
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ चैत । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ । “पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन (एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन)लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका…
चितवन, १२ चैत । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ । वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो…
झापा, ११ चैत । झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कतारबाट आएका गौरादह नगरपालिका एक जनालाई आजबाट मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ । यसैगरी नेचीनगरको क्वारेन्टाइनमा १६ जना छन् भने ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा सबै भन्दा बढी झापा गाउँ पालिकाका १४ जना र बुद्धशान्ति गाउँ पालिकाका १३ जना रहेका छन् । यसैगरी हल्दिबारी गाउँ पालिकाका २ जना, बिर्तामोड नगरपालिकाका १ जना, अर्जुनधार नागरपालिकाका २ जना र दमक नगरपालिकाका १ जना होम क्वारेन्टाइनमा रहेको फोकल पर्सन चम्लागाईले जनाकारी…
अर्जुनधारा, ११ चैत । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम तथा त्यसबाट सिर्जित संकटको सामना गर्न अर्जुनधारा नगरपालिकाले तत्कालका लागि ४ नम्बर वडामा रहेको स्वास्थ्य चौकीको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि आज नगरपालिका क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय गरेको हो । एम्बुलेन्ससमेत तयारी अवस्थामा रहेको ४ नम्बर वडाको उक्त स्वास्थ्य चौकीको भवनमा १२ बेड रहनेछ । नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलका अनुसार आवश्यक परेमा नगरका अन्य स्थानहरु प्रयोग गरिने भएको छ । त्यस्तै, कोरोना भाइरससँगै अन्य महामारीसँग जुध्नका लागि नगर विपद् कोष स्थापना गर्ने निर्णय भएको छ । यसका लागि…
बिराटनगर, ११ चैत । सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका(३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेका थिए भने घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका-२ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे ३ बजे पानीमा डुबेर…
ताप्लेजुङ, ११ चैत । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्गले पनि निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा उल्लेख छ । सरकारले मंगलबार बिहानदेखि चैत १८ गते बिहानसम्मका लागि लकडाउन गरेको छ । आदेशको उल्लंघन गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने सूचनामार्फत चेतावनी दिइएको छ । कोरोना भाइरस संक्रमणबाट ताप्लेजुङसमेत उच्च जोखिममा रहेकाले सचेतनामूलक एवं प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख छ । मंगलबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् भने मानिसहरुको उपस्थिति पातलिएको छ । बिहान केही मानिसहरु घरबाहिर निस्किए पनि मध्याह्वपछि मानिसहरु घरभित्रै…
धरान, ११ चैत । कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेस“गै सामान्य विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्या फोन वाटै गर्ने र परामर्सवाट नभए घर सम्म पुगेरै भए पनि उपचार गर्ने उद्येश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ । धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो । विपीमा…
झापा, ११ चैत । विश्वमा कोरोना आतंक मच्चिरहेको वेला झापा गाउँपालिकामा भने हात्ती आतंक मच्चिरहेको छ । झापा गाउँपालिका १ लसुनामा आज राती २ बजे ५ वटाको सङ्ख्यामा आएको जंगली हात्तीले लसुनाको ४ घर पुर्णरुपमा भत्काइदिएको छ । हात्तीको समुहले स्थानीय शंकरलाल,बासुलाल, चकिलाल र प्रेम राजवंशीको घर भत्त्काइदिएको छ । हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान वचाएपनि हात्तीले घर भत्काइदिएपछि कन्तविजोग बनेका राजवंशी परिवारहरु अर्काको घरमा आश्रय लिएर बसेको हाम्रा सहयोगी टिका गणेशले बताउँनुभयो । सरकारले देशभर लकडाउन गरि नागरिकलाई घर बाहिर नजानु भन्ने उर्दी जारी गरेपनि यहाँका सर्बसाधरण भने आफ्नो बस्ने घरै हात्तीले भत्काइदिएपछि अर्काको घरमा आश्रय लिन बाध्य…
झापा, ११ चैत । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भन्नुभयो, “आम पब्लिकहरुबाट आदेशको पालना गरिरहेको पाइन्छ, जानी…
झापा, ११ चैत । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् । स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताए । आजको राजधानी दैनिकमा छ ।