झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन नेपाललाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।” परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताउनुभयो । “अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय…

Read More

बिर्तामोड, १२ पुस । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने भएको छ । संस्थाको आइतबार हुने १९औँ साधारणसभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी लक्ष्यबारे जानकारी दिएको हो । संस्थाका अध्यक्ष टीएस श्रेष्ठले सदस्यलाई आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने आगामी योजना रहेको बताए । ‘कर्णालीले सदस्यमूखी विभिन्न कार्यक्रममार्फत् उत्पादन मूलक क्षेत्रमा लगानी गरिरहेकै छ’, उनले भने, ‘संस्थागत रुपमा पनि यसलाई प्राथमिकताका साथ अघि बढाउने योजना छ ।’ कर्णालीले आर्थिक वर्ष २०७६÷०७७ मा उत्पादन क्षेत्रमा करिब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ भने…

Read More

शनिश्चरे, १२ पुस । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि न्यानो कपडा वितरण अभियान सुरु गरेको छ । ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत शिक्षा सहकारीले न्यानो कपडा वितरण अभियान थालेको हो । अभियान अन्तरगत शुक्रवार झापाको अर्जुनधारा–८ सेतीपानीमा रहेको सिंहबाहिनी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानले बताए । ‘न्यानो कपडा अभावमा बालबालिकाको अवस्था दयनीय छ’, अध्यक्ष न्यौपानेले भने, ‘उनीहरुका लागि थोरै भए पनि जाडोमा सहयोग होस् भन्ने ठानेर न्यानो कपडा वितरण गरेका हौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यकुमार खतिवडाको अग्रसरतामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । अध्यक्ष खतिवडा शिक्षा…

Read More

भद्रपुर, १२ पुस । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईँलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतिमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको रु ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे बजारभरि सजाइएका छन् जहाँबाट वर्षेनी तीन लाख धार्मिक पर्यटकको आगमन हुने गर्छ । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाम शनिश्चरेबाट पाँच सय मिटरको दूरीमा पर्छ भने नेपालको आधुनिक राजनीतिक इतिहासमा उच्च सम्मानका साथ स्मरण गरिने सुखानी शहादतस्थल र शहीद स्मृति उद्यानपनि नजीकै छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै गर्दा अर्जुनधारा मात्र होइन, झापाका अधिकांश पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ ।…

Read More

बिर्तामोड, १२ पुस । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ । यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गर्नुभयो । वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण गरिने घरको शिलान्यास गर्दै विपन्न परिवार आवास निर्माण अभियानको शुभारम्भ गर्नु भएको हो । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ४० वटा, बिर्तामोड नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी, सहारा नेपालको संयुक्त लगानीमा १०० वटा, सांसद विकास कोषबाट २५ बटा र जनता आवास कार्यक्रम अन्तरगत ३५…

Read More

झापा, १२ पुस । ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । नर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खारेज हुने निगमले जनाएको छ । एलपी ग्यास उद्योग निर्माणको अनुमति लिएका व्यवसायीले उद्योग सञ्चालनमा भने अनिच्छा देखाएका छन् । पाँच वर्षअघि ग्यास उद्योग निर्माणका लागि नेपाल आयल निगमबाट अनुमति लिएका व्यवसायीहरूले निर्माण सम्पन्न गरी पीडीओ लिन आएका छैनन । पीडीओ लिन नआएपछि निगमले ९० दिनको सूचना जारी गरेको हो । निर्माण कार्य…

Read More

पाँचथर, १२ पुस । पाँचथर फिदिम नगरपालिका-२ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रि पक्की सडक खण्डमा वुद्धमार्गबाट साम्दिन तर्फ जादै गरेको ३ चक्के अनटेस्ट स्कुटी आफै अनियन्त्रित भई सडकको वाँया साईट नालिमा पल्टन जादा स्कुटी चालक लिम्बु गम्भिर घाईते भएकोमा स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा उनको राती पउने १० बे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतक लिम्बु (अपाङग व्यक्ती) रहेको खुल्न आएको छ। यसैबीच, पाँचथर तुम्वेवा गाँउपालिका–५ निगाले बस्ने ७५ बर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको छ। हिजो दिउँसो साँढे ४ बजे आफ्नै…

Read More

झापा, १२ पुस । सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ । यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ । विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ । जसअनुसार सेवा प्रदायकले २४ सै घन्टा सेवा उपलब्ध गराउनुपर्ने र एक वर्षमा बढीमा ५ प्रतिशतभन्दा बढी समय सेवा अवरुद्ध गराउन पाइने छैन । सेवा अवरुद्ध भएको अवस्थामा २४ घन्टाभित्र ९० प्रतिशत ग्राहकको गुनासो सुल्झाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै तीन दिनभित्र ९९ प्रतिशत…

Read More

मोरङ, १२ पुस । मोरङ ग्रामथान गाँउपालिका–४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सँबा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको सोही कार्यालयले जनाएको हो ।

Read More

धुलाबारी, १२ पुस । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका थिए । नेम्वाङका भाइ पूर्वफुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चले ‘झापा स्पोर्टस् अवार्ड’ गर्दै आएको छ । झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमका बीच नेम्वाङ र मञ्च झापाका अध्यक्ष हिमाल खरेलबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेम्वाङले आफ्ना भाइको स्मृतिमा मञ्चलाई अवार्ड सम्पन्न गर्न सहयोग…

Read More