
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ जेठ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार…
मुस्ताङ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बौद्ध परम्पराअनुसार उहाँले पार्टी शिलान्यास गर्नुभयो । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकस्थित लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा बुधबार राति परेको अविरल वर्षाका कारण ठूलो क्षति भएको छ । बन्दै गरेको पूर्व–पश्चिम राजमार्गको नालीबाट भलपानी पस्दा उक्त डिपार्टमेन्टमा रहेका विभिन्न सामान नष्ट भएका छन् । डिपार्टमेन्ट सञ्चालक रमेश आचार्यका अनुसार किराना सामान, कस्मेटिक सामग्री, गिफ्ट आईटम, इलेक्ट्रोनिक्स, डेकोरेशन सामग्री तथा कपडाहरू गरी करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनास्थलमा तत्कालै प्रहरी चौकी चारआलीबाट प्रहरी निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा टोली खटिएको थियो । टोलीले उद्धार कार्य सञ्चालन गरेको छ ।
झापा, २९ जेठ । मोरङको पथरी–शनिश्चरे–२ स्थित देविगञ्ज प्राचीन प्यागोडा शैलीको श्रीहरिहर मन्दिर निर्माण थालिएको छ । श्री स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानले करिब ३ करोड ५० लाखको लागतमा मन्दिर निर्माण शुरु गरेको हो । मन्दिर निर्माण कार्य अन्तरगत हालसम्म १६ वटा पिलर (स्तम्भ), बेस बिम र ३ फिटको पल्म (फ्लोर लेभल) निर्माण भइसकेको प्रतिष्ठानका संयोजक स्वामी निर्विशेषानन्दले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरको जस्तै परम्परागत नेपाली काष्ठकला झल्कने काठकै प्यागोडा शैलीमा दुई तले छानासहितको श्रीहरिहर मन्दिर निर्माण भइरहेको उहाँले बताउनुभयो । मन्दिरको चारैतर्फ प्रमुख कलात्मक काष्ठद्वारहरू राखिनेछ भने प्रत्येक टुँडाल, लकासी तथा अन्य संरचनामा भगवानका विभिन्न अवतार चित्रित हुने काष्ठकलाको प्रयोग…
झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ स्थित सब्जिीमण्डीमा कचनकवलका एक पुरुष मृत फेला परेका छन् । बुधबार दिउँसो मेचीनगर–१२ स्थित सब्जिमण्डीमा कचनकवल गाउँपालिका–६ का करिब ४०–४५ वर्षीय मोहन खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुरुमा मृतकको पहिचान नखुले पनि खड्का काकाको छोरा धनराज खड्काले घटनास्थलमा आएर सनाखत गरेका थिए । कानूनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । योसँगै झापामा मंगलबार र बुधबार गरी दुई दिनमा चार जना मृत फेला परेका छन् ।
झापा, २८ जेठ । झापा जिल्लामा बुधबार साँझ परेको चट्याङले दुई जना घाइते भएका छन् भने एक गाईको मृत्यु भएको छ। चट्याङ लाग्ने घटनाहरू शिवसताक्षी नगरपालिका–७ टेक्रा र बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा भएका हुन् । शिवसताक्षी नगरपालिका–७ टेक्रामा बुधबार साँझ परेको चट्याङ डम्बर कुमारी भुजेलको गोठमा लागेको थियो। उक्त चट्याङ लाग्दा गोठमा बाँधिएको गाईको घटनास्थलमै मृत्यु भएको छ । त्यसैबेला घरभित्र रहेकी ४४ वर्षीया डम्बर कुमारी भुजेल पनि चट्याङको असरमा परेकी हुन्। उनको मुखमा सामान्य जलन भएको र हाल बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। उनी स्थानीय मेडिकलमा उपचाररत छिन् । त्यसैगरी, बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा पनि बुधबार साँझ परेको चट्याङले ६०…
झापा, २९ जेठ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र…
झापा, २८ जेठ । नेपाल प्रहरीले दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज घटना विवरण सार्वजनिक गरेको हो…
हुम्ला, २८ जेठ । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताउनुभयो । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताउनुभयो । परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उहाँले बताउनुभयो । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरी चौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
झापा, २८ जेठ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।