झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ मंसिर । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र सङ्घीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी…

Read More

झापा, २५ मंसिर । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो । पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन् । सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन् । नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ । उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ । सो जमिनमा तीनवटा भट्टी पसल छन् । एउटा पसलले मासिक…

Read More

झापा, २५ मंसिर । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे…

Read More

झापा, २५ मंसिर । सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरुलाई प्रयोग गर्ने प्रवित्ति बढ्दै गएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन् । उनी महासंघको आसन्न साधारणसभामा जिल्लानगर उपाध्यक्षका दावेदारसमेत हुन् । यसअघि पनि जिल्लानगरमा उम्मेदवार रहेर पराजीत भएका थिए । सहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रुपमा लिने गरिन्छ । नेफ्स्कुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष…

Read More

नेपाली चलचित्र क्षेत्रकी ट्यालेन्ट अभिनेत्री ऋचा शर्माको विवाहको तस्विर सार्वजनिक भएको छ । सार्वजनिक विवाहको फोटोमा सिउँदोभरी सिन्दुर लगाएर उनि निकै खुलेकी छिन् । लामो समयको प्रेमपछि लबीम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । उनले सामाजिक सञ्जालमा राखेका यी तस्वीरमा निकै राम्रो देखिएको भन्दै फ्यान, फलोअर्स र शुभचिन्तक तथा आफन्तले कमेन्ट गरेका छन् । दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए । केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ्नो विवाह हुन लागेको जानकारी दिएकी थिइन् । उनी जारी नेपालको मौलिक पहिलो ‘कमेडी च्याम्पियन’ शो की निर्णायक पनि हुन् ।

Read More

झापा, २५ मंसिर । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कुटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २५ मंसिर । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २५ मंसिर । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २५ मंसिर । वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २४ मंसिर । पुरुष फुटबलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १र१ गोलको योगदान गरे ।खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

Read More