
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दलका तीन शीर्ष नेतालाई राष्ट्रिय अभिभावकत्व ग्रहण गर्न आव्हान गर्नुभएको छ । “८३ साल, तीन नेता, तीन सन्यासको अवधारणा बन्न सक्नुपर्छ” अहिलेसम्म बोकेको भारी उहाँहरुले बिसाउनु पर्छ, त्यो वातावरण बन्नुपर्छ गृहनगर धुलाबारीमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ” बिचार, दल, गुटको होइन मुलुकलाई राष्ट्रिय अभिभावक मुलुकका लागि जरुरी छ, उहाँहरु राष्ट्रिय अभिभावक बन्नु पर्छ ।” कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर महामन्त्री शर्माले उहाँहरु सक्रिय राजनीतिबाट विश्राम लिएर अभिभावकीय भूमिकामा रहन भन्नुभयो । ” अहिलेसम्मको उपलब्धिमा उहाँहरुको भूमिका राष्ट्रिय महत्वको…
झापा, २ जेठ । झापाको बिर्तामोडमा स्वास्थ पर्यटन मार्ट २०८२ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नाट्टा कोशी प्रदेश तथा होटल व्यवसायी संघ झापाको सह आयोजनामा बिर्तामोडमा आगामी असार १४ गते “दोस्रो हेल्थ टुरिजम मार्ट” आयोजना हुने भएको हो । आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक शेखर ढकालले नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगति तथा भारत, भुटान लगायत मुलुकहरूसँगको भौगोलिक पहुँचलाई मध्यनजर गर्दै स्वास्थ्यलाई पर्यटनसँग जोड्न स्वास्थ्य पर्यटन मार्ट आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मार्टमा प्रदेश १ भित्रका विशेषगरी झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, साथै पर्यटन व्यवसायी,…
झापा, २ असार । झापा र मोरङको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ । असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई…
विराटनगर, २ असार । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई-९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको…
झापा, ३१ जेठ । नेपाल चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा आज (शनिवार) काठमाडौंमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डि.सी.को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले फिल्म स्टुडियोको निर्माण कार्य धमाधम भइरहको बताउँदै चाँडै सञ्चालनमा आउने बताएका छन् । संघका अध्यक्ष नवल खड्काले कलाकारहरु र प्राविधकहरुको अहिले तोकिएको पारिश्रमिकका बिषयमा सर्वपक्ष छलफल गर्नु पर्ने बताएका छन् । उनले हाल साढे तीन मिनेटसम्मको ट्रेलर प्रदर्शनको शुल्क नलिने र अझै धेरै कुराहरु सुधारका लागि संघले पहल गर्ने बताएका छन्…
सरोज भट्टराईशिवसताक्षी, ३१ जेठ । झापाको शिवसताक्षी वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा वडाले सन्तोष जनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन गर्दै वडा विकासमा सन्तोजनक काम गरेको हो । वडामा सडक सञ्जाल विस्तार वडामा भएका ५ ओटा सामुदायिक विद्यालयहरु सुधार, ज्येष्ठ नागरिक, अपाङ्ग, विपन्न नागरिक मैत्री कार्यमहरु सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा हालसम्म १० किमी सडक कालो पत्रे सडक रहेको छ । चालु आ.व.मा जनता बोलोचोक सडक २ किलोमिटर निर्माणको चरणमा रहेको छ ।…
दमक, ३१ जेठ । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण…
बिर्तामोड, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अधिवेशन खुलाउनुका कारण बारे खुलासा गरेका छन् । शनिबार झापाको कमल गाउँपालिकामा आयोजित पाँच जातीय मोर्चाको राष्ट्रीय अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद अधिवेशन खुलाउनुको चार कारण बारे खुलासा गरेका छन् । ‘संसद अधिवेशन अवरुद्ध थियो, सरकारले अध्ययन छानबिन समिति बनाएर एक महिना भित्र गर्न तयार भएपछि संसद अधिवेशन खोलेर बहस गर्न तयार हुनुपर्छ, किनकि त्यहाँ भित्र जनताका कतिपय मुद्दा छन्, ‘उनले भने, ‘म तपाईंहरुलाई बिशेष रुपले भन्न चाहन्छु म प्रधानमन्त्री हुँदा धेरै मेहेनत गरेर सदनमा पुर्याएको त्यो संघीय निजामती ऐन अन्तिम चरणमा छ त्यसलाई पारित…
. दमक, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् । झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘यसै अभियानअन्तर्गत विभिन्न जातीय तथा क्षेत्रीय मोर्चाहरूको सम्मेलन र महाधिवेशन आयोजना गरिएको हो’, उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा हाम्रो समाजवाद समुदायमा आधारित हुनुपर्छ भन्ने निर्णयमा पुगेका छौं ।’ उनले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उद्देश्यका साथ माओवादी केन्द्रले जितेका १२३ स्थानीय तहका प्रमुख र…
विराटनगर, ३१ जेठ । मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ । जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-१० का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्कीसहित पक्राउ गरेको छ ।