झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित सडक आइतबार बेलुका मृत अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ । बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै रहेको कच्ची सडक किनारामा भेटिएको शव भारत आसाम सिरोङका ४३ वर्षीय दिपेन मादुवा रहेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतकको नेपालमा कोही आफन्त नरहेको र आसाममा रहेका आफन्तलाई जानकारी भइसकेको उहाँले बताउनुभयो । हिजो बेलुका सडक किनारमा मानिस मृत अवस्थामा देखेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

Read More

झापा, २६ जेठ । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ। अमेरिकाले विमान चार्टर्ड गरेर ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेको हो । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले उनीहरूलाई कसरी त्यहाँ पुगे र कसले त्यहाँ अवैध रुपमा पुर्यायो भनेर सोधपुछ गर्नेछ। तर, उनीहरूले आफूलाई पठाउने दलालको बारेमा प्रहरीलाई कुनै जानकारी दिन अस्वीकार गरेका छन् ।

Read More

भद्रपुर, २६ जेठ । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धी विद्यार्थीहरुसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ । बालबालिकाका कुरालाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ठ अतिथि उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।” माटोबाट…

Read More

झापा, २६ जेठ । करेन्ट लागेर बर्दियामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँसगढी–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शाहको धानको बिउमा पानी लगाउने क्रममा र बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

झापा, २६ जेठ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको हो। रोनाल्डोले पोर्चुगलका लागि तेस्रो उपाधि उचालेका हुन्। करियरको १ सय ३८ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले आफ्नै नयाँ कीर्तिमान रचेका हुन्।

Read More

झापा, २६ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो ।

Read More

खोटाङ । यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिइ निर्माण गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर…

Read More

झापा, २६ जेठ । आज देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिन अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम…

Read More

झापा, २५ जेठ । आज आइतबार राति देशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ भने बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। यस क्रममा राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ।

Read More

झापा, २५ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिनुभएको छ। झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै मन्त्री खड्काले समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औँल्याउनुभयो। गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ। “ठेक्का प्रक्रिया होस् वा विपद्…

Read More