
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखदेखि असारसम्मको तीन महिनामा देशभर २,०६५ विपद्जन्य घटना भएको जनाएको छ। ती घटनामा ९३ जनाको मृत्यु, २२ जना बेपत्ता र ४४५ जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार ४,१३६ परिवार प्रभावित भएका छन्। बाढीका मात्रै १३७ घटना भएका छन् जसबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। असार २४ गते रसुवा भोटेकोशीमा हिमताल विष्फोटबाट आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति पुर्याएको थियो। अन्य प्रमुख घटनाहरू: पहिरो: १७५ घटना, ६ जनाको मृत्यु चट्याङ: २६ जनाको मृत्यु आगलागी: १४ जनाको मृत्यु, १,०४८ परिवार प्रभावित जनावरको आक्रमण: १२ जनाको…
झापा, २ असार । वाईसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियानको सुरुआत गरेको छ। वाईसीएल सुनसरीको सहकार्यमा तथा धरान उपमहानगर समितिको व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गर्दै अभियानको उद्घाटन गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुर गरी १० जिल्लामा विभिन्न कार्यक्रममार्फत अभियान सुरु भएको वाईसीएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए। वाईसीएल इलामको आयोजनामा माई नगरपालिका–२ र ४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वृक्षारोपण तथा बेसार रोपिएको छ। माओवादी केन्द्र निकट वाईसीएलले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक दुई महिने अभियान देशभर सञ्चालन गर्ने निर्णय गरेको…
झापा, २ असार । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौंसहित विभिन्न जिल्लाका निजी विद्यालयहरू बन्द भएका छन्। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने, र शिक्षामा भइरहेको निजीकरण अन्त्य गर्नुपर्ने मागसहित संगठनले एक दिनको शैक्षिक हडतालको घोषणा गरेको हो। हडतालको जानकारी बिहीबार बेलुका नै काठमाडौंका कतिपय निजी विद्यालयहरूले अभिभावकहरूलाई एसएमएसमार्फत पठाएका थिए। राजधानी बाहिरका जिल्लाहरूमा पनि सरकारी तथा निजी विद्यालयहरू बन्द रहेको जनाइएको छ।
झापा, २ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमितता हटाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न बैठकमा उक्त निर्णय पारित गरिएको हो। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा गरिएको यो परिवर्तनबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। संशोधित विधान आगामी पोलिटब्युरो बैठकमा पेस गरिनेछ, जसपछि केन्द्रीय कमिटीमा लगिने तयारी छ। सचिवालय बैठकले पोलिटब्युरोमा १५ पदाधिकारी सहित ८४ सदस्य र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय पनि गरेको छ। ज्ञवालीका अनुसार…
झापा, २ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ । त्यसैगरी,…
झापा, १ साउन । आज दिउँसो दमक नगरपालिका–६ मा संचालित ‘सेवारो होटल’ मा आगलागी भएको छ । दिलमाया लावतीले सुरेशकुमार थापाको खाली जग्गा भाडामा लिएर टिनको छानो र बेराले बनाएको एकतले कच्ची घरमा होटल संचालन गर्दै आएकी थिइन् । खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास चुहावट भएपछि सिलिण्डर विस्फोट भई आगलागी भएको जनाइएको छ। होटलभित्र रहेका लत्ता कपडा, खाद्य सामग्री, तीन वटा फ्रिज, आठ वटा ग्यास सिलिण्डर, दुई वटा इन्भर्टरसहित सम्पूर्ण संरचना जलेर करीब रु. १३ लाख बराबरको क्षति भएको छ। साथै, सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुई तले घरको पछाडिको सात वटा झ्यालको सिसा र घरभित्रका लत्ताकपडामा समेत आगोले…
कनकाई, १ साउन । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ । कन्काई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विषेश अवसरमा रुद्राभिषेक तथा पूजाआर्चना कार्यक्रम गर्न लागिएको धाम परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा धामका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । कन्केश्वर महादेवको पवित्र मन्दिर रहेको कन्काई धामले नेपाल, भारत, भुटान लगायत देश–विदेशका श्रद्धालु भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभूति गराउँदै आएको बताउनुहुँदै धामकका अध्यक्ष शेरबहादुर थापाले यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । पवित्र कन्काई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण…
कनकाई, १३ असार । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा मानबहादुर दाहाल (कुमार) चयन हुनुभएको छ । क्लबको नवौ वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आगामी बर्ष २०२५/०२६ को अध्यक्षमा दाहाल सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै प्रथम उपाध्यक्षमा लायन पन्कज खड्का, द्वितीय उपाध्यक्षमा लायन राजकीशोर चौधरी र तृतीय उपाध्यक्षमा लायन शिवशंकर महाशेठ, सेक्रेटरीमा लायन लता चिमरिया , ट्रेजररमा लायन डम्बर थापा साजन, क्लब एड्मिनिस्टेटरमा लायन विवेक शिवाकोटी र जोइन्ट सेक्रेटरीमा लायन अभिषेक पोखरेल चयन हुनभएको निर्वाचन समिति संयोजक तथा क्लबका पुर्व अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभएको छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा भाइस डिस्ट्रीक…
मोरङ, ११ असार । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रंगेली-१ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जीवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।
झापा, १० असार । बुद्धशान्ति साप्ताहिक र ट्राफिक प्रहरी पोस्ट बुधबारेको आयोजनामा अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । बौद्धिक विकास र ट्राफिक सचेतना अभिवृद्धिको उद्देश्यका साथ आज बुधबारे स्थित बुद्धआदर्श माविको सभाहलमा निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रम बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराईको सभापतित्व सम्पन्न भएको थियो भने भने प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख इन्सपेक्टर गणेश पौडेल रहेका थिए ।त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का अध्यक्ष अनिल वाग्ले रहनु भएको थियो । त्यस्तै त्यहाँ शिक्षा, साहित्य र समाजसेवामा सक्रिय विभिन्न व्यक्तिहरूको पनि आतिथ्य रहेको थियो…