
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ पुस । सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ । दुई देशबीचको सम्बन्धलाई नयाँ…
झापा, १७ पुस । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने भएसँगै झापामा विविध कार्यक्रम गरिएको छ । भ्रमण वर्ष सफल बनाउन यहाँका समाजिक संघसंस्थादेखि स्थानीय सरकारले विभिन्न आकर्षक कार्यक्रम ल्याएका छन् । भारतीय पर्यटकलाई आकर्षित गर्न भद्रपुर नगरपालिकाले भारतको ठाकुरगञ्ज गएर भारतीय पर्यटकलाई निम्तो दिइसकेका छ भने मेचीनगरले पूर्वीद्वार काँकरभिट्टाबाट प्रवेश हुने पर्यटकको स्वागत–सम्मान र पर्यटकीय स्थलको परिचय दिने होडिङ बोर्ड टाँस्नेसम्मको काम गरिसकेको छ । भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई एकसातासम्म ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गर्ने अभियान नै सुरु भएको छ । ् भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङ«घसंस्था, सहकारी संस्था र…
झापा, १७ पुस । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईले वृद्धि गरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको जनाइएको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो । मूल्य समायोजनपश्चात् नेपालतर्फको…
राजबाबु शंकर — चाणक्य नीतिमा भनिएको छ– जो मानिस कुनै सोचविचार नगरिकन केही समयको सुखमा तृष्णाशक्त भएर केही गलत आचरण गर्छ, त्यस्ता मानिसको पूरै जीवन खराब हुन्छ । हामी मानव जाति बाहेक संसारका हरेक प्राणी आ–आफ्नो नियममा बसेका हुन्छन् । खानाका रूपमा बाघले कहिल्यै घाँस खाँदैन, गाईले मासु खाँदैन, घोडा कहिल्यै बस्दैन र कुकुरले स्वामीभक्ति कहिल्यै छोड्दैन । तर, विडम्बना… चेतनशील र विवेकशील मानिने मानव जाति नै ती अरु मूक प्राणी सरह न आफ्नो नियममा बाँधिएका छौं, न कत्र्तव्य पालनामा आज्ञाकारी र गुणवान नै हुन सकेका छौं । — आर्थिक अपारदर्शितालाई सोझै भ्रष्टाचार मान्ने हाम्रै समाजमा वषौर्ंवर्षदेखि पुण्यार्जन गर्न भन्दै सालिन्ने पुराणादिकोे धार्मिक कृत्य…
शरणामति, १७ पुस । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिका आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन । बुधबार भएको पहिलो खेलमा सभापोखरीले झापाको कनकाई नगरपालिकालाई २५—१४, २५—१९ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने कनकाई नगरपालिकाका सरोज चम्लगाईँ हुनुभयो । उहाँले नगद एक हजार रुपैँया नगद सहित ट्रफि पाउनुभयो । बुधवार भएको दोस्रो खेलमा भोजपुरको टेम्के मयुङ गाउँपालिकाले झापाको मेचीनगरलाई बेष्ट अफ फाइभको प्रतिस्पर्धामा हराएको छ । रोमांचक…
दोमुखा, १७ पुस । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताउँनुभयो । कार्यक्रममा वोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भ्रमण बर्ष सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो । शिवसताक्षी १० का वार्डध्यक्ष कर्णबहादुर थापाले भ्रमण बर्ष नेपालीको साझा चाड भएकोले सबैको घरआगनमा भित्रिसकेको बताउनुभयो । दोमुखामा यस बर्षभरिनै यस्ता…
झापा, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि विधेयकलाई समर्थन गर्न नसकिने जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि र नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयकका केही प्रावधानले संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार हनन गर्न खोजेको आरोप लगाउनुभयो । सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा पाँच वर्ष जेल बस्नुपर्ने, रु १५ लाख जरिवाना तिर्नुपर्नेजस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्मअनुरुप किमार्थ हुन नसक्ने काँगेसले जनाएको छ । कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई…
झापा, १६ पुस । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काँग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो । दक्षिण एशियामा…
बुधबारे, १६ पुस । मोरङको याङसिलामा सञ्चालित ४६औ जुनियर डिभिजन एनसीसीको २१ दिने तालिम सम्पन्न भएको छ । गत मंसिर २३ गते बाट सुरु भएर पौष १३ गते दिक्षान्त समाहरोहका साथ तालिम समापन भएको हो । झापा, सिराहा, सप्तरी, खोटाङ्ग, सिन्धुली लगायतका विभन्न जील्लाबाट १५ वटा विद्यालयहरुले सहभागीता जनाएका थियो, जसमा ५३१ छात्रा, छात्रहरुले तालिममा भाग लिएका थिए । झापा बाट २ वटा विद्यालयले सहभागीता जनाएको थियो । तालिमको दौरानमा विभिन्न प्रतियोगितात्मक कृयाकलापमा इष्ट होराइजनले आफ्नो उत्कृष्ट प्रर्दशन दिन सफल भएको छ । होराइजनकी छात्रा सलिना लिम्बु सर्व उत्कृष्ट छात्रा हुनुको साथै सम्पूर्ण टोलीको नेतृत्व वहन गर्ने सिनियर अण्डर अफिसर…
झापा, १६ पुस । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए । ‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय…