झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ११ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् । पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो । यो खेलमा भारतको टोलीमा कप्तान रोहित शर्मासँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, हर्षित राना, मोहम्मद शमी र कुलदीप यादव छन् । यस्तै पाकिस्तानको टोलीमा कप्तान मोहम्मद रिजवानसँगै इमा–उल–कल, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यब ताहिर, खुश्दिल शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र…

Read More

मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन । यस गीतमा डि।पि। खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ। अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको हो ।…

Read More

शेरबहादुर परियारपोल्यान्ड, ११ फागुन ।अमेरिकापछि पोल्यान्ड सरकारले अवैधरूपमा बसेका आप्रवासीविरुद्ध धरपकड तीव्र पारेको छ। पोल्यान्डको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान ब्यूरोको समन्वयमा सीमापार आवतजावत नियन्त्रण गर्ने निकाय ९बोर्डर गार्ड० का १ हजार र प्रहरीका २६ हजारको फौज परिचालन गरिएको छ। जसमा प्रहरीले ३२ हजार १३६ स्थानमा सर्च अभियान गरेको थियो। सर्च अभियानमा २०४ जना आप्रवासी पक्राउ परेकामध्ये १६६ जना डिपोर्ट ९देश निकाला० गरिएको पोलिस प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। राष्ट्रियस्तरको यो अभियान पुलिस तथा अदालतबाट जारी गरिएका गिरफ्तारीपत्र, हिरासत केन्द्र वा जेलमा ल्याउने वारेन्टको आधारमा वान्टेड व्यक्तिहरूलाई पत्ता लगाउने र पक्राउ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको प्रहरी प्रधान…

Read More

काठमाडौँ, ११ फागुन । पूर्वफुटबलर तथा प्रशिक्षक हरि ओम श्रेष्ठको निधन भएको छ। ५६ वर्षका श्रेष्ठको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। केहीदिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको मुख्य प्रशिक्षक रहेर श्रेष्ठ धरान पुगेका थिए। सुरुवाती उपचार धरानमा गरेर उनलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँको गंगालाल हृदय रोग केन्द्रमा उपचारपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो। तर शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा नै उनको निधन भएको एन्फाले बताएको छ। उनको आजै अन्तिम संस्कार गरिनेछ।

Read More

फुङ्लिङ, ११ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गरिएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० ९क० बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज…

Read More

झापा, ११ फागुन । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो । बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

झापा, ११ फागुन । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित भएका छन् । २१ फेव्रुअरी २०२५ तारिख अर्थात गत शुक्रबार ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्षमा किरण परियार, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सह–कोषाध्यक्षमा युबराज बराल सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल…

Read More

चन्द्र बस्नेतकनकाई, ११ फागुन । झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । कनकाई नगरपालिकाले गएका वर्षमा जस्तै यस वर्ष पनि २ दिवसीय बन्ध्याकरण शिविर सम्पन्न गरेको हो । शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याएको र बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र उपचार गरेर छोडिएको पशुपंछी तथा मत्स्य विकास शाखाका भेट्नेरी अधिकृत कुल बहादुर गुरुङले जानकारी दिनुभयो । नेपाल एग्रिभस्ट्क ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टर ईटहरी सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा योपटक ८० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको भेट्नेरी अधिकृत गुरुङले जानकारी दिनुभयो । नगर भेटनेरी अधिकृत…

Read More

झापा, ११ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया…

Read More

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । पढाइ कै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना छ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ । व्यापार,उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी बढाउन सकिनेछ । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग स–सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा…

Read More