झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० साउन । ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरलाई एउटा स्कूल बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । ‘एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ’, उहाँले भन्नुभयो, ‘यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।’ उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ । जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितनव र धनुषा रेडक्रसलाई एक/एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति…

Read More

काठमाडौँ, ३० साउन । स्थानीय तहले भवन निर्माण गर्न पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई आठ करोड र गाउँपालिकालाई पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहँुदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका…

Read More

सन्तोष शर्मा झापा, ३० साउन । फोहोरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहोरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहोरलाई मोहोर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहोर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कुहिने र नकुहिने फोहोरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कुहिने फोहोर, प्लास्टिकजन्य फोहोर, कागज र धातुजन्य फोहोर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहोरबाट बायोग्याँस र प्लाष्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ…

Read More

बिर्तामोड, ३० साउन । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ११ को सञ्चालन अनुमति पाएको छ । बुद्धशान्ति गाउँपालिकाको साउन २७ गतेको निर्णयसँगै त्रिभुवन माविले शैक्षिक सत्र २०७५ देखि कक्षा ११ सञ्चालनको अनुमति पाएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ११ (२) को (ज) अनुसार विद्यालयमा कक्षा सञ्चालनको अनुमति प्रदान गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमलप्रसाद निरौलाले जानकारी दिए । त्रिभुवनमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा ऐच्छिक नेपाली, ऐच्छिक अंग्रेजी, ग्रामीण विकास, लेखा, समाजशास्त्र, अर्थशास्त्र, व्यावसायिक अध्ययन, संस्कृत, जनसंख्या, शिक्षा र शैक्षणिक विधिको विषयमा अध्यापन हुनेछ ।

Read More

बिर्तामोड, ३० साउन । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । त्यसपछि अचेत अवस्थामै घर लिएर आएको विरामीका भाई उमेश तामाङले बताए ।,आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

धरान, ३० साउन । कि आमा कि मामा भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् । ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कारभएको थियो । कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले…

Read More

झापा, ३० साउन । अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ। त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई हैरानी बनाएको छ। महंगो भाडा रकम तिरेर बसेपनि घरबेटीले कुन बहानामा कतिबेला हटाउने हो टुंगो हुँदैन। घरबेटीको कचकच र अनेक बहानामा दुस्ख दिने र सताउने हुन्छ। जसले गर्दा काठमाडौंमा डेरा गरी बस्नेलाई सधैको तनाव भनेकै डेराकै हुने गर्छ। आगामी भदौ महिनादेखि भने यो हैरानी र तनावबाट…

Read More

भोजपुर, ३० साउन । अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्। चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ। घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्। भोजन…

Read More

झापा, ३० साउन । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बिल तिर्न नसकेपछि एक बिरामीको बिचल्ली भएको छ । अस्पतालले ‘मनमोजी’ रुपमा रकम माग गरेपछि तिर्न नसक्दा ती बिरामीको बिचल्ली भएको हो । उपचारमा १६ लाख रुपैयाँको बिल उठेपछि बिरामी पुनः अस्पतालकै शैयामा लम्पसार परेका छन् । ३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ। अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा सुधार हुन्न, अन्तिम अवस्थाजस्तै हो’ भन्दै बिल तिर्न भनेको जनाइएको छ। गत साउन १३ गते इलामको बर्नेमा दुई मोटरसाइकल ठोक्किँदा इलामको रोङ–४ का ३३ वर्षीय अरुण तामाङ घाइते भएका…

Read More

काठमाडौँ, ३० साउन । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ । व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठुला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More