झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ३० मङ्सिर । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने महाशाखाले जनाएको छ ।

Read More

ताप्लेजुङ, ३० मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्यााएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्दार गरी मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने रमेश कार्की , तारा कार्की, हनमोल कार्की, सुबाश थापा सहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी जम्मा ११ जनालाई सोही दिन अपरान्ह ४ बजेको समयमा गन्तब्य स्थलसम्म पुर्या्उन सफल…

Read More

सुरुङ्गा, २९ मंसिर । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको आजको खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जित निकालेको छ । बाह्रदशीले गौरीगञ्ज गाउँपालिकालाई १ का विरुद्ध ७ गोलले हराएको छ । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भएका छन् । उनलाई पदम उप्रेतीले नगद पुरस्कार प्रदान गरे । बाह्रदशीका लागि अमृत मुर्मूले २ गोल र श्याम मुर्मूले १ गोल गरे । गौरीगञ्जका लागि एक गोल प्रविन बिकले गरेका थिए । सोमबारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुने आयोजक संस्थाका दुर्गा प्रसाईंले बताए । प्रतियोगितामा प्रथम…

Read More

दीपक चापागाईंमाथिलो गाउँको ठूले धेरै पटक सांसद भए । उहाँ पहिलो पटक मन्त्री पनि भए उहाँको घर नजिकैको आन्तरिक विमानस्थल ओर्लने बित्तिकै तमाम पार्टी कार्यकर्ता भारतबाट आयात फूलको माला हातमा लिएर स्वागतका लागि तयार भए । उनका समर्थकहरुले लगाएका माला उनका गलाले नथाम्ने गरी भएको थियो । माला पहिरिएर अगाडि–पछाडि प्रहरीको स्कटीङका साथ सयौं कार्यकर्ता आफ्ना–आफ्ना सवारीसाधन दुईपाङ्ग्रे, चार पाङ्ग्रे गाडीको लाइन लगाएर राजमार्गका यातायात नै जाम गरेर सयौं पैदलयात्रीलाई धुलो र धुवाको कुडुलो उडाएर ठाँटिलो स्वाभावले कयौं लिटर इन्धन डढाएर आफ्नो गाउँ पुग्दछन् । लाग्छ उनीलाई आफू राजा भएको आभाष सबैलाई दिलाउन चाहन्छन् । घर नजिकै सामुहिक पुराण लगाउने…

Read More

बिर्तामोड, २९ मंसीर । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा प्रदेश स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म ‘तमू ल्होसार गोल्डकप–२०७६’ हुन लागेको हो । क्लबले आज डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा प्रदेश १ का आठ वटा टीमले प्रतिस्पर्धा गर्ने जनाएको छ । क्लबका अध्यक्ष डीके गुरुङले झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने बताउनुभयो । ‘हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजान छ’, उहाँले भन्नुभयो, ‘यस वर्षदेखि सुरु गरेका हौँ ।’ प्रतियोगिता सम्पन्न गर्न रू २१ लाख खर्च हुने…

Read More

काठमाडौँ, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हुँदै आएको छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित हुनुभएन । सोही विषयमा सहमतिका लागि छलफल गर्न सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता पौडेल निवास बोहराटार पुग्नुभएको थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करिब एक घण्टा चले पनि उहाँहरुबीच सहमति जुट्न सकेन । भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका…

Read More

मङ्गलबारे, २९ मङ्सिर । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । आगामी पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैँले स्वास्थ्य बीमा गरिदिने भएको उहाँले बताउनुभयो । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ । इलाम नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख पदबहाल रहेको अवस्थामा मृत्यु…

Read More

धादिङ, २९ मङ्सिर । श्रीमतीको ह त्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते ह त्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । मृतक तामाङको श व शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान गरिने उहाँले वताउनुभयो ।

Read More

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित ६ किलो मोडमा बस दु र्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दु र्घटना परेको थियो । दु र्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दोलखाको…

Read More

झापा, २९ मंसिर । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट ल्याएको रकम खेतीबारीमा होइन खल्तीमा जम्मा भएको छ । प्रदेश ५ सरकारले विभिन्न शीर्षमा दिएको अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार चोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितिा उदाङ्गो भएको हो । समितिले अनियमितता भेटिएको भन्दै दोषी कर्मचारीलाई कारवाही गर्न सिफारिससमेत गरेको छ । अध्ययनमा अनुदान दुरुपयोगका अनौठा–अनौठा नमुना भेटिएका छन् । कपिलवस्तु नगरपालिका २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मानबहाल बरैले ६ लाख अनुदान लिएका…

Read More