झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ बाट प्रहरीले नक्कली नोटसहित लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डितलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Read More

बिर्तामोड, ६ जेठ । बिर्तामोड नगरपालिकामा विभिन्न चार वटा ठुला सडक योजनाहरुको काम तिव्र गतिमा भईरहेको छ । संघ, प्रदेश र नगरपालिकाको लगानीमा मुख्य सडकहरुको स्तरोन्नति कार्य धमाधम भइरहेको हो । हर्कलाल मार्ग,बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नति कार्य भईरहेको छ । हर्कलाल मार्गबिर्तामोडको पूर्व पश्चिम राजमार्गस्थित देउराली होटल देखि धौलापुल आदर्श चोक सम्म पर्ने हर्कलाल मार्गको स्तरोनन्ति कार्य धमाधम भईरहेको छ । भद्रपुर रोडको बैकल्पिक मार्गको रुपमा रहेको यस सडकमा विभिन्न ३ खण्डमा काम भईरहेको हो । राजमार्गसंगै जोडिएको देउराली पछाडिको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड १३ लाख ४६ हजार ७०६…

Read More

झापा, ६ जेठ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिइन् । उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने…

Read More

सुनसरी, ६ जेठ । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरेका छन् । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ । बराहक्षेत्रमा मात्र अहिलेसम्ममा…

Read More

झापा, ६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका…

Read More

विराटनगर, ५ जेठ । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग विवाहित जीवनको पीडादायी अनुभव छ । उनको श्रीमान्सँग विवाह भएको २ वर्षसम्म सम्बन्ध राम्रो नै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो । श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थें । गालीगलौजबाट सुरु भएको हिंसा कुटपिट हुँदै ज्यान लिनेसम्म अवस्थामा पुग्यो । कति पटक कुटपिट गर्दा प्रहरीसम्म लग्यौं, तर उसको व्यवहारमा केही परिवर्तन भएन,’ रमिलाले भनिन् । एक दिन भान्सामा काम गर्दै गर्दा उनका श्रीमानले अचानक रोटी बेल्ने काठको बेलनाले हिर्काए । जसले गर्दा उनको…

Read More

झापा, ५ जेठ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो । चालक झापा दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले…

Read More

झापा, ५ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिनुभयो । “हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ”, उहाँले भन्नुभयो, “जसले गर्दा…

Read More

लमजुङ, ५ जेठ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गर्नुभयो । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उहाँको भनाइ छ । सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बा हाल नेपाली…

Read More

झापा, ५ जेठ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स ९युएई०लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्गल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात…

Read More