
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ पुस । झापाको बुद्वशान्ति गाँउपालिकाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति–३ धिमाल टोलस्थित लागु औषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६० को श्याम धिमालको घर खानतलासी लिदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी बरामद गरेको छ । गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७०, तराजु १ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाइटर १० पिस, सुतली डोरी करिब १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउ जस्तो कटर चक्कु ३ थान, कैची १ थान,…
झापा, ७ पुस । स्वच्छ समाजका लागि सामाजिक अभियानलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । समाजले अर्जुनधारा–११ मा आश्रम निमार्ण गर्ने उद्देश्यले खरिद गरेको जग्गाका लागि सहयोग रकम जुट्दै गएको हो । अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि सडका फ्यांकिएका टुटेफुटेका सिसा, प्लास्टिक आदि संकलन गरि बिक्री गरि आएको रकम तथा दाताहरुबाट संकलित रकमले अर्जुनधारा–११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेको छ । जग्गा खरिद गरेपनि अहिले पनि उक्त जग्गाको केही रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन् । यसै क्रममा सामाजिक उत्तरदायित्व वहन…
भद्रपुर, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिने बन्द प्रशिक्षण शिविर सम्पन्न गरेको छ । नेकपा एमाले झापा क्षेत्र नम्बर ३(१) निर्वाचन क्षेत्र स्तरीय बन्द प्रशिक्षण शनिवार भद्रपुर वडा नम्बर १ सोमबारेमा सम्पन्न भएको हो । सो क्षेत्रीय समन्वय कमिटीका संयोजक तथा जिल्ला कमिटी सदस्य कालीचरण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमना ओलीले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको अनुगमन तथा लेनिनवादी संगठनात्मक सिद्धान्तका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी, केन्द्रीय सदस्य तथा भद्रपुर नगर इञ्चार्ज सुनिता बरालले पार्टी कार्यकर्ता र…
झापा, ७ पुस । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको समेत उपस्थितिमा बिर्तामोडस्थित अतिथि सदनमा आयोजित सक्षिप्त कार्यक्रममा सो रकम प्रदान प्रदान गरेका थिए । सो अवसरमा संघको कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्र सहित सम्मान गरिएको छ ।
बाजुरा, ६ पुस । बाजुरामा आज बिहान गएको भूकम्पबाट १५ घरमा बस्नै नहुने गरी पूर्णरुपमा क्षति भएको छ । भूकम्पबाट एक सयभन्दा बढी घरमा क्षति भएको र त्यस मध्ये १५ घरमा बस्नै नहुनेगरी पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार भूकम्पले कुनै मानवीय क्षति नभएको र पीडितको उद्धार र राहतका लागि प्रयास शुरु गरिसकिएको पनि प्रमुख जिल्ला अधिकारी पाध्यायले बताउनुभयो । बाजुराको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान ५ दशमलव २ रेक्टरको भूकम्प गएको थियो ।
चन्द्र बस्नेतकनकाई, ६ पुस । झापाको कन्काई नगरपालिका वडा नं। १ ले वडाका टोललाई समायोजन गर्ने भएको छ। वडामा टोल धेरै ठुलो भएर बजेट बाडफाड देखि विभिन्न सौलियत, अनुदान, सहयोग लगायत अनेकौं कार्यमा समस्याका कारण टोल घटाएर समायोजन गर्न लागिएको वडा कार्यलयले जनाएको छ । यसै सिलसिलामा शुक्रबार वडाले छ्लफल तथा अत्तरक्रिया कार्यक्रम गरेको छ। वडा अध्यक्ष शुसिलकुमार पोखरेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वडा सदस्य , वडा सचीव सहित अहिले वडामा रहेका १६ वटा टोलका संयोजक , तथा सचीव , वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , जेष्ठनागरिक वडाका अध्यक्ष लगायतको उपस्थितिमा छ्लफल गरिएको थियोे । साविक सुरुङ्गा वडा न…
मेष : शुभ र नयाँ कार्यको योजना बन्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। वृष : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। मिथुन : रोकिएका काम पूरा हुनेछन्। अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला। परिवारमा झै-झमेलाको अवस्था आउला। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः सजग रहन जरूरी छ। मन्दिरको दर्शन हुनेछ। कर्कट : नयाँ र मङ्गल कार्यको योजना बन्नेछ। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर…
झापा, ६ पुस । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने…
झापा, ६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। विगत तीनदिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेका अमेरिकी डलरको मूल्य पनि आज थोरै घटेको छ। हिजो घटेको अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य आज थप घटेको हो। विगत चार दिनदेखि अस्ट्रेलियन डलरको मूल्य लगातार गिरावट आइरहेको छ। आज पाउन्ड स्ट्रर्लिङको मूल्यमा पनि उच्च गिरावट आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय…
झापा, ६ पुस । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न…