
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २४ मंसिर । यहाँस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भोलि हुने निर्वाचनमा प्रगतिशील प्यानलबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईले संस्थाभित्र ब्यापक आर्थिक अनियमितता भइरहेको पाइएकाले यसको अन्त्यका लागि नयाँ टिमले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन् । संस्थामा सहमतीय वातावरण बनाउन र राजनीतिक संस्कार बसाउन सकिन्छ कि भनेर अघिल्लो पटक आफूले उम्मेदवारी दिएर पनि फिर्ता लिई हालका अध्यक्षलाई सर्वसम्मत बनाएको स्मरण गराउँदै प्रसाईले भनेका छन्, ‘सधैंभरि एउटै व्यक्ति र समूहले निरन्तर खानेपानी संस्थामा अड्डा जमाएर आर्थिक अपारदर्शिता अपनाएका छन्, यसको अन्त्यका लागि नयाँ टिमले जित्न जरुरी छ ।’ उनले एक कार्यकाल आफू नेतृत्वको प्यानललाई जिताए त्यस्ता अपारदर्शी कार्य…
काठमाडौं, २४ मंसिर । काठमाडौंको बौद्धमा प्रेममा धोका दिएको भन्दै प्रेमिकाले प्रेमीको लिङ्ग नै काटीदिएकी छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय प्रेमीको लि ङ्ग काटेकी हुन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् । लिङ्ग काटिएपछि घाइते भएका सुनुवार थरका ती युवकको अहिले चवाहेलस्थित ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच पछिल्लो समय घर परिवारले इन्कार गरेको भन्दै युवकले सम्बन्ध अघि नबढाउने निणर्य गरेका थिए । ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो…
काठमाडौँ, २४ मङ्सिर । शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गर्नुभयो । उक्त प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा करिव १३०.५ प्रतिशत वृद्धि भएको उललेख छ । नेपालको मानव विकास सुचकाङ्क मूल्य र श्रेणी मानव विकास सुचकाङ्क मूल्य सन् २०१८ का लागि ०.५७९ छ । यसले देशलाई मध्यम मानव…
काठमाडौँ, २४ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले समानता बढाउन आम्दानीमा पनि वृद्धि हुनुपर्ने बताउनुभएको छ । मानव विकास प्रतिवेदनले समाजका फरकफरक आयामलाई समेटने भन्दै उहाँले समानता समृद्धिसँगै आउने भएकाले त्यसका लागि स्रोतको समान वितरणदेखि नीतिगतरुपमा सुधार एवम् सहकार्यसमेत जरुरी रहेको बताउनुभयो । नेपालमा हरेक वर्ष जसो गरिबी एक प्रतिशतका दरले घट्दै आएको भन्दै विकासित देशले अन्य देशको गरिबी तथा असमानता घटाउनका लागि के कस्तो प्रयास गरेका छन् भन्ने विषय पनि महत्वपूर्ण रहेको बताउनुभयो । समतामूलक समाज निर्माणका लागि सबै वर्ग तथा क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण सहयोग रहनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । नेपालमा पनि सबै ज्येष्ठ नागरिकलाई समानरुपमा भत्ता वितरण…
दमक, २४ मंसिर । झापाको दमक नगरपालिका–१ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ वर्षीय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २४ मंसिर । झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको कोटीहोममा ट्रक र कारसँग मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ट्रकको पछाडी आफैँ ठोकिएर उछिटिँदा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किशन शाह गम्भीर घाइते भएका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ज्ञानुराम प्रसाईंअध्यक्षका उम्मेदवारबिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था खानेपानी संस्थाको निर्वाचनमा तपाईको उम्मेदवारी किन ? तीब्र शहरीकरण एवम् आधुनिकताले बिर्तामोडका घर भवनहरु अझ अग्ला अग्ला बनाइँदैछन् । तर बिर्तामोड खानेपानीको पानी वितरण प्रणाली कमजोर छ । तीन तलामा पनि राम्ररी पानी चढ्दैन । पानीका उपभोक्ताहरुलाई २४सै घण्टा स्वच्छ पिउने पानीको आवश्यकता हुन्छ । बिहान बेलुका बाहेक उपभोक्ताले दिउँसो पानी उपभोग गर्न गाग्रा, बाल्टी वा ट्याङ्कीमा संग्रह नै गर्नुपर्ने अवस्था छ । यसरी अब उपभोक्ताले दुःख पाउनु हुँदैन । पानीको महशुल तिरेपछि आवश्यकता अनुसार उपभोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसैका लागि मैले प्रगतिशील प्यानलको नेतृत्व गरेर…
काठमाडौं, २३ मंसिर । विश्वभाषा क्याम्पसमा अध्ययनरत एक अमेरिकी नागरिक जबर्जस्ति करनीको आरोपमा प क्राउ परेका छन् । तीन नेपाली बालिका जबर्जस्ति करनीको आरोपमा अमेरिकी नागरिक ४० वर्षीय ज्यासोन लोएड मुडी पक्राउ परेका हुन् । उनले पैसाको लोभ देखाउँदै नेपाली बालिका जबर्जस्ति करनी गरेको खुलेको छ । मुडीलाई केन्द्रीय अ नुसन्धान ब्युरोले आइतबार त्रिभुवन विमानस्थलस्थित मेमोरियल गेस्ट हाउसको १०४ नम्बर कोठाबाट तीन बालिकासहित नियन्त्रणमा लिएको हो । पक्राउ पारेका मुडी आपत्तिजनक अवस्थामा भेटिएको थियो । ५६७४७२५३५ राहदानी बाहक उनलाई जबरजस्ती करणी तथा जबरजस्ती उद्योग गरेको कसुरमा अनुसन्धान थालिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका छन् । मुडी अमेरिकाको इलिनोइज…
पोखरा, २३ मंसिर । यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी ९महिला ५९ केजी० र विकास थापाले ९पुरुष ८९ केजी० तौल समूहमा स्वर्ण जितेका थिए । त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन÷तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा…
भद्रपुर, २३ मंसिर । बस्तीमा पसेर हात्तीले धनजनको ठूलो क्षति पु¥याउने गरेकाले यसको नियन्त्रणका लागि यहाँका बासिन्दाले तालीम प्राप्त र दक्षजनशक्ति परिचालन गर्न सरकारसंग माग गरेका छन् । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी जङ्गली हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकामा हात्तीको उपद्रो रोक्न आज सरोकारावाला निकायसँग आज यहाँ आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले हात्तीको आतङ्कबाट जोगिनका लागि हात्ती आएको सूचना स्थानीय बासिन्दालाई दिने प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नगरका १५ वटा वडामध्ये ८ र १० बाहेक १३ वटा वडामा जङ्गली हात्तीले दैनिकजसो उपद्रो गर्दै आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि, डिभिजन वन कार्यालय झापासहितको टोलीसँग अन्तक्र्रिया गरी यसको दीर्घकालीन समाधानका…