झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

र‌ाजबाबु शंकर‌यतिबे‌ला मुलुक भ्रमणमय भएको‌ छ । सन् २०२० लाई ‘भ्रमण वर्ष’ घो‌षणा गरि‌एको‌ सर‌कार‌ी उद्घो‌ष २० लाख पर्यटकलाई ने‌पाल भ्रमण गर‌ाउने‌ र‌ौ‌नकले‌ आप्लावित छ । आवश्यक पूर्वाधार‌को‌ समस्याका बाबजुद सर‌कार‌ पर्यटन क्षे‌त्रमा गुणात्मक फड्को‌ मानेर्‌ अभियानमा जुटे‌को‌ पाइन्छ । दे‌शले‌ कृषि, जलस्रो‌त, पर्यटन र‌ विप्रे‌षणलाई समृद्धिको‌ आधार‌ माने‌को‌ परि‌प्रे‌क्ष्यमा समृद्धिको‌ सपनालाई पर्यटनबाट पनि विपनामा परि‌णत गर्न सक्ने‌ मनो‌विज्ञानबाट यतिबे‌ला सर‌कार‌ विदे‌शी पाहुनाहरूको‌ स्वागत गर्न आतुर‌ छ । ताल, पहाड, खो‌ला, झर‌ना, वन्यजन्तु, चर‌ाचुरुङ्गी, विविधतायुक्त जातिका र‌हनसहन र‌ संस्कृतिका साथै‌ एउटै‌ सानो‌ दे‌शमा हिमाल, पहाड र‌ तर‌ाईको‌ भौ‌गो‌लिक विशिष्टता आदि तन्तुका माध्यमबाट खासगर‌ी विदे‌शी पाहुनालाई स्मर‌णीय आतिथ्य दिने‌ सर‌कार‌ी यो‌जनाका रूपमा यो‌ भ्रमण–वर्षलाई बुझ्नुपनेर्‌…

Read More

अर्जुनधारा, २४ पुस । शनिश्चरे माविकी छात्रा डोल्मा शेर्पाले आफू पढ्ने विद्यालयको कक्षाकोठामा भएको झ्यालमा पल्ला नहुँदा चिसो छेक्न किताब झुण्ड्याउनुपर्ने पीडा पोखिन् । शिक्षासँग सरोेकार राख्ने सबै निकाय, अभिभावक, शिक्षकलगायतको उपस्थितिमा उनले पुसको जाडो छेल्न गरिने बाध्यता सुनाइरहँदा कार्यक्रममा सहभागी सबै मौन भए । ‘झ्यालमा मात्र होइन, कक्षाको ढोका नि छैन’, उनले भनिन्, ‘यो जाडोमा चिसो छल्न गाह्रो भएको छ ।’ अझ कतिपय विद्यार्थीसँग न्यानो कपडा नहुँदा थप समस्या भएको उनले सुनाइन् । उनीहरुले चिसो ठिही छल्नका लागि झ्यालमा भएको फलामे रडमा किताबले छेल्ने गरेका छन् । यस्तो समस्या सबै कक्षाकोठामा भएको उनको भनाइ छ । इन्सेकको सहयोगमा मानवअधिकार…

Read More

झापा, २४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारीको भएको छ । देउवा मनोनीत बहुमतका आधारमा पेलेर अघि बढेपछि असन्तुष्ट पक्ष (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। रामशरण महत, डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, सुजाता कोइराला लगायतको समूह) ले केन्द्रीय समति बैठक बहिष्कार गर्दै आएको थियो। पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या २८ बाट ४७…

Read More

झापा, २४ पुस । सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ । भैँसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए । नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ भएको छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् ।…

Read More

झापा, २४ पुस । संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी अलर्ट अवस्थामा रहेको बताइन् । ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले यो भन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौँ,’ बुधबार उनले भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार…

Read More

झापा, २४ पुस । दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१ सालमा त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको निजी निवासका साथै बिलियार्ड हललाई जगसहित भत्काइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्ष्भित्र दीपेन्द्रको निजी निवासको पुनःनिर्माण सम्पन्न गरिसक्ने गरी…

Read More

झापा, २४ पुस । भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ । भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ । भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ । अहिले नेपालको कूल निर्यातमा करिब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ । आजको आर्थिक अभियानमा खबर छ ।

Read More

झापा, २४ पुस । संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ । सभामुखका लागि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र प्रचण्डले अग्नी सापकोटाको पक्षमा अडान लिँदै आएका छन् । यता उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुखबाट…

Read More

भद्रपुर, २३ पुस । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फे’ल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ । हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताउनुभयो । पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा सम’स्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फे’ल भएको छ महिना अघि मात्र थाहा भएको थियो । मेचीनगर नगरपालिकाका कार्यपालिका…

Read More

इटहरी, २३ पुस । सुनसरीको इटहरीमा नेपालमै पहिलो पटक स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ । इटहरी वडा नम्बर ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउस्थित दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्‍ने भएको हो । त्यहाँ एक सयवटा हल्का सवारी साधन पार्क गर्न सकिने छ । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्‍तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना…

Read More