
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाण्डौ, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर विभिन्न निकायहरूको सिफारिशमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै काठमाण्डौ महानगरपालिका–१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । सल्यानको लेख पोखरा–६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य…
झापा, ८ जेठ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चन्द्र पन्दाकताप्लेजुङ, ८ जेठ । बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो । सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार अवरुद्ध राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो । बिहान सबेरैदेखि सडक डिभिजनको एक्साभेटर, ब्याक हो लोडर ९जेसिभी० लगायतको उपकरण प्रयोग गरी हेवाखोलामा आएको बाढीले क्षति गरेको ह्युमपाइप मर्मत गरेपछि राजमार्ग खुलेको बरालले जानकारी दिनुभयो । इन्जिनियर बरालका अनुसार बाढीले क्षति गरेको ह्युमपाइप र सडक मर्मतपछि…
भद्रपुर, ८ जेठ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव…
झापा, ७ जेठ । झापाको बुद्धशान्तिमा हात्ती मृत फेला परेको छ। आज दिउँसो बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ पाँच पोखरी सामुदायिक वनमा भाले हात्ती मृत फेला परेका हो। बिगत लामो समय देखि बिरामि रहेको जंगलि भाले (दँतार) हात्ति मरेको भन्ने खवर अस्थाई प्रहरी चौकि मंगलबारेमा जनाकरी प्राप्त हुन साथ तत्काल अस्थाई प्रहरी चौकि मंगलबारेबाट प्रहरि टोलि खटि गई घट्ना स्थल सुरक्षित राखेको र डिभजन वन कार्यालय झापालाई खवर गरी वन कार्यालयको टोलि आई मुचुल्लका गर्ने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ जेठ । झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र २१ वर्षीया छोरी सिम्रन प्रसाई छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले राति २:३० बजे छापा मार्दा उनीहरूबाट ५ मोबाइल, २ ट्याब र १ ल्यापटप बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
अर्जुनधारा, ७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा झापाकै उत्कृष्ट भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको अनुगमन तथा निरीक्षणका क्रममा आधारभूत नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रममा शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट भएको हो । शनिश्चरे अस्पतालले ७० प्रतिशत एमएसएस स्कोर प्राप्त गर्न सफल भएको र झापामा सञ्चालित आधारभूत अस्पताल मध्ये उक्त अंक उत्कृष्ट भएको स्वास्थ्य कार्यालय झापाका जन स्वास्थ्य निरिक्षण विश्वनाथ श्रेष्ठले बताउनुभयो । झापाका पाँच पालिकाका आधारभूत अस्पतालको निरीक्षण भइरहेको उहाँले बताउनुभयो । जसमध्ये गौरीगञ्ज, कनकाई, बिर्तामोड र अर्जुनधाराको शनिश्चरे आधारभूत अस्पतालको अनुगमन गरिएको र…
झापा, ७ जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम…
झापा, ७ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन्तोष शर्माहल्दिबारी, ७ जेठ । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद् राजेन्द्र लिङ्देनले शिलालेख अनावरणसँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पुल यस क्षेत्रको विकासमा योगदान पुर्याउने बताउनुभयो । उहाँले जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताउनुभयो । “हल्दिबारीले यहाँको सर्वाङ्गिण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उहाँले भन्नुभयो । हल्दिबारीमा काठेपुल विस्थापित भएको छ । हालसम्म १५० वटा काठेपुल विस्थापित गरी पुल र…