झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । ६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ । ७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ । ८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।…

Read More

भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेको फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् । अजित लामिछानेको पटकथा तथा संवाद…

Read More

किएभ, ८ वैशाख । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । “रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ”, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भन्नुभयो । उहाँले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिनुभयो । युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः सुरु भएको बताउनुभयो ।“अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्‍यो, प्रकार निर्धारण भइरहेको छ…

Read More

गजेन्द्र राईउदयपुर,८ वैशाख । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जङ्गली भालुको आक्रमणमा परेर घाइते भएकी छिन्। सोमबार बिहान घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा ४६ वर्षीया पञ्चमाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार बिहान ८ः४० बजे तिर घाँस काटिरहेकी तामाङलाई अचानक जङ्गली भालुले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । हाल घाइते तामाङको कटारी अस्पताल, उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले वन क्षेत्रमा मानिसको प्रवेश र सुरक्षाको विषयमा थप ध्यान दिनुपर्ने अवस्था देखिएको स्थानीयवासीको भनाइ छ ।

Read More

काठमाडौँ, ७ वैशाख । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको…

Read More

‘पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ । ‘केशरी च्याप्टर २ – द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो । फिल्ममा अक्षयसहित आर माधवन र अनन्या पाण्डेको शीर्ष भूमिका छ । लगातार फिल्म फ्लप भैरहेको बेला अक्षयलाई यो फिल्मको कमाइले राहत दिएको छ । तर, सन् २०१९ मा रिलिज भएको भन्दा यो फिल्मको कमाइ न्यून हो । फिल्मले पहिलो सप्ताहन्त ३० करोड भारु कमाउन सक्ने प्रक्षेपण…

Read More

बच्चा स्वस्थ भएको संकेत –गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ । बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ –यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ । बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ –बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण…

Read More

कुमोद अधिकारीविराटनगर, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र प्रति कुनै खतरा नरहेको बत्ताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्नुहुँदै उहाँले जन आधार जनमतको दृष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बत्ताउनुभयो । गणतन्त्रको पक्षमा हिजो पनि हामी एक थियौ र आजपनि छौ भन्नुहुँदै उहाँले गणतन्त्र खतरामा पर्‍यो भनेर जुन भाष्य सृजना गर्न खोजिदै छ त्यो गलत भएको उहाँको भनाई थियो । गणतन्त्रप्रति सबै दलको सहमति रहेकाले गणतन्त्र कहिले पनि खतरामा नपर्ने उहाँको भनाई थियो । एक प्रश्नमा उहाँले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउने कुनै संवैधानिक व्यवधान, वाधा अड्चनले…

Read More

इटहरी, ७ वैशाख । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते…

Read More

लीलाराज खड्काबिर्तामोड, ७ वैशाख । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित बस स्टेन्डमा शङ्कास्पद रूपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए । पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानी…

Read More