार ब्यक्ति लाई पक्राउ गरेपछि उनीहरुको अ नुसन्धान बाट दायर भएको मुध्दामा जिल्ला अदालत मकबानपुरले ती दुबै…
संखुवासभा, १९ चैत । संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ५१ वर्षीय जंग बहादुर जिमिको घरबाट लडेर मृत्यु भएको छ । चैत्र १८ गते बिहान ११ बजे आफ्नै घर अगाडी ढुङ्गा निकाल्ने क्रममा चिप्लिएर लडेका जिमीलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा उपचारको क्रममा हिजो राती साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
युएई, १९ चैत्र । बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त अरब ईमिरेट्समा रहेका ८ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । नेपाली दुतावासले जनाए अनुसार फाल्गुन २६ गते २ जना, चैत्र १४ गते २ जना, चैत्र १५ गते २ जना र मंगलबार चैत्र १८ गते पुन २ जना नेपालीमा कोभिड १९ पोजिटिभ देखिएको हो । क्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । युएईमा पनि कोरोना भाइरस फैलन थालेपछि पाली दूतावासले आफ्ना नागरिकलाई संयमित बन्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न दूतावासले विज्ञप्ति मार्फत आग्रह गरेको छ।