
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपाल गौरादह, २९ साउन । गौरादह नगरपालिका भित्रका व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित भएका छन् । नगरपालिका भित्र रही व्रोइलर कुखुरा पाल्ने किसानहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्न व्रोइलर पालक किसान संघ गौरादह नगर समिति गठन गरेका छन् । नगरपालिका भित्रका किसानहरु गौरादह नगरपालिका वडा नं. ७ को सभाहलमा किसानहरुको भेलाले भुपाल सिंह ताजपुरियाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा इन्दिरा पौडेल, सचिवमा छत्र वहादुर वस्नेत र कोशाध्यक्षमा टिका कार्की रहेका छन् । सदस्यहरुमा सिता राई, ललित कार्की, निर्मला कट्टेल, फडिन्द्र पोमु, केशव सापकोटा, चन्द्र वहादुर गिरी र किष्ण थापा रहेका छन् । सोही भेलाले…
सुरुङ्गा, २९ साउन । झापाको कनकाई नगरपालिकाको कार्यालयमा नेकपा माओवादी विप्लप कार्याकर्ताले बम विष्फोट गराएका छन । हिजो राती ९ बजे विप्लप कार्याकर्ताले नगरपालिकाको पछिल्लो भागमा बम विप्फोट गराएका हुन । आजको विप्लप माओवादीको नेपाल बन्दलाई लक्ष्क्षित गरि सरकारी कार्यालयमा विप्लप कार्याकर्ताले निसानी बनाउने आशंकामा कनकाई नगरपालिकालाई कडा सुरुक्षा प्रबन्ध गरिएको थियो । नगरपालिका भवनको सुरक्षामा लागि प्रहरी र नगरसुरक्षा गार्डले समेत कडा सुरक्षा दिइरहेकै बेला नगरपालिका भवनको पछिल्लो भागबाट कडा आवाजसहितको बम फ्याकेर विप्लप कार्याकर्ताहरु मोटरसाइकलमा भागेको प्रत्यक्षदर्शीले बताए । बम प्रहारबाट कुनैपनि भौतिक क्षति नभएपनि कडा आवाजको बमको आवाजले स्थानीयवाशी रातभर त्रसित बनेका थिए । नगरपालिकामा भएको विष्फोटको…
काठमाडौँ, २९ साउन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गर्नुभएको हो । सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुनेगरी टुङ्ग्याउ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । सांसद सिंहबहादुर…
इलाम, २९ साउन । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा रु ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात रु ५८ करोड ५७ लाख ६० हजार…
काठमाडौँ, २९ साउन । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो । इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो…
१– गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन। २– धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन। ३– दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै जानकारी दिनुपर्छ। ४– अन्य बिरामी तथा गर्भवती हो भने सुरुमा नै जानकारी दिनुपर्छ। ५– बिरामीलाई असजिलो महसुस भएमा अथवा नचली बस्न नसकेको अवस्थामा बिरामीलाई जाँचको समय बेहोस बनाउन सकिन्छ। ६– बिरामीको शरीरमा यदि ट्याटुहरु भएको खण्डमा जाँच गर्न अघि नै डाक्टरलाई खबर गर्नुपर्छ। ७– एमआरआइ मेसिनको चुम्बकको शक्ति बढि भएको कारणले कार्डियाक पेसमेकर, डिफिब्रिलेटर, कान प्रत्यारोपण, कृतिम हृदय भल्भ राखिएको बिरामीको स्क्यान गर्न…
उर्लाबारी, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । घटनापछि विद्यालय अनिश्चितकालका लागि…
बैतडी, २९ साउन । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरिएको जानकारी पाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । “परियोजनाका दुई वटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ”, उहाँले भन्नुभयो “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्वजानकारी नेपाली प्रशासनलाई गराएको थियो । बाँधको पानी खोलिँदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताइएको छ । दार्चुलाको दत्तुमा…
काठमाडौँ, २९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो । करको दर बढाएर होइन, आधार बढाएर मात्र लक्षित राजश्व उठाउन सकिन्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “संविधानको अनुसूचीमै कुन कर कसले उठाउने भन्ने स्पष्ट छ, अलमल हुनुपर्ने अवस्था होइन, कर तिर्न क्षमता भएकालाई कर लगाउने हो, नहुनेलाई बोझ दिने होइन । कृषिजन्य, ऊर्जाजन्य र निर्माणजन्य सामग्रीको उत्पादनबाट मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्दै उहाँले…
धर्म गौतम पछिल्ला समाचारहरु अनुसार प्रधानमन्त्री केपी ओलीले सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई आप्mनै पहलमा बालुवाटारमा बोलाएर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवामा सुधार सम्बन्धी उनका माग पूरा गनेर् वचन दिएका छन् । आप्mनो २७ दिन लामो अनशन पश्चात सरकारसँग भएका सम्झौता कार्यान्वयनतर्पm सरकारले खासै काम नगरेको देखेपछि डा. केसीले गत बुधबार पत्रकार सम्मेलन गरी ती माग पूरा गराउन उनले अकोर् अनशन बस्नु पनेर् हुनसक्छ भनेपछि प्रधानमन्त्री ओलीले डा. केसीसँग भेट्ने पहल गरेका थिए । डा. केसीसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीसँग भएका सम्झौता जस्ताको तस्तै कार्यान्वय गनेर् मात्रै होइन, उनका मागलाई आप्mनै कार्यक्रम मानेर अगाडि बढ्ने समेत बताएको समाचारमा आए पनि बालुवाटारबाट फर्कंदा…