झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० जेठ । भारतीय राज्य गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँबाट अहिलेसम्म २७० वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये एयर इन्डियाको विमानमा सवार चालक दलका १२ सदस्य र २२९ यात्रु हुन् भने बाँकी मृतक विमानबाहिरका हुन्। विमान बाहिरका मृतकमध्ये ५ जना विमान दुर्घटना भएको बीजे मेडिकल कलेज होस्टेलका हुन्। विमान खस्दा होस्टेलमा ५० भन्दा बढी मानिस रहेको बताइएको छ। मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक(एक जना छन्। मृतकमध्ये अहिलेसम्म ७ जनाको शव डीएनए परीक्षणपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको छ। गुजराजका पूर्वमुख्यमन्त्री रुपानीको शव पनि अहिलेसम्म पहिचान हुन सकेको छैन। मृतकको पहिचान गर्न उनीहरूका आफन्तहरूको…

Read More

झापा, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ ३१ गते शनिबार मोरङ र झापाका विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम तालिका रहेको छ । यस्तो छ कार्यक्रम तालिका १. बिहान ९ बजे बिराटनगर अवतरण२. बिहान १०:११ बजे कार्यक्रम, उर्लाबारी पार्टी प्यालेस ।३. बिहान ११-११:३० बजे खाना – उर्लाबारी४. दिउँसो १२ बजे दमक कृष्ण मन्दिर दाहाल प्रतिष्ठान५. दिउँसो १२: ३० जिबि अस्पतालको अवलोकन६. दिउँसो १२:४५ बजे संयुक्त मोर्चाको कार्यक्रम कमल गाउँपालिका-५ स्थित रिभर पार्टी प्यालेस७. दिउँसो ३:३० बजे खाजा दमक-२ रुद्र कार्कीको घर८. बेलुका ४ बजे भद्रपुर बिमानस्थल प्रस्थान र ५:१० मा काठमाडौं अवतरण ।

Read More

झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित धुलाबारी बस स्ट्याण्डबाट १३ वटा आइफोनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेको अवस्थामा भारत बंगालका ६५ वर्षीय नुर आलमलाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको हो । करिब पाँच लाख ४० हजार बराबरको मोबाइल फोन सहित आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी हुन् बरामद आइफोनहरु १. Iphone 13 Pro Max – थान १२. Iphone 12 Pro – थान २३. Iphone 12 – थान ३४. Iphone 11 –…

Read More

झापा, ३० जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–५ मा प्रजित पुरीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच पुरीको संयोजकत्वमा २९ सदस्य उपसमिति गठन गरेको हो । समितिको सहसंयोजकमा केवलराज गड्तौला, सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा सरिता नेपाल रहेका छन् । समितिको सदस्यहरूमा चिरञ्जीवी अधिकारी, राजेश जोधानी, कुशल अग्रवाल, बिदुर खनाल, दिक्षेन शेर्र्पा, आयुष बजगाई, आशिष शर्मा ,रबिन ढकाल, बिदुर खनाल, देवेन्द्र केसी, विपिन मैनाली, राजकुमार राई, मनिष न्यौपाने, बिरन थापा, बिनीता बजगाई, रजनी बजगाई, राजु ढकाल, प्रह्लाद थापा, डम्बर बिमली, सुनिरा गिरी, कुमार श्रेष्ठ, डम्बर सुब्बा, दीपक अधिकारी,…

Read More

बैङ्कक, ३० जेठ । थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ । लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो । थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै अन्डमान सागरमाथि यू–टर्न…

Read More

बिर्तामोड, ३० जेठ । बिर्तामोड नगरपालिकाले सिकाइ उपलब्धि सुधार अभियान– २०८१ को प्रगति समीक्षा तथा शैक्षिक सत्र–२०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन्। कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यले मात्र उपलब्धि हासिल हुने बताउनुभयो। उहाँले कक्षा ८ को नतिजा अनुसार गणित, विज्ञान र सामाजिक विषयमा गुणस्तर कमजोर देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताउनु भयो। यद्यपि, माथिल्लो कक्षा पढ्न पाउने विद्यार्थीको सङ्ख्यामा सुधार आएको र गत वर्ष ९६ प्रतिशत रहेकोमा यस वर्ष…

Read More

बिर्तामोड, ३० जेठ । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईंले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्नुभयो । भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईंले बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै राजदुत सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैच्छिक सामाग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केही दिनअघि झापा आउनुभएको थियो । राजदुत सोङ्गले यसअघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन,…

Read More

झापा, ३० जेठ । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत ९सहप्रवक्ता० रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यससँग सम्बन्धित विषयमा…

Read More

झापा, ३० जेठ । धनकुटा र सुनसरीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २९ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका–१० सिन्धुलीका ३३ वर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएसँगै ओसार–पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका–२ का ३३ वर्षीय सुमन माझी समेतलाई नियन्त्रणमा लिएको हो । यसैगरी, अस्थायी प्रहरी चौकी रेल्वेले धरान–१६ बाट सोही स्थानका ३४ वर्षीय रोहित विष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ भने इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी…

Read More

सुनसरी, ३० जेठ । सनसरीको इनरुवा नगरपालिका–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जेठ २९ गते दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिंकको तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उपमहानगरपालिका–१४ का २६ वर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्यारउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

Read More