
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ पुस । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जाकारी दिनुभयो । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताउनुभयो । “स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ…
झापा, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा…
झापा, २५ पुस । सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ । स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले आज आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदानप्रदानमा सहकार्य गर्न चाहेको बताउनुभयो । नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उहाँले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले नेपाली युवालाई रोजगारीको अवसर दिन आफूहरु अत्यन्त सकारात्मक रहेको बताउनुभयो । स्पेनलाई नेपाली युवाको आकर्षक गन्तव्य बनाउन सकिए दुवै देशको सम्बन्ध अझ…
झापा, २५ पुस । इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा, २५ पुस । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ । वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन । बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले निकासी रोकिएको भन्दै तेल फिर्ता ल्याउने निवेदन दिएको वीरगञ्ज भन्नसार भ्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । भारतीय भन्सारले रोकिदिएपछि उद्योगीले नाकामा रोकिएको तेल फिर्ता ल्याउन अनुमतिका लागि भन्सारलाई निवेदन दिएका हुन् । आजको आर्थिक अभियानमा खबर छ ।
काठमाडौँ, २५ पुस । ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन विधेयक समितिबाट पारित भएको हो । समितिबाट पारित भएको विधेयक अब प्रतिनिधि सभामा पेस हुने छ । प्रतिनिधिसभाले पारित गरेपछि सोको जानकारी पुनः राष्ट्रिय सभामा पठाइने छ । जानकारीमा राष्ट्रिय सभाले चित्त बुझाएमा प्रमाणीकरणको प्रक्रिया अघि बढ्ने छ । आजको…
बिर्तामोड, २५ पुस । मोटरसाइकलले थिचिएको अवस्थामा झापामा एक युवकको शव फेला परेको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका २ बस्ने गुमानसिंह तिवारीको २१ वर्षीय छोरा अर्जुन तिवारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार कमल गाउँपालिका ३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा मे ११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा तिवारीको शव फेला परेको हो । दुर्घटनाको विषयमा अहिलेसम्म केही नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा प्रहरी चौकी केर्खाबाट र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
भद्रपुर, २४ पुस । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी उनलाई छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकाय समक्ष अनुरोध गरेको छ । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जीलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइपुगिन् भन्ने उनी स्वयम्लाई थाहा छैन । उनले आफ्नो छोराको नाम छिरिङ रहेको बताउने गरेकी छन् ।…
पाँचथर, २४ पुस । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ राके बजार स्थित मेची राजमार्गमा मारुती भेन भित्र लुकाएर ल्याउदै गरेको ४० कार्टुन अबैध भारतीय सिकिमे रक्सि (मदिरा) बरामद गरीएको छ । गत मंगलबार राती पौने १२ बजेको समयमा ईलाम बाट फिदिम तर्फ आउदै गरेको उक्त मारुती भेनलाई प्रहरी चौकी राकेबाट चेकजाँचमा खटिएको प्रहरीको टोलीले लुकाएर ल्याउदै गरेको उक्त मदिरा सहित भेनका चालक ईलामको ईलाम नगरपालिका(७ बरबोटे बस्ने बर्ष २६ को निर्मल तिवारी, भेनमा सवार वर्ष २२ को डिल्लि घिमिरे, ईलाम नगरपालिका फिकक्ल बस्ने बर्ष(३६ को मोनिका आचार्य लाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिईएको मदिरा, भेन र पक्राउ परेका तिनैजनालाई बुधबार दिउँसो…
उदयपुर, २४ पुस । उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुदा त्रियुगा नगरपालिका-७ बस्ने २० बर्षिय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने घाईते भएका बर्ष २०कि मन्दिरा बस्नेत, बर्ष ६० को गोबिन्द कार्कि र बर्ष ३७ कि मञ्जु दनुवार को उपचार भईरहेको छ । साथै अटो चालक त्रियुगा नगरपालिका-४ बस्ने बर्ष २८ को होम बहादुर बि।क।लाई जिल्ला प्रहरी…