
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ मंसिर । देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ । यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
बिर्तामोड, २९ मंसीर । नेपाल यातायात मजदुर संघ चैतुवारी इकाई समितिको नयाँ नेतृत्व चयन भएको छ । विर्तामोड नगरपालिकास्थित चैतुवारी इकाई समितिको शनिवार सम्पन्न चौथो अधिबेशनले पुनः मदन राजवंशीको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मोहन राजवंशी ,महिला उपाध्यक्षमा सोहना राजवंशी, सचिवमा पासाङ तामाङ्ग,सहसचिवमा नेत्र राजवंशी र कोषाध्यक्ष दिनेश राजवंशी चयन भएका छन् । यस्तै सदस्यहरुमा मनोज राजवंशी,नगेन्द्र सहनी,रुपलाल हाँस्दा ,शुरेस राई र दलबहादुर गुरुङ चुनिएका छन् । नेपाल टे«ड युनियन महासंघ झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यता भएको अधिबेशनमा यातायात मजदुर संघ झापाका जिल्ला अध्यक्ष गान्धी प्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो…
चन्द्रगढी, २९ मंसिर । चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो साधारण सभाले ज्ञानबहादुर चौहानको अध्यक्षतामा १३ सदस्यीय नया समिति गठन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा बाबुराम कार्की, सचिव डम्बरबहादुर वन, सहसचिव तुलसी घिमिरे र कोषाध्यक्षमा मिरा सञ्जेललाई सर्व सम्मत चयन गरिएको हो । दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुर्गाप्रसाद भट्टराई, विनोद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर, २९ मंसिर । नेपाल रेडक्रस झापा शाखाको प्रथम वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । शाखा सभापति लोकराज ढकालको सभापतित्व तथा प्रदेश संसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्म्मान सहित सभा सम्पन्न गरिएको हो । कार्यक्रममा मन्त्री चन्द्र चुँडालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी मानवीय सेवाका विविध गतिविधि प्रष्ट्याएका थिए भने कोषाध्यक्ष हेम खड्का ले एक करोड ९४ लाख ५ हजार १ सय ५० रूपैया बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेका थिए । संशोधित विधान अनुसार रेडक्रस झापाले पहिलो सभा गरेको जानकारी दिँदैं सभापति ढकालले रेडक्रस कानुनका लागि सरकारसित २ वटा मस्यौदा प्रस्तुत गरिएको जानकारी दिए…
धनुषा, २८ मंसिर । धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको ब म वि स्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही वि स्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । वि स्फोटमा परी राजेशका कान्छा…
रोहित काफ्लेभद्रपुर, २८ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । शुक्रबार झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा मानविकी संकाय र महिला छात्रावास भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उद्घाटन तथा शिलान्यासपछि आयोजित समारोहमा मन्त्री खतिवडाले सरकारले लक्ष्य लिएको समृद्ध नेपाल निर्माणका लागि दक्ष जनशक्तिको खाँचो हुने भन्दै व्यावसायिक तथा प्राविधिक शिक्षामा सरोकारवाला सबैले जोड दिनुपर्ने बताए । अब विश्व बजारसँग प्रतिस्पर्धा गर्न साधारण शिक्षाबाट नभई व्यावासयिक तथा प्राविधिक शिक्षाबाट मात्र सम्भव भएकोले विद्यालयस्तरदेखि नै त्यसप्रकारको शिक्षालाई प्राथमिकता दिइनुपर्ने धारणा राख्दै मन्त्री खतिवडाले वैज्ञानिक शिक्षालाई पनि…
रूपेन्द्र शेर्माउर्लाबारी, २८ मंसिर ।‘मैले जिन्दगीमा धेरै धेरै दुःख पाएँदुःख सुख गर्दैै यहाँ सम्म आएँ’ एउटा सडक बालक, जो अहिले कसैको सहारामा विद्यालय पढ्छन् । उनको नाम हो–विक्रम लावती । भर्खर १० वर्ष पुगेका विक्रम आफ्ना अभिभावकबाट सहाराविहीन भएपछि विरक्तिएर घर छाडेर भौतारिन थाले । कहिले झापाको दमक त कहिले मोरङको उर्लाबारीमा चिसो मौसममा रात विताउन थाले । उनको विजोग देखेर उर्लाबारी–७ स्थित बेथेल एजुकेशनल एकाडेमीका संस्थापक प्रिन्सीपल दिपक न्यौपानेको मन पग्लियो । तीनै न्यौपानेको सहारामा ती बालक अहिले कक्षा–१ मा पढ्छन् । विद्यालयले शुक्रबार आयोजना गरेको चौंथो वार्षिक खेलकुद कार्यक्रममा विक्रमले आफ्नो गीतको शब्दहरु यसरी पोखे–‘कहाँ पुग्यो थाहा छैन…
झापा, २८ मंसिर । अन्नपूर्ण पोस्ट दैनिकले कांग्रेस महाधिवेशनलाई लिएर गुटगत विवादमा चर्किको समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारका अनुसार संस्थागत र असन्तुष्ट समूह रणनीति बनाउन शुक्रबार गटगत भेलामा व्यस्त थिए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए । सभापति देउवा निवास बूढानिलकण्डमा शुक्रबार उनीनिकट नेताहरुको बैठक गरे । वरिष्ट नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बस्यो । यसरी दुवै नेताले आ–आफ्ना गुटको बैठक बसेर निर्णयसमेत गरेको समाचारमा उल्लेख छ । यही विषयलाई कान्तिपुरले पनि ‘किन बल्झिरहन्छ विवाद रु’ शीर्षकमा समाचार लेख्दै कांग्रेसमा अहिले देखिएको…
झापा, २८ मंसिर । इमानको कमाइ नगर्ने तर घुसको भारी बोकेर अदालत जाने प्रवृत्ति सरकारी कर्मचारीको लर्को लाग्दै गएको र त्यसमा पनि नायब सुब्बा स्तरका कर्मचारीको सहभागिता बढी पाइएको छ । सरकारले तोकेको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २०० हुन्छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर धेरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्र हुन सक्छ । तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् । काठमाडौँलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो । भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् । भ्रष्टाचार र…
सन्तोष शर्माझापा, २८ मंसिर । कक्षा कोठामा स्मार्ट बोर्ड, प्रोजेक्टर, वातानुकूलित उपकरण (एसी), ल्यापटप, भूइँमा म्याट र एकातिर खेल सामग्री । विद्यार्थी स्मार्ट बोर्ड लेखिएको कुरा लय मिलाएर पढिरहेको । यो दृष्य देख्ने बित्तिकै कुनै ठूलो निजी विद्यालयको हो जस्तो लाग्न सक्छ । तर, यो दृश्य झापाको हल्दिबारीस्थित एक सामुदायिक विद्यालयको हो । झापाको हल्दिबारी–४ स्थित दिपेन्द्र प्राथमिक विद्यालयको बाल कक्षाका बालबालिका स्मार्ट कक्षामा पढ्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा यो विद्यालयमा स्मार्ट कक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिनुभयो । बालबालिकालाई दिवा खाजाका लागि वडा नं. ४ को वडा कार्यालयले खाजा खर्च समेत व्यवस्था गरेको छ । हल्दिबारीको…