
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड नगरपालिकाको प्रेस विज्ञप्ति
सरोज भट्टराईझापा, १५ साउन । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक झापा महिला गोल्ड कप अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवद्र्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो । नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारीप्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा…
झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । बिर्तामोड ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५० रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं, १५ साउन । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा(१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । उनीसहितको…
झापा, १५ साउन । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेको थियो ।
वासिङ्टन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएको छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेको छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू (जसमा केही ५० प्रतिशतसम्म हुनेछन्) पनि लागु हुनेछन् । छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमा ‘बलियो छ र विस्तार गरिने छैन’ भन्नुभएको छ । उहाँले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गर्नुभएको थियो र १० प्रतिशत अन्तरिम आधारभूत…
दाङ, १५ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । तुलसीपुरबाट बिजौरीतर्फ गुडिरहेको रा १ त ३४७८ नम्बरको खाली ट्र्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो । प्रहरीले ट्र्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको छ ।
काठमाण्डौ, १५ साउन । इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेको छ । आज हुने तय भएको पहिलो सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो । पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको शीर्ष स्थानमा थियो । इन्डियन्स च्याम्पियन्स भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा छ । इन्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो । आउँदो शनिवार पर्सि उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेता टिमसँग खेल्ने तालिका छ । दोस्रो सेमिफाइनलमा आजै दक्षिण अफ्रिका च्याम्पियन्स र अस्ट्रेलिया च्याम्पियन्स खेल्दैछन् ।
झापा, १५ साउन । झापाको भद्रपुर नगरपालिका ३ स्थितबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन्। साउन १४ गते प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे. ६ प २५८२ नम्बरको मोटरसाईकल चालक हल्दिवारी २ का २३ बर्षीय राजिब कुमार राजवंशीलाई ब्राउन सुगर १ ग्राम ४४ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।
झापा, १५ साउन । केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । करिब एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ । ससुरा सन्तलाल सासु पदुमा गिरीसहित श्रीमान कुमार गिरीको मृत्युपछि हाल मेचीनगर–१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित हुन् ।