झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माझापा, ७ जेठ । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरबासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरु मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरबासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधासम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो । “अस्पतालबाट चौबिस घण्टे सेवा सञ्चालनको तयारीमा छौं”,…

Read More

मेष: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। शैक्षिक क्षेत्रलगायतका प्रतिस्पर्धामा अगाडि भइनेछ। वृष: धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ। मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। कर्कट: झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटाव हुन सक्छ। मन कमजोर रहला। आर्थिक समस्याले सताउन…

Read More

झापा, ७ जेठ । नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरेको हो। यो टोलीका १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई छुटाइएको छ। एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

Read More

बिर्तामोड, ७ जेठ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीलाई यस वर्षको पोशाक वितरण सुरु गरेको छ । वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले २ जना छात्र र २ जना छात्रालाई पोशाक लगाइ दिएर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ देखि हरेक वर्ष पोशाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गरिने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो । अभिभावकलाई थोरै भए पनि…

Read More

कनकाई, ६ जेठ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। जेष्ठ नागरिक संघ कनकाई नगर समितिको आयोजना र कनकाई नगरपालिका–४ को सह आयोजक तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १८० जना महिला र १३५ पुरुष गरी ३१५ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरूमध्ये १६ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले मेची आँखा अस्पताल पठाइएको कार्यपालिका सदस्यीय लक्ष्मी कटुवालले जानकारी दिनुभयो । आँखा शिविर उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जेष्ठ नागरिक संघ कनकाईले जेष्ठ मातापिताका लागि स्वास्थ्य शिविर,…

Read More

झापा, ६ जेठ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । यस्तो छ विवरणजेठ ५ गते बेलुका ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउँपालिका वडा नं. १ स्थितमा नम्बर प्लेट नखुलेको ट्याक्टर शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छलि लुकाई छिपाई लाँदै गरेको अवस्थामा काँक्राको बिउ ५० बोरा (प्रति बोरा ५० के.जी) मूल्य करिब रू २,५०,०००।– बराबरको फेला परेकोले ट्याक्टर सहित बरामद गरी उक्त ट्याक्टरको करिब ५,००,०००।– मूल्यांकन गरी जम्मा ७,५०,०००।– बराबरको ट्याक्टर तथा अवैध सामानलाई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

Read More

झापा, ६ गते । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई हाल कनकाई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड-७ का २७ वर्षीय जागिर आलम रहेका छन । झापा जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल चोरी भएको भन्ने निवेदन प्रहरी कार्यालयमा प्राप्तहुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई चोरीका ४ वटा मोटरसाईकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनिहरुले बिर्तामोड एरियाका बिभिन्न स्थानहरुबाट मे. ८…

Read More

भद्रपुर, ६ जेठ । झापाको भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ६ जेठ । झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

Read More

झापा, ६ जेठ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै राजजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट…

Read More