
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमार्फत मर्यादित श्रमअभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हकहितको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरेको छ । बालश्रम, लैङ्गिक हिंसा, यौन दुव्र्यवहारजस्ता कार्य अन्त्य गर्न पारिवारिक तथा सााजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने सरकारको उद्घोष छ । सरकारले यसो भनिरहँदा घरेलु बालश्रम, लैङ्गिक हिंसा र बेरोजगार युवाका समस्या भने चुनौतीपूर्ण देखिएका छन् । बाल क्लबका पूर्वसदस्यद्वारा किशोर–किशोरीका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयका अनुसार ९० प्रतिशत घरेलु कामदार महिला छन् भने महिला अधिकार र श्रमको सम्मान हुन सकेको छैन । युवालयका प्रशिक्षक शर्मिला थापाका अनुसार श्रम ऐन, २०७४ ले…
इलाम, २५ जेठ । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ । “अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ”, संस्थाकी कोषाध्यक्ष रीना राईले बताउनुभयो । “सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि रु…
झापा, २५ जेठ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि शुरु हुदैछ । नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन । हाल…
झापा, २५ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका…
झापा, २५ जेठ । झापाको कमल गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कमल–३ सानो केर्खामा प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मोरङ कानेपोखरी गाउँपालिका–४ घर भएका उनी हाल इलाम सशस्त्र प्रहरी बल (बीओपी) को समालबुङ पोस्टमा कार्यरत थिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सन्तोष शर्माझापा, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रको कुरा मात्र नभएको बताउनुभएको छ । झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनस्र्थापना, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासको लागि पनि भएको बताउनुभयो । “भ्रष्टाचारीहरुलाई कारबाही हुने व्यवस्था होस्, देशमा विकास होस्, देशले आर्थिक गति लिओस्, भ्रष्टाचारी जोकोही भए पनि दण्डित हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो जीवनकालमै देश बनोस्, ४०/५० हजार कमाउनकै लागि कुनै पनि नेपाली देश छोड्नु नपरोस् भन्नका लागि हामी आन्दोलित छौं ।” देशको प्रणालीमै परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिँदै निर्वाचन प्रणाली नै भ्रष्ट…
हल्दिबारी, २४ जेठ । झापाको हल्दिबारी गाउँपालिका–५ का तीन वटा सडकमा पेवर्स जडान कार्य शुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले सडकको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । हल्दिबारी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य काम गर्दै आएको र यहाँको विकासका लागि आफू सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बजेटको स्रोत हल्दिबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोडलाई आगामी माघ २४ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको बताउनुभयो । ती सडक निर्माणको लागत रू एक करोड आठ लाख…
झापा, २४ जेठ । सुदूरपश्चिम प्रदेश कोरोना सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऐन्टिजेन परिक्षण गर्दा कैलालीको त्रिनगर नाकामा ३ जना र बैतडीको झुलाघाटमा १ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि विगत तीन दिनको अवधिमा नौ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमण देखिएका सबै नेपाली भारतबाट घर फर्किनेहरू रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा।खगेन्द्र बमले भारतसँग सिमानाका जोडिएका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा सीमा क्षेत्रमा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । सिमानाकामा भारतबाट फर्किने सबैको स्वास्थ्य…
बिर्तामोड, २४ जेठ । युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ । उहाँले आज एक संक्षिप्त कार्यक्रमका विच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित भक्तबारीमा रहेको तारा नमस्ते वालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गर्नु भएको हो । खत्रीले वालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाइ ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।यस्तै कर्मयोग भवनको लागि निर्मलका वुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । व्यवसायी खत्रीले विभिन्न बहानामा…
झापा, २४ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आज उद्घाटन गर्नुभएको छ । पूर्व राष्ट्रपति भण्डारीले विर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीको मोबाइलको एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी आजदेखि सुरु भएको हो । विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, विज्ञलगायत करिब १ हजार २ सय जनाको उपस्थिति थियो ।…