झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भोजपुर, ३ साउन । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट–दिप्सा–पाँचधारे सडक कालोपत्रे भएको महिना दिनमै भत्किएपछि स्थानीयवासी आक्रोशित भएका छन्। सडकको बीच भागमा घाँस उम्रिएको देखिएपछि निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठाइएको छ। टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार असार महिनामा कालोपत्रे गरिएको सडक एक किलोमिटर लामो हो, जसको निर्माण आर एन आर आर कम्पनीले सडक डिभिजन कार्यालय तुम्लिङटारको मातहतमा गरेको हो। उनले निर्माणमा अत्यन्तै लापरवाही भएको आरोप लगाउँदै कारबाहीको माग गरेका छन्। टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले पनि सडक थुप्रै स्थानमा भत्किएको र झारसमेत उम्रिएको बताउँदै निर्माण निकायलाई राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन्। स्थानीय शरण राईले नालीसमेत व्यवस्थित नगरिएको र योजना बोर्ड…

Read More

झापा, ३ साउन । झापा जिल्लामा आर्थिक वर्ष २०८१–८२ मा एक हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्, जसमा ९५ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत साउनदेखि असार मसान्तसम्म १ हजार २ सय ९६ सवारी दुर्घटना हुँदा करिब २ हजार जना घाइते भएका छन्। सवारी सुरक्षामा चासो बढाइए पनि, गम्भीर घाइतेको सङ्ख्या १ सय ३९ पुगेको छ भने १ हजार ९ सय ३४ जना सामान्य घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण मापसे, लापरबाही र ट्राफिक नियम उल्लङ्घन भएको ट्राफिक प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार यो अवधिमा…

Read More

झापा, ३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा…

Read More

हल्दिबारी, २ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीमबहादुर विष्टको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय भुतेनी खोलामा घाँस काटेर फर्किने क्रममा खोलाको डिलमा चिप्लिएर उनी पानीमा डुबेका थिए । आज दिउँसो करिब १२:३० बजे घटना भएको हो । मृतकको छोराले साँझ १६:२० बजे भिम बहादुरको शव खोलाबाट निकालेर किनारमा राखी कन्चनश्री प्रहरी चौकीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ६:४० बजे शव पोष्टमार्टमको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, २ असार । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालले प्रहरीले झापाको बिर्तामोडमा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटनाको प्रशंसा गरेको छ ।  शुक्रबार विज्ञप्तिमार्फत वाइसीएल नेपाल बिर्तामोड नगर कमिटीले उक्त लागूऔषध बरामद गरेको कार्यको प्रशंसा गर्दै मुख्य कारोबारी नउम्काउन चेतावनी दिएको छ । वाइसीएलले मुख्य कारोबारी भानुभक्त खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदासिनताप्रति गम्भीर आशंका पैदा भएको जनाएको छ । वाइसीएल बिर्तामोड नगर कमिटीका अध्यक्ष सेवन दर्नालद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाइसीएलले यस घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै कामदार फसाएर मुख्य कारोबारी उम्काउन खोजेको हो कि भन्नेमा सशंकित रहेको जनाएको छ । ‘झापामा पछिल्लो समय लागूऔषधको कारोबार व्यापक रुपमा बढिरहेको अवस्थामा बिर्तामोड…

Read More

विराटनगर, २ साउन । सुनसरीको रामधुनी नगरपालिका-७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । साउन १ गते इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट गस्तीमा खटिएको प्रहरी टोलीले १० वटा प्लास्टिकको पोकामा प्याक गरी राखेको बेवारिसे अबस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद गरेको हो । बेवारिसे अवस्थामा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्ति खोज तलास भईरहेको छ ।

Read More

इलाम, २ साउन । इलामको माईजोगमाई गाउँपालिका-२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाईते बनाएको आरोपमा सुर्योदय नगरपालिका-१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते राती सुर्योदय नगरपालिका-१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका-२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्योदय नगरपालिका-१ का किरण शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । हत्या…

Read More

झापा, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट…

Read More

झापा, २ साउन । गायक, संगीतकार तथा एरेन्जर रोशन अधिकारीको नयाँ रोमान्टिक नेपाली म्युजिक भिडियो ‘शितल शितल हावा’ सार्वजनिक भएको छ। प्रेमिल भावनाले भरिएको यो गीतमा रोशन अधिकारी स्वयंले गीत लेखन, संगीत, एरेञ्जिङ, मिक्सिङ तथा मास्टरिङ समेत गर्नु भएको छ । गीतमा स्वर पनि रोशन अधिकारीकै छ। भिडियोमा भने नयाँ तथा प्रतिभाशाली कलाकारहरूको समावेश गरिएको छ। भिडियोमा मिङमा तामाङ र रेजिना बानको मुख्य अभिनय देख्न पाइन्छ। गीतको दृश्यलाई आकर्षक बनाउने क्रममा सन्तोष रिजाल र बिकल श्रेष्ठले प्रकाश संयोजन (लाइट) को जिम्मा लिएका छन् भने सञ्जय राजबंशी सहायक क्यामेराम्यानको रूपमा रहनु भएको छ । ड्रोन दृश्यहरू बिकाश राउतले खिच्नु भएको हो…

Read More

झापा, २ असार । झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारी निवासी ३५ वर्षीय दीपक पाण्डेको करेन्ट लागेर मृत्यु भएको छ । घटनाको समयमा पाण्डे बिर्तामोड नगरपालिका विद्युत कार्यालयको फिल्डको काममा खटिएका थिए । आज दिउँसो २:२० बजे बिर्तामोड नपा–२ पश्चिम स्टेण्डस्थित विद्युत ट्रान्समिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर पाण्डे गम्भीर घाइते भएका थिए । तत्कालै उनका सहकर्मीहरूले उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी गराइएपछि टोलीले स्थल मुचुल्का संकलन गर्दै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

Read More