
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ माघ । भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ वटा गोरु नियन्त्रणमा लिएको छ । नेपालबाट अवैध रुपमा लैजान लागिएको ती गोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको ३ वटा गोरु र ५ वटा गाई भद्रपुर–४ स्थित रंगेडाँडाबाट नियन्त्रणमा लिएको हो । त्यस्तै, भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट प्रहरी चौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको ८ वटा गोरु नियन्त्रणमा लिएको छ ।
एजेन्सी । बलिउड अभिनेत्री मोडेल फाइभ स्टार होटलबाट यौन धन्दामा संलग्न रहेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको छ । भारतको पूर्वी गोरेगाऊको एक पाच तारे होटलमा प्रहरीले छापा मार्दा ८ जना युवती र छ जना दलाललाई पक्राउ गरेको हो । बिग बोस सिजन १३को प्रतिष्पर्धी अरहान खानकी पूर्व प्रेमीका ३२ बर्षिया अमृता धनोआलाई हाइ प्रोफाइल यौन धन्दामा संलग्न रहेको आरोपमा मुम्बई प्रहरीले गत शुक्रबार राति फाइभ स्टार होटलबाट पक्राउ गरेको थियो। जहाँ होटलबाट अर्की एक अभिनेत्री २६ बर्षिया ऋचा सिंहलाई पनि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमृताले शुरुमा होटलमा फिल्मको मिटिङ्गको लागि आएको बताएका थिए। तर,प्रहरीले पैसा लिदा लिदै…
काठमाडौँ, ९ माघ । क्रिष्टियानो रोनाल्डोको युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै युभेन्टस सेमिफाइनलमा पुगेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेन्टानचुर र लिओनार्दो बोनुचीले एक एक गोल गरेका थिए । त्यस्तै रोमाका लागि गियानलुइगी बुफानले आत्मघाती गोल गरेका थिए । यो खेलमा गोल गरे सँगै २०२० मा ४ खेलमा ७ गोल गरेका छन् ।
बिर्तामोड, ८ माघ । झापाको बिर्तामोडस्थित एक होटलबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर– १३ की २१ वर्षीया रोषनी तामाङ, सोही स्थानका २३ वर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–६ का २० वर्षीय राजेन्द्र शिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बिर्तामोड–५ स्थित होटल डिजायरबाट मंगलबार दिउँसो विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी उनीहरुको साथबाट १६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा राखिएको छ । त्यस्तै, मंगलबार नै झापा…
काठमाडौँ, ८ माघ । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले…
भद्रपुर, ८ माघ । झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताउनुभयो । पार्कको निर्माण मङ्गल सेवा समिति भद्रपुरले गर्ने भएको छ । समितिका अध्यक्ष गोपालदास खनालका अनुसार समिति र क्याम्पसबीच पार्क निर्माणका विषयमा सम्झौता भइसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत मङ्सिर २७ गते पार्कको विधिवत् शिलान्यास गर्नुभएको थियो । मानवीय…
भद्रपुर, ८ माघ । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई आज प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस
काठमाडौँ, ८ माघ । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो । सो उपसमितिले डा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको छ । पर्यटनमन्त्रीले डा…
झापा, ८ माघ । बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् । राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्यरुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने व्यवस्था लागू गरेको थियो । त्यस्तै व्यक्तिगत कर्जा र अटो कर्जा लिन पनि आम्दानी कर बुझाएको हुनुपर्ने व्यवस्था छ । कृषि तथा रेमिट्यान्सको आयमा भने कर चुक्ताको विवरण नचाहिने उल्लेख छ । यो व्यवस्थाका कारण पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाबाट घर कर्जा र सवारी कर्जाको प्रवाहमा…
झापा, ८ माघ । पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ । मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नगराउने र वर्षा भइहालेमा फाट्टफुट्ट हुने अनुमान महाशाखाकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशका अधिकांश भूभागमा सामान्य बदली रह्यो । पश्चिमी…