
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २ जेठ । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ । बिर्तामोड नगरपालिकाको सभा हलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुनुहुन्छ । यस्तै, संगठनको उपाध्यक्षमा साजन राई, सचिवमा टिका अधिकारी, सहसचिवमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल सर्वसम्मत चयन हुनु भएको हो । प्रमुख अतिथि पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले व्यानर वाचन गरेर अधिवेशनको उद्घाटन गर्नु भएको…
हल्दिबारी, २ जेठ । झापाको हल्दिबारीमा हात्तीले उपद्रो मच्चाएको छ । गएराति हल्बिारी गाँउपालिका–३ गोरे चोकका ५६ वर्षीय खेमबहादुर बस्नेतको घरमा २ वटा जंगली हात्तीले टिमको छाना र इँटाको वाल भएको एक तले घरको पूर्व पट्टिको कोठा भत्काएर उक्त कोठामा राखिएको दुई बोरा मकै, एक बोरा नून खाएको छ । जसबाट २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २ जेठ । झापाका १५ वटा स्थानीय तहमा ८७ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । यीमध्ये सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार झापामा मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको देखाएको छ । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि कचनकवल गाउँपालिकामा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात् ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ…
बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ९ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सह आयोजनामा आगामी जेठ ३ र ४ गते दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १ देखि १० सम्मका वडाका टिमको सहभागिता रहने छ । आज वडा कार्यालयमा आयोजित पत्रकार भेटघाटमा वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले प्रतियोगिताबारे जानकारी दिनुभयो । वडास्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्नु, युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार…
सिएम शर्माकनकाई, ३० बैशाख । झापाको कनकाई नगरपालिकाले धादिङको थाक्रे गाउपालीकाका जनप्रतिनिधि र कर्मचारीलाई नगरमा स्वागत गर्दै विविध बिषयमा अन्तरक्रिया समेत गरेको छ । अन्तरपालिका अध्ययन अवलोकन भ्रमणको क्रममा मंगलबार ९आज० कनकाई नगरपालिकामा आईपुगेको वाग्मती प्रदेश धादिङको थाक्रे गाउपालिकाका जनप्रतिनिधि र कर्मचारी हरुको टोलीलाई कनकाईमा स्वागत गर्दै सोही अवसरमा अन्तरक्रिया समेत गरिएको हो । अन्तर क्रिया कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्द्रबहादुर थापा, थाक्रे गाउँपालिकाका प्रशासकिय अधिकृत बम बहादुर केसी, कनकाई नगरपालिकाका कार्यपालिका साथै न्यायिक समितिका सदस्य नवल कीसोर दत्तले दुबै पालिकाले गरेका असल अभ्यास, न्यायिक समितिबाट भएका कार्यसम्पादन, प्रशासनिक गतिविधि…
चन्द्र बस्नेतकनकाई, २५ बैशाख । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थानीय शासनयुक्त बालमैत्री तथा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो। बालकल्याण अधिकारी उमानाथ ढकालका अनुसार कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री नगर बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाउनुभयो। यसअघि कनकाईले नगर क्षेत्रमा…
चन्द्र बस्नेतकनकाई, १६ बैशाख । झापाको कनकाई नगरपालिकाले यति बेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ। नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । यसै अन्तर्गत आज मंगलबार कनकाई वडा १ मा निःशुल्क स्वास्थ्य बिमाको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेनुभएका नगरप्रमुख पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाको अन्त्य भएको समेत बताउनुभयो । उहाँले नगरका सबै जसो वडामा अहिले आधारभूत स्वास्थ्य…
राजविराज, १६ वैशाख । घरायसी विवादमा यहाँ एक महिलाले आफूसहित नवालक छोरालाई समेत विषपान गराएकी छन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यू भएको छ भने आमाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । प्राप्त घट्ना विवरण अनुसार राजविराज नगरपालिका वडा नम्बर १ चनौरा घर भएका अनिल कुमार साफीको २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् । विष खुवाउँदा सिकिस्त भएका उनका ४ बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप…
विराटनगर, १५ वैशाख । मोरङको सुनवर्षी नगरपालिका-९ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । वैशाख १४ गते डाइनियाबाट सिक्टी तर्फ जाँदै गरेको BR 39 H 2956 नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय साहवन आलम गम्भिर घाइते भएकोमा मोरङको रंगेली अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
संखुवासभा, १५ वैशाख । संखुवासभाको मकालु गाउँपालिका(३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ । बैशाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरुको मृत्यु भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको छ । घटना स्थल हेदाङना बाट ३५ किलोमिटर उत्तर पश्चिम तथा सदरमुकामबाट १०० किलोमिटर टाढारहेको छ । झापा( १५ गते दिउँसो १२ बजे हल्दिबारी गाउँपालिका(२…