
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २७ मंसिर । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट विराटनगर महानगरपालिका– ६ का २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन् । भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउँदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई ल्याउदै गरेको खैरो हिरोईन बरामद भएको थियो । खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागु औषधमा ओसार पसारमा अन्य २ जनाको समेत संग्लग्नता रहेको खुल्न आएपछी विराटनगर महानगरपालिका–६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका–१० का ४१ वर्षीय तेजबहादुर लिम्बु समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ…
तित्रा माइलाबा कस्ता छन् भनेर चिन्न उनको अलिकति कैरन गर्नुपर्छ । कमेज सुरुवाल इस्टकोट टोपी र खुट्टामा प्लास्टिकका चप्पल उनको पहिरन हो । पचहत्तर वर्ष जति उमेरका, ठूलो अग्लो हाडेज्यान भएका, हिंड्दा थोरै कुप्रिएर हिंड्ने, जुँगामुठे, झुस्लुक्क दारी, मुखमा बाह्र–चौधवटा मात्रै दाँत बाँकी रहेका माइलाबा कहिले गन्जी बिब्ल्याँटो लाउँछन्, कहिले सुरुवालको एउटा बाउलो सुर्किन्छन् अकोर् चाहिँ बिर्सिन्छन् ! टोपीको वरिपरि फुलेका कपाल खरानीको रेखी जस्तै देखिन्छ । उनको इस्टकोटमा एउटा पावरवाला चश्मा, फाउन्टेन पेन र एउटा पाकेट डायरी सधैं हुन्छ । तल्लो गोजीमा एकपटक खाएर आधा, चौथाइ बाँकी रहेका सिग्रेटका ठुटा र एउटा लाइटर बोकेका हुन्छन् । कुनै छोरा छुट्टिएर बसेका, कुनै विदेश भासिएर घर…
स्थापनाको ५५ वर्षपछि बन्ने भयो छात्रावास र प्राज्ञिक पार्क भद्रपुर, २७ मंसिर । झापा जिल्लामा त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसले शैक्षिक उन्नयनसँगै भौतिक पूर्वाधार निर्माणमा समेत गति लिएको छ । उच्च शिक्षाको भरोसालायक गन्तव्य बनेको यो क्याम्पस स्थापनाको साढे पाँच दशकपछि छात्राबाससहित भौतिक संरचना निर्माणमा जुटेको छ । विगत २०२१ सालको असोज १२ गते ‘मेची इन्टरकलेज’को नाममा स्थापित आजको मेची बहुमुखी क्याम्पसले करीब ५५ वर्षको यात्रा पार गरिरहँदा आफ्नो छुट्टै प्रशासकीय भवन निर्माण गरिसकेको छ भने अब मानविकी भवन, छात्रावास र ५ जना शैक्षिक, प्राज्ञिक, सामाजिक र धार्मिक व्यक्तित्वको शालिक रहनेगरी मंगल प्राज्ञ वाटिकाको पनि निर्माण गदैर्छ । आज (मंसिर…
झापा, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन् । दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पु(याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले पनि सो पदमा दाबी गरेकी छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन्। पार्टीका…
झापा, २७ मंसिर । भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ । भिजिट भिसाको नाममा काम गर्न जाने आशंकामा अध्यागमनले फर्काउँदा घुम्न र व्यापारिक कामले विदेश जानेसमेत मर्कामा पर्दै आएका थिए । नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार हनन भएको गुनासो बढेपछि तीन सातायता अध्यागमगनले भिजिट भिसामा जानेहरूलाई सहजै प्रस्थान अनुमति दिन थालेको छ । पर्यटक भिसामा विदेश जाने नाममा मानव तस्करी हुने भएकाले अध्यागमनले शंकास्पद व्यक्तिहरूलाई रोक्दै आएको थियो । तर, तोकिएअनुसार कागजपत्र बोकेका पुरुषहरूलाई अब नरोकिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । पासपोर्ट,…
झापा, २७ मंसिर । नेकपा अध्यक्ष पुष्पकल दाहाल आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्तावेज तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्तावेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् । शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो । दाहाललाई स्पष्ट काम र समयतालिकासहितको ६ महिने…
झापा, २७ मंसिर । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो । बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो । साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ । साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ। पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका…
भारत, २७ मङ्सिर (एजेन्सी) । पछिल्लो समय प्याजको मूल्य आकाशिएसँगै यससंग सम्बन्धित रोचक किस्साहरुले संचारमाध्ययममा खुब चर्चा कमाएका छन् । यस पटक भने प्याजसँग सम्बन्धित अलिक दुखद खबर रहेको छ । नेपालमा भन्दा भारतमा प्रत्येकको भान्सामा प्याज अनिवार्य मसला हुने गर्दछ । उत्पादनमा कमि आएपछि प्याजको मूल्य आकाशिनुका साथै सर्वसुलभ रुपमा पाउनै छोडेको छ । यहि प्याज किन्नलाई लाइनमा पालो कुरेर बसिरहेको अवस्थामा एक ग्राहकको मृत्यु भएको खबर हाल संचारमाध्ययममा आइरहेका छन् । भारतीय दैनिक अमर उजालाका अनुसार आन्ध्र प्रदेशको कृष्णा जिल्लामा ५५ वर्षका ती उपभोक्ताको हृदयघातका कारण मृत्यु भएको हो । संबैया नामका ती उपभोक्ता जिल्लाको गुडीवाला इलाकामा राज्य…
झापा, २७ मंसिर । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ । बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने बताएको छ । गत वर्ष विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रशितशत रहने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवेदनले यस अघि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धदर ६.४ हुने बताएपछि सरकारले असन्तुष्टि जनाएको हो । यस विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदर कम आँकलन गरिएको बताए । उनले भने,‘नेपालले यस…
बिर्तामोड, २७ मंसिर । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट लोकतान्त्रिक समूहको प्यानलै बिजयी भएको छ । गएराति मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच समीकरण भएर बनेको लोकतान्त्रिक प्यानलका उम्मेदवार जलकुमार गुरुङ संयुक्त प्रगतिशील प्यानलका उम्मेदवार ज्ञानुराम प्रसाईलाई ७८४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । संयुक्त प्रगतिशील प्यानलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपा (संयुक्त) बीच समीकरण भएर चुनावी मैदानमा उत्रिएको थियो । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले १७०४ मत प्राप्त गरेका छन् भने प्रसाईले ९२० मत…