
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ जेठ । उदयपुर र खोटाङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जेठ २९ गते उदयपुरको बेलका नगरपालिका-५ कि १७ वर्षीया दुर्गा कार्की आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने गरिरहेको अवस्थामा करेन्ट लागी घाईते भएकिमा तत्काल उपचारको लागी स्थानिय नगरअस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । त्यसैगरी खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ का ५३ वर्षीय रामेश्वर राईले आफ्नै घरमा बिधुतको तार निकाल्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।
ढोरपाटन, ३१ जेठ I शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते हुनुभएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका…
मोरङ, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आवश्यकता र राष्ट्र हितका निम्ति संसद् सुचारु गर्ने विषयमा पार्टी सहमत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले, सङ्घीय निजामती तथा शिक्षा सम्बन्धी ऐन लगायत विभिन्न ऐन कानुनलाई अन्तिम रुपम दिन पनि संसद् सुचारु आवश्यक भएको बताउनुभयो । लामो समय संसद् अवरुद्ध हुँदा मुलुकमा राजनीतिक अन्यौल सृजना हुने गरेकाले पनि मुलुकको आवश्यकता अनुसार संसद् सुचारु गर्न आफ्नो पार्टी सहमत भएको उहाँले प्रष्ट पार्नुभयो । एक प्रश्नमा देश र जनताको हितका निम्ति कहिले अघि बढ्नुपर्ने र कहिले पछि हट्नु पर्ने अवस्था आउने भएकाले…
झापा, ३१ जेठ । झापाको बिर्तामोडस्थित अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ पुरस्कृत हुनुभएको छ । जुन १२ तारिख (जेठ २९ गते) भारतको राजस्थानस्थित धर्मनगरी श्री खाटु श्याम धाममा आयोजित अन्तर्राष्ट्रीय अग्रवाल सम्मेलनको द्वितीय अग्र विभूति अलंकरण समारोहमा ‘अग्र श्री शिरोमणि पुरस्कार’बाट उहाँ सम्मानित हुनुभएको हो । विश्वभरका ३७ जनामध्ये अग्रश्री शिरोमणि पुरस्कारबाट समाज सेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई उक्त पुरस्कारसहित सम्मानित गरिएको हो । सामाजिक सेवाको क्षेत्रमा गरिमामय पुरस्कार हासिल गर्न आफूलाई योग्य बनाउनु सहयोग गर्ने सबैप्रति पुरस्कृत व्यक्तित्व भद्रपुरेले धन्यवाद ज्ञापन गर्नुभएको छ । पुरस्कृत भएर अग्रवाल समाज र मारवाडी समाजको गौरव बढाएको भन्दै अग्रसेन भवन…
ओखलढुङ्गा, ३१ जेठ । ओखलढुङ्गाकी ३२ वर्षीया हिरा तामाङ एकै पटक तीन वटा शिशुलाई जन्मदिएकी छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेका उत्तर तामाङकी श्रीमती हिराले शुक्रबार ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको हिराले तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरूलाई जन्म गराएका हुन् । पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ । ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था राम्रो…
धनकुटा, ३१ जेठ । धनकुटामा मासु खाँदा हड्डी अड्किर एक जनाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मोर्तीढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
झापा, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हुने सम्भावित वर्षा तथा हिमपातबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे संक्षिप्त बुलेटिन जारी गरेर मौसम बारे जानकारी दिएको हो । आज दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…
शिवसताक्षी, ३० जेठ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को संयोजन र सहजीकरणमा दुधेमा आजदेखि तीन दिवसीय महिलाहरुका लागि कानुनी परामर्श तालिम सुरु भएको छ । पछाडि पारिएका महिला तथा हिंसामा परेका महिलाहरुलाई लक्षित गर्दै कानुनी जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमका उद्घाटनका क्रममा बोल्दै नगर उपप्रमुख नरमाया कार्कीले तालिममा महिलाहरुलाई घरेलु हिंसा, सम्बन्ध विच्छेद, बोक्सीको आरोप, परिवार तथा सम्पत्ति सम्बन्धी कानुनी अड्चन, र महिला अधिकारका विषयमा अभिमुखिकरण गरिनेछ । तालिममा नगरका ११ वटै वडाबाट समस्या भोगिरहेका २÷२ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम असार १ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिनको…
झापा, ३० जेठ । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ । बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा मंगलबार सम्पन्न निर्वाचनबाट बिर्तामोड नगरपालिका – ५ का लिङ्देन क्षेत्रीय अध्यक्षमा निर्वाचित हुनु भएको नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहनु भएको साथी राजेन्द्र उप्रेतीले बताउनुभयो । लिङ्देनको पुर्खौली घर पाँचथर हो । लामो समय बिर्तामोड बस्नु भएको लिङ्देनले यहीँ अध्ययन गर्नु भएको…
बिर्तामोड, ३० जेठ । पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले दुईवटा ट्रक खरिद गरेको छ। ढुवानी सेवालाई थप प्रभावकारी बनाउन प्रालीले ट्रक खरिद गरेको हो। आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश चक्के ट्रकहरू खरिद गरिएको पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले जानकारी दिनुभयो । अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू रहेको उहाँले बताउनुभयो । एक संक्षिप्त कार्यक्रमका बीच खत्रीलाई कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले चाबी हस्तान्तरण गर्नुभएको हो।