झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार कहाँ–कहाँ वर्षा तथा हिमपात हुने सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली…

Read More

झापा, २६ जेठ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा…

Read More

झापा, २६ जेठ । यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरू आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गर्नुभएका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुन डाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आउनुभएको छ । किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उहाँले बताउनुभयो । उहाँले विश्व बैङ्कको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि…

Read More

सन्तोष शर्माझापा, २६ जेठ । झापामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् । चालू आर्थिक वर्षको २०८१÷०८२ को चैत महिनासम्म बृद्धि अनुगमन तथ्यांक अनुसार जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । “शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम स्तनपान गराउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, कम शिक्षित र आर्थिक अवस्था कमजोर भएका आमाहरुले बढी स्तनपान गराउने गरेको देखिएको छ ।” कोशीमा बट्टाको दूध धेरै प्रयोगकोशी प्रदेशमा पूर्ण स्तनपान गराउनेको संख्या सन् २०२२ को तथ्यांक अनुसार ५३ प्रतिशत…

Read More

वासिङ्टन, २६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् । गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै…

Read More

सङ्खुवासभा, २६ जेठ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन् । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो । मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठूलो रहेको दाबी गरे । जनविश्वासअनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

Read More

झापा, २६ जेठ । ताप्लेजुङमा तमोर नदीले बगाएका दुई जना मृत अवस्थामा फेला परेका छन् । फुङलिङ नगरपालिका टाँरबारीकी ११ वर्षीया गंगा शेर्पा बेपत्ता भएको पाँच दिनपछि तेह्रथुमको खिरखिरस्थित नावा खोलानजिक भेटिएकी हुन् । गंगा अन्य बालिकासँग डम्पिङ साइटमा गएकी थिइन् र तिर्खा लागेपछि पानी पिउँदा चिप्लिएर नदीमा बगिएको प्रहरीले जनाएको छ। त्यसैगरी, आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३७ वर्षीया कमला शेर्पा बेपत्ता भएको छ दिनपछि पाँचथरको दुधेपानीस्थित तमोर खोलामा शनिबार बिहान मृत फेला परेकी छन्।

Read More

भद्रपुर, २६ जेठ । झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । “अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा वृत्ति विकास, पदोन्नति,…

Read More

झापा, २६ जेठ । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसँगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३७ जना विर्तामोड नगरपालिकाका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

Read More

सरोज भट्टराईशिवसताक्षी, २६ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ का चालु आर्थिक वर्षहरुमा गरिएका कामहरु अन्तिम चरणमा पुगेका छन् । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६० लाखको बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका लागि विभिन्न कामहरु गरिएका छन् । जसमा सडक, भौतिक निर्माण, कल्भर्ड, तटबन्धन लगायतका कामहरु भएका वडाध्यक्ष भाष्कर न्यौपानलेले जानकारी दिए । वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट विनियोजन रकमबाट थुप्रै कामहरु भएको वडाध्यक्ष भाष्कर न्यौपानेले बताए । वडा गौरवको आयोजना अन्तर्गत ५० लाखको लागतमा पाराबारी बजार देखि ज्येष्ठ नागरिक भवनसम्म जाने ७५० मिटर सडक कालोपत्रे गरिएको छ । अलिनु लिम्बुको घर पूर्व…

Read More