
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ । सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसुचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने…
सन्तोष शर्माझापा, १५ चैत । जिल्ला कारागार झापाका कैदीबन्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएकाले आफ्नो सुरक्षा र कैद मिनाह लगायतका पाँच बुँदे मागसहितको ज्ञापन पत्र उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई बुझाएका हुन् । कैदीबन्दीले बझुाएको ज्ञापन पत्रमा नेपालको संविधान २०७२ को दफा २७६ बमोजिम दिइने छुट, माफी, मिनाहमा कसैलाई विभेद नगरिएको हुनाले सबै प्रकृतिका मुद्दामा चालचलनका आधारमा दिन–रात गणना गरी ४० प्रतिशत कैद भुक्तानपछि ६० प्रतिशत मिनाह दिनुपर्ने, मुलुकी ऐन खारेज भइसकेकाले मुलुककी ऐन बमोजिम गरिएको कर्तव्य ज्यान मुद्दामा जन्मकैदलाई पहिले झै सुविधा दिनका लागि फौजदारी कसुर…
झापा, १५ चैत । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड बीस लाख संकलन भएको छ । सहयोग संकलन आज पनि चल्ने बताइएको छ । एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन (झण्डै एक करोड बीस लाख) संकलन भएको जानकारी दिनुभयो । सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने…
झापा, १५ चैत । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराउने भएको हो । संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा रहेको छ । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लाहरुमा स्थापित क्वारेन्टाइन गृहमा रहने कोरोना शंकास्पद व्यक्तिहरुको लागि चामल, दाल, तरकारी लगायत खाद्य वस्तु सहाराले उपलब्ध गराउने उनको भनाई छ । हरेक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने…
झापा, १५ चैत । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो । गत वर्षका सात महिना (वैशाख–कात्तिक)मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो । यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको…
झापा, १५ चैत । लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउनको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १५ चैत । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प…
झापा, १५ चैत । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो । लकडाउन घोषणापछि पनि सुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविपरीत बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी…
बनियानी, १४ चैत । भारतको चेन्नईमा अलपत्र अवस्थामा रहेका १४ जना नेपाली तीर्थ यात्रीको आज उद्धार गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र परेका उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिसनर जी प्रकाश, निशब्द सेवा चेन्नईका संस्थापक ई. ए विश्वोनथन, डा. नेहा मयुर, फुड बैंक भारतकी संस्थापक स्नेहा मोहान्डोस लगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिनुभयो । ‘भारतमा रहनुहुने मेरा मित्रहरुको सहयोगमा उहाँहरुको उद्धार गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले उहाँहरुको स्वास्थ्य परीक्षणपछि चेन्नई सरकारले सुरक्षित स्थानमा खान र बस्ने व्यवस्था…
काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । दुबईबाट आएका उनी ३४ वर्षका छन् । उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट…