
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ चैत । पञ्चायति व्यवस्थाविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गर्नुहुने शहीद राम थापाको शालीकमा माल्यार्पण गरिएको छ । मेची बहुमुखी क्याम्पस परिसरमा निर्मित शालीकमा आज एक कार्यक्रमका बीच माल्यार्पण गरिएको हो । कार्यक्रममा मेची बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जीवन पोखरेल, सहप्राध्यापक चुणामणि बशिष्ठ, त्रिवि कर्मचारी संगठन केन्द्रीय सदस्य तथा कर्मचारी संघ क्याम्पस इकाइ समिति सचिव पुजन आचार्य, इकाइ सदस्य कान्दु राजवंशी, शाखा अधिकृत हेमराज प्रसाईं लगायतले शहीद थापाको शालीकमा फुलमाला अर्पण गर्नुभएको थियो । सरकारले कोरोना भाइरसबाट बच्न लक डाउन घोषणा गरेकाले यस पटक शहीद थापाको स्मृति दिवस गत वर्ष जस्तो मनाउन नपाइएको सहायक क्याम्पस प्रमुख पोखरेलले बताउनुभयो ।…
काठमाडौँ, १४ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताउनुभएको छ । सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पु¥याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्नुभएको छ । उहाँले…
मोरङ, १४ चैत । मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ बर्षीय जिवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका आफन्तहरुले देखे पश्चात प्रहरी खबर गरेका थिए। खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
काठमाडौँ, १४ चैत । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपाल आयल निगमले आज ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु ६७० तोकिएको छ । यसअघि बजारमा १४।२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको…
शरद शर्माकाठमाडौँ, १४ चैत । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाई बिना काम बाहिर हिँडिरहनुभएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैँ क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । सरकारले आज कडाइ गरेपछि मानिस पनि छिटफुट रुपमा हिँडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ…
विराटनगर, १४ चैत । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गर्नुभएको छ । अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिनुभयो । “लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ”, प्रमुख साहले बताउनुभयो । बिहीबार १७ थान ९ग्यास बोकेको० बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर…
बिर्तामोड, १४ चैत । झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै हस्पिटलसँग रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको जनाइएको छ । हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितको स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयोजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारी रोक्नका लागि…
झापा, १४ चैत । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज९शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो । अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै…
काठमाडौं, १४ चैत । कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन ८ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले भारतमा कोरोनाको सं’क्रमण हुनेको संख्या ७ सय २७ पुगेको छ । भारतमा एकैदिन ७० जना नयाँ संक्रिमित भेटिएका छन् । ७ सय २७ जनामध्ये ४५ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । अहिले भारतमा ६ सय ६२ जनामा कोरोना सक्रिय रहेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । बुधबार पनि भारतको कोरोनाका कारण ३ जनाको जनाको ज्या’न गएको थियो । भारतमा कोरोना भाइरसको प्रकोप…
एजेन्सी, १४ चैत । जंगली स्तनधारी जनावर शालकमा रहेको भाइरस र कोभिड १९ भाइरस मिल्दोजुल्दो रहेको पुष्टि भएको वीवीसीले आफ्नो खबरमा उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय शोधकर्ताहरुले शालकमा पाइने भाइरस र संसारभर कहर मच्चाइरहेको कोरोनाभाइरस (कोभिड १९) मिल्दोजुल्दो रहेको पुष्टि भएको बताएका हुन् । नेचर जर्नलमा प्रकाशित रिपोर्टको हवला दिँदै बीबीसीले दक्षिणपूर्वी एशियामा पाइने शालकमा रहेको भाइरस र चीनको वुहानबाट फैलिएको कोरोना भाइरस मिल्दोजुल्दो रहेको बताएको छ । शालक संसारमा सबैभन्दा धेरै तस्करी हुने जंगली जनावर मध्ये एक हो । चीनमा शालकको छालाबाट पारम्पारिक औषधि बनाउने गरिन्छ । साथै शालक मासुका लागि पनि तस्करी हुने गरेको छ । तस्करीकै कारण…