
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी आज रातिपनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।…
काठमाडौँ, ४ साउन । साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस वर्ष पहिलोपटक निःशुल्क बस सेवा प्रदान गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले धार्मिक तथा सांस्कृतिक संस्थाहरूको सहयोगमा चार वटा सार्वजनिक बस चक्रपथमा घुमाएर सेवा दिन लागिएको जानकारी दिएका छन्। बस सेवा बिहान ४:०० बजेदेखि सञ्चालन हुनेछ। यसमा गीता प्रेस नेपाल बुक डिपोले दुई वटा तथा यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले दुई वटा बस व्यवस्थापन गरेको हो। मन्दिरका चारै ढोका बिहान ३:०० बजेदेखि भक्तजनका लागि खुला गरिनेछ। दर्शनको व्यवस्थापन यसरी मिलाइनेछ कि एक घण्टामै लाइनबाट दर्शन सकेर भक्तजन फर्कन सकून्। मूल मन्दिरबाहिर…
सिरहा, ४ साउन । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कारागारभित्र आन्तरिक प्रशासनको नेतृत्व को गर्ने भन्ने विषयमा विवाद चर्किएपछि दुई समूहबीच झडप भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। सुरक्षाका दृष्टिकोणले उनीहरूलाई थप उपचारका लागि आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली कारागारमा पुगेर अवस्था नियन्त्रणमा लिएको छ। प्रशासनले झडपको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। सिरहा कारागारको क्षमता १५० कैदीबन्दीको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ।…
झापा, ४ साउन । झापाको दमक नगरपालिका–५ स्थित मेची स्टोर अगाडिको लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मेची स्टोर अगाडी सडक क्षेत्रमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले भारत बिहार राज्यको कटिहार जिल्ला निवासी २८ वर्षीय सुरज कुमार साहलाई पक्राउ गरेको हो । शंकास्पद रूपमा सडकमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा उनको झोलामा लुकाई राखिएको अवस्थामा प्लास्टिकमा पोको पारिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हो। बरामद पदार्थ प्लास्टिकसहित ४६.७६ ग्राम र प्लास्टिक बाहेक ४२.१७ ग्राम तौलिएको छ। उनको साथबाट रु. ३७,९०० नेपाली रुपैयाँ, डिजिटल तराजु १ थान, ओप्पो मोबाइल (सिमकार्डसहित),…
कमल, ४ साउन । झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनि एक अन्दाजी ७०–८० वर्षको पुरुषको शव फेला परेको छ । आज दिउँसो करिब १३:०० बजे खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी राखेको थियो । मृतकको शिवसताक्षी नगरपालिका–१ का ८० वर्षीय प्रभाखर पोखरेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवको सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मृतक पोखरेलको मृत्युको कारण खुल्न बाँकी रहेकोले थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
चन्द्र बस्नेत कनकाई, ४ साउन । झापाको कनकाई नगरपालिका भित्रका २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको छ। श्रावण ४ गते आईतबार आज शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ औं स्मृति दिवसको अवसर पारेर २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कनकाईका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी एवम् विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको हो। यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालय कनकाई माद्यामिक विद्यालयबाट एउटै ३.८६ जि पि ए प्राप्त गर्ने प्रतीक तिवारी ,प्रकृति न्यौपाने , रोहन सुवेदी तथा निजि विद्यालय झापा मेरिगोल्डकि ३.९२ जि पि ए प्राप्त गर्ने अंकिता…
पाँचथर, ४ साउन । अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी)लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन् । गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध बनेको छ । हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा…
सरोज भट्टराई शिवसताक्षी, ४ साउन । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ । नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी गरेको हो । प्याराफिटको काम सकेर उक्त रंगशालामा आगामी कार्तिक १५ गतेदेखि झापा महिला कपको तयारी सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको थियो । हाल खेल मैदानमा झार काट्ने काम पनि निरन्तर भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगाशालामा उद्घाटन खेलको रुपमा झापा महिला गोल्ड कपको खेलाउने भएको हो…
विराटनगर, ४ साउन । सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका– ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुलसहित इनरुवा– ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका– ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी…
सुनसरी, ४ साउन । सुनसरीको ईनरुवा नगरपालिका– ७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सोहि स्थानका ३५ बर्षीय पारस यादवको मृत्यु भएको छ । साउन ३ गते राती साढे १० बजे को.३४ प ५१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक पारस यादव र पछाडि सवार ३५ बर्षीय रबि सरदार घाईते भई उपचारको लागि इनरुवा अस्पताल लैजाने क्रममा पारस यादको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।