झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ मंसीर । झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिब १० दिन अघिदेखि बेपत्ता भएकी छिन् । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ वर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी हुन् । बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् । बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु…

Read More

ताप्लेजुङ, ३ मंसीर । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।

Read More

झापा, २ मंसीर । झापाको भद्रपुर नगरपालिका-५ बाट आज साँझ लागू औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-१५ प ५३३ नं. मो.सा.लाई शंका लागेर चेकजाँच गर्दा हल्दीबारीका दुई युवा लागू औषध सहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका २ का मोटरसाइकल चालक राममढी र धनबहादुर वन रहेका छन् । मोटरसाइकलको बीचमा चिनीको पोकाभित्र लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ३ ग्राम ८३० मिलिग्राम बरामद गरिएको छ । दुबै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको…

Read More

झापा, २ मंसीर । प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी…

Read More

झापा, २ मंसीर । झापा गाउँपालिकाबाट आज लागुऔषधसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा–५ खाताबस्ति स्थितमा सप्रबल बिओपि पन्तापाडाबाट खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला कमल गाउँपालिका–३ कर्खाका २८ वर्षीय दिलिपकुमार भुजेललाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनकोको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्यादै गरेको लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ८ ग्राम ३७ मिलिग्राम बरामद गरिएको थियो । उनलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ ।

Read More

झापा, २ मंसीर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More

झापा, २ मंसीर । आगामी निर्वाचनमा २०७९ मंसिर ४ को तुलनामा बढी सुरक्षा चुनौती रहेको केन्द्रीय सुरक्षा समितिले निष्कर्ष निकालेको छ। समितिको अध्ययनअनुसार यसपटक ५७२ मतदान केन्द्र थप अति संवेदनशील बनेका छन्। गत निर्वाचनमा २,९४६ मतदान केन्द्र अति संवेदनशील मानिएका थिए भने अहिले पुनः वर्गीकरण गर्दा ३,५१८ केन्द्र अति संवेदनशील देखिएका छन्। यस्तै, संवेदनशील मतदान केन्द्र पनि एक सय बढी भई ४,५२९ पुगेका छन्। सामान्य अवस्थामा रहने केन्द्र भने घटेर २,८७९ मात्र रहेको छ। गृह मन्त्रालयले १५ दिनभित्र जिल्लास्तरमा सुरक्षा योजना पठाउने तयारी गरेको छ। मंसिर ९ देखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु हुने र तीन तहको सुरक्षा योजना लागू हुने…

Read More

झापा, २ मंसीर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो । स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो ।

Read More

काभ्रेपलाञ्चोक, २ मंसीर । काभ्रेपलाञ्चोकमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल, खानीखोला, बनेपा र जिरीका पाँच युवक रहेका छन्। पक्राउ परेकामध्ये दुई जनामाथि यसअघि लागुऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। हाल उनीहरूको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यसअघि पनि आन्दोलनका क्रममा संलग्न १२ जनालाई पक्राउ गरिएको थियो। जिल्लामा हालसम्म १८ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ। प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा अदालतले तोकेको कैद तथा जरिवना भुक्तान नगरेका ५३ जनालाई पक्राउ गरी करिब १२ वर्षभन्दा बढी…

Read More

झापा, २ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन…

Read More