झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ पुस । देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित सम्झौता गर्नुपर्ने समझदारी भएको थियो । सम्झौतामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले हस्ताक्षर गरे । सम्झौता अनुसार दुई वर्ष्भित्र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै टेलिकमले फाइबर बिछ्याउने छ । त्यस्तै मध्यपहाडी लोकमार्गबाहेक कतिपय स्थानमा हुलाकी मार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमले पाएको छ । आजको गोरखापत्र…

Read More

काठमाडौं, १९ पुस । सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियारको स्टिङ अप्रेसनमार्फत पनि घुस लिँदालिँदै रंगेहात पक्राउ गरी मुद्दा दायर गर्नेक्रम बढाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, १९ पुस । देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् । देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री, लाइब्ररी, ट्युसन फी, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटरलगायतका शीर्षकमा रकम असुल्दै आएका छन् । यस्तै, स्काउट ट्रेनिङ, स्पेसल ट्रेनिङ, ट्युसन फीका नाममा मनपरी शुल्क लिने गरेका छन् । संविधानले समेत कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क भनेको छ । ती विद्यालयले कमिसन खानका लागि आफूले भनेको पुस्तक पसलबाट मात्रै पुस्तक खरिद गर्न बाध्य पारेको अभिभावकहरुको…

Read More

बुद्धशान्ति, १९ पुस । झापाको बुद्धशान्तिमा शुक्रबार एकैदिन दुईवटा पर्यटकीय क्षेत्रको विशेष कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । बुद्धशान्ति ३ मा रहेको आदर्श नमुना सामुदायिक वन क्षेत्रमा रहेको आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्र तथा बुद्धशान्ति–४ मा रहेको वर्ने पर्यटन बजारको उद्घाटन गरिएको हो । आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रको प्रदेश १ का उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री जगदीशप्रसाद कुसीयैत र वर्ने पर्यटन बजारको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्रमा रहेको कृतिम डाइनोसर सञ्चालन गर्ने स्विच थिचेर उद्घाटन गर्दै मन्त्री कुसीयैतले प्रदेश १ मा…

Read More

अनिल वाग्लेझापा, १९ पुस । भ्रमण वर्ष सफल बनाउन कतार स्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम सुुरु गरेको छ । कतारी नागरिक र कतारमा रहेका विदेशी नागरिकलाई नेपालका भ्रमण गर्न लायक ठाउँहरुको बारेमा जानकारी गराउने, नेपाल जाँदा पर्यटकका लागि हुने सहजता र नेपाल सरकारले पर्यटकका लागि दिने सुविधा र नेपालीले गर्ने अतिथि देवो भवको सार तत्वलाई विदेशी नागरिकसम्म पु¥याउन हेल्प डेक्स राखिएको कतार स्थित नेपाली राजदूत डा. नारद भारद्वाज वाग्लेले जानकारी गराएका छन् । कतार स्थित राजदुतावासमा हेल्प डेक्स नै सञ्चालनमा ल्याएर भ्रमण वर्ष २०२० को व्यापक प्रचार भईरहेको छ । कतार स्थित नेपाली राजदुतावास र एनआरएनको संयुक्त प्रयासमा डिसेम्बर ३१…

Read More

मोरङ, १७ पुस । मोरङको बिराटनगर महानगरपालिका-१२ आईतवारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका-४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

झापा, १७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको दमकस्थित चिया बगानले वर्षौंदेखि कर नतिरेको पाइएको छ । दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको नामले परिचित चिया बगानले पाँच करोड ३० लाख कर बक्यौता तिर्न बाँकी रहेको हो ।गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाका मेयर शोमनाथ ओलीले बताए । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ ।

Read More

विराटनगर, १७ पुस । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताउनुभयो । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन…

Read More

बिर्तामोड, १६ पुस । कनकाइ नगरपालिकास्थित सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने मुख्य बाटो अमरपथ सडकको निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय योजना अन्तरगत लगभग ५७ करोड बजेटमा आगामी चारबर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौतासहित बुधबार निर्माण कार्य प्रारम्भ गरिएको हो । १६ किलोमिटर लम्बाई र नालीसहित ५० फुट चौडाइ रहने बाटोको सात किलोमिटर क्षेत्रमा नाला निर्माण गरिने बताइएको छ । उक्त सडकको दुवै किनारमा ८२ फुट जग्गा बाटोका लागि छाड्ने सहमति यसअघि नै भइसकेको छ । भविष्यमा बाटो बढाउनुपर्ने अवस्था आए स्थानीयबासीका भौतिक संरचना नभत्कियोस भन्ने दुरदृष्टि राखेर सडकको दुवै किनारमा सो बराबरको जग्गा छोड्न गाउँपालिकाले आग्रह गरेको थियो ।…

Read More

काठमाडौँ, १७ पुस । सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाई आवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ । विदेश जाने प्रक्रियामा रहेका युवामाथि हुने ठगी नियन्त्रण गर्न सरकारले आवश्यकता अनुसार अनलाइनबाट निरीक्षण गर्न यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको विकाससँगै वैदेशिक रोजगार विभागले श्रमिकका लागि हुने माग, आवेदन र छनोट प्रक्रियामा म्यानपावरको एकाधिकार तोडिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More