
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका तमु दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उहाँले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै मनाइने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको उल्लेख गर्नुभएको छ । उहाँको सन्देशमा भनिएको छ, “सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको…
बिर्तामोड, १५ पुस । नेपाल औषधि व्यवसायी संघ झापाको हालै निर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार सम्हालेको छ । विर्तामोडको इन्द्रेणी व्याङ्क्वेटमा सोमबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । संघीय संरचना अनुसार पहिलो पटक झापामा जिल्ला शाखा गठन भएको हो । यस अघिसम्म, मेची अञ्चल शाखाले नै झापाका व्यवसायीहरुलाई समेट्तै आएको थियो । मेची अञ्चल शाखाकै आयोजनामा नवनिर्वाचित अध्यक्ष गौतम गुप्ता, उपाध्यक्ष प्रदीप खरेल, महासचिव जीवनकुमार खड्का, सचिव ससिम पोखरेल, कोषाध्यक्ष बुद्धिशेखर बजगाईं, उपकोषाध्यक्ष युवराज भट्टराई र सदस्यहरु सुरेश खतिवडा, लक्ष्मीप्रसाद पौडेल र प्रह्लादराज ढुंगानालाई पदभार ग्रहण गराउँदै सपथ पनि गराइएको हो । मेची अञ्चल शाखा अध्यक्ष…
भद्रपुर, १५ पुस । तराईमा जाडो बढ्दै जाँदा विभिन्न सामाजिक संघ–संस्थाले विभिन्न विपन्न समुदाय, विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै आएका छन् । यसैक्रममा सामाजिक संस्था झापाको रोटरी क्लव अफ भद्रपुरले सोमबार भद्रपुर ७ को एक सरकारी विदालयका साना विद्यार्थीलाई स्कूलको स्वेटर विरण गरेको छ । रोटरीले भद्रपुर–७ अञ्जनिमोडस्थित भृकुटी आधारभूत विद्यालयका सयभन्दा बढी विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । क्लवका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा विद्यालय परिसरमै आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेललगायतले विद्यार्थीलाई स्वेटर वितरण गर्नुभएको थियो । क्लवका सचिव विनोद चापागाईंले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लवमा आबद्ध रोटरियनहरु, रोट्रयाक्ट क्लव अफ भद्रपुरका पदाधिकारीहरुको सहभागिता रहेको…
झापा, १५ पुस । बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थालाई मात्र सेवा दिइरहेको छ । कोषले बैंकमा रहेको तीन लाख रुपैयाँसम्म निक्षेपका साथै बैंकहरुको साना तथा मझौलाका साथै लघु कर्जाको सुरक्षण गर्दै आएको छ । सहकारीमा जोखिम बढेसँगै साना बचतकर्तालाई सुरक्षित गर्न सरकारले सहकारी ऐनमार्फत बैंकमा जस्तै सुरक्षणको…
झापा, १५ पुस । साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा दिन आनकानी गर्ने गरेका छन् । लामो समय काम गरेका नेपालीको सेवा सुविधा रकम धेरै हुने गरेको कारण रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने गरेका हुन् । ‘लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीले विभिन्न बहानामा लामो सेवावापत कम्पनीबाट पाउने सुविधाहरु…
बिर्तामोड, १५ पुस । मध्य पुसको ठन्डी । तापक्रम घटेर १० देखि १५ डिग्रीमा सीमित भएको छ । बाक्लो हुस्सुका कारण आउजाउ गर्न मुस्किल परिरहेका बेला सामाजिक अभियन्ताहरु भने सरकारी विद्यालयतिर दौडिदैछन् । यसको एउटै कारण हो, विपन्न विद्यार्थीको खोजी । बाक्लो र न्यानो कपडा नभएपछि काम्दै विद्यालय जाने बालबालिकाको सङ्ख्या झापामा ठूलो छ । उनीहरुका लागि सामाजिक सङ्घसंस्था ‘न्यानो कपडा वितरण अभियान’ लिएर हिँडिरहेका छन् । बिर्तामोडका सरकारी विद्यालयमा पनि अभियानका रुपमा विद्यार्थीलाई न्यानो कपडा बाँडिएको छ । अभियानको नेतृत्व गरेका युवा सरोज पौडेलका अनुसार मनकारी दाताको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण अभियान सम्भव भएको हो । ‘हाम्रो पहलमा…
झापा, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । ल्होछारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ । हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रधानमन्त्रीले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण…
भद्रपुर, १५ पुस । झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात बिताइसक्नुभएको छ । बेलाबेला आइरहने पाहुनाको बासका लागि हरेक घरमा एउटा कोठा छुट्याइएको छ । यहाँ आउने पर्यटक यी समुदायका संस्कृति र खानपानमा औधि आकर्षित हुँदै घरवास (होमस्टे)मा रमाउने गर्दछन् । दोघरे बस्तीभित्र शान्ति धिमालको सुन्दर , आकर्षक सानो घर छ । पाहुना आएका बेला पूरै परिवार सत्कारमा जुट्छ । पर्यटकको रोजाइअनुसारको खानपान तल्लिन हुन्छन् उनीहरु । “कहिले स्वदेशी र कहिले विदेशी पाहुना आउनुहुन्छ”, घरवास सञ्चालन गरिरहनुभएकी शान्ति धिमाल भन्नुहुन्छ, “भरसक घरबारीमै भएका खानेकुराहरु खुवाउँछौँ,…
भद्रपुर, १५ पुस । सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो । नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल ¥याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका…
तेह्रथुम, १५ पुस । तेह्रथुमको छथर गाउँपालिका-१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको छ । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।