
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ । उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।
अर्जुनधारा, २७ साउन । केही समयता झापाको अर्जुनधारामा श्रृखलाबद्ध रुपमा बिभिन्न स्थानमा यौनजन्य हिंसा लगायतका घटनाहरु बढेँपछि अर्जुनधारा–११ का विभिन्न सामाजिक संघसंस्थाहरुले अपराधिक घटनामा संम्लग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् । समाजमा बिकृति र बिसंगती फैलाउने प्रयास भइरहेको भन्ने कुरा प्रति उनीहरुले संयुक्त रुपमा कार्यक्रम गर्दै विरोध समेत जनाएका छन् । अर्जुनधारा–११ स्थित सालबारीमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले संयुक्त रुपमा विरोध गरेका हुन् । उक्त वडामा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, नेपाली काग्रेस, तरुण दल, युवा संघ नेपाल, अ.ने.म. संघ, जुनकिरी प्रा.वि., एभर ग्रिन इ¨लिस बोर्डिङ स्कुल, गौरी शंकर शिवालय मन्दिर परिवार, प्रगति सामुदायिक वन उपभोक्ता समूह, पारिजात महिला फुटबल…
उदयपुर, २७ साउन । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट त्रियुगा नगरपालिकाभित्र विभिन्न उद्यमीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा आर्थिक अनियमितता भएको छ । घरेलुबाट सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा नगरका विभिन्न वडामा कृतिम उद्यमी खडा गरेर खर्च धेरै देखाउने र कतिपय वडामा वितरण गरिएका सामग्री गुणस्तरहीन भएको स्वयं उद्यमी तथा स्थानीय जनप्रतिनिधि बताउनुहुन्छ । आर्थिक वर्ष ०७४÷७५ मा घरेलुअन्तर्गत लघुविकास कार्यक्रम (मेडेप)ले त्रियुगा नगरपालिका वडा नं ३ र ६ मा सञ्चालन गरेको कार्यक्रममा स्थानीय उद्यमीभन्दा धेरै सङ्ख्या देखाएर सम्बन्धित कर्मचारीले आर्थिक अनियमितता गरेको वडा नं ३ का वडाध्यक्ष अपदेश चौधरीले बताउनुभयो ।…
लहान, २७ साउन । प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको…
भद्रपुर, २७ साउन । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ । विसं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गर्नुभएको हो । गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुटीका अध्यक्ष तोयनाथ भट्टराईले बताउनुभयो । पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गर्नुभएको थियो ।
गौरादह, २७ साउन । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ ले सामाजिक सुरक्षा भत्ता वितरण कार्य बैंकिङ प्रणालीबाट थालेको छ । भत्ता वितरण सहज बनाउन एनआईसी एसिया बैंक मार्फत् दिन थालिएको वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । यसअघि वडा कार्यालयबाटै भत्ता वितरण गरिँदै आएको थियो । सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट वितरण गर्दा सम्बन्धित व्यक्तिले आफ्नो अनुकूल रकम झिक्न सकिने भएकाले त्यस्तो गरिएको कार्यालयले जनाएको छ ।
सान नेपाल गौरादह, २७ साउन । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि सोही स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका छन् । गौरादह–९ बैगुन्धुराका रामबहादुर पौडेलले वडा कार्यालयको भवन निर्माणका लागि सात कठ्ठा जग्गा उपलब्ध गराएको वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । ‘जग्गा अभावमा भवन निर्माणमा समस्या भएको थियो’, वडाध्यक्ष भट्टराईले भन्नुभयो, ‘चाँडै भवन निर्माणको काम शुरु गर्ने छौँ ।’ वडा कार्यालयको भवन निर्माका लागि गौरादह नगरपालिकाले रू १० लाख समेत विनियोजन गरिसकेको उहाँले बताउनुभयो । भवन निर्माणका लागि उक्त रकम अपुग हुने भएकाले केन्द्र सरकारसँग थप बजेट माग गरिएको उहाँले सुनाउनुभयो । हाल वडा कार्यालय…
काठमाडौँ, २७ साउन । बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मर्ट लाईसेन्स का लागि आवेदन दर्ता गराएका थिए । यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्टे«लियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको छैन । ५ महिनापछि आउँछ भने थिए, १ बर्षसम्म पाईएन । विभागका कर्मचारीले केही दिनमा आउँछ भनेका छन् । ललितपुर लेलेखका सुजन तामाङले पनि स्मार्ट लाईसेनसका लागि आवेदन दिएको ९ महिना भईसक्यो । यातायात कार्यालय एकान्तकुनाबाट आवेदन दिएका तामाङलाई विभाका कर्मचारीले अझै एक महिना कुर्न भनेका छन् । जहिले गए पनि विभागबाट छापिएर आएकै छैन भन्छन् उनले भने । विभागले २०७३ मंसिर २० देखि स्मार्ट…
काठमाडौं, २७ साउन । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ । दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजर मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् । चार वटा गेटमध्ये…
गौरीगञ्ज, २७ साउन । गौरीगञ्ज गाउँपालिकका ज्येष्ठ नागरिकलाई प्रशिक्षण दिइएको छ । ज्येष्ठ नागरिक गौरीगञ्जले शिवालय मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना वडा नं. ५ र ६ का १०७ जना आजीवन सदस्यलाई प्रशिक्षण दिँदै प्रमाण–पत्र वितरण गरेको हो । कार्यक्रममा संघका जिल्ला सचिव जयप्रसाद संग्रौला र जिल्ला सहसचिव यज्ञश्वर बाँस्तोलाले ज्येष्ठ नागरिकले पालना गर्नुपर्ने नियमहरु, ज्येष्ठ नागरिकका समस्याहरु र ज्येष्ठ नागरिकका भूमिका विषयमा प्रशिक्षण दिएका थिए । ज्येष्ठ नागरिक संघ वडा नं. ५ का अध्यक्ष डोमलाल सिंह गनगाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका गौरीगञ्ज गाउँ समिति अध्यक्ष विश्वप्रसाद अधिकारी, संघका वडा नं. ६ अध्यक्ष रामकृष्ण यादव, कोषाध्यक्ष गंगामाया ठटाल, सदस्य रामप्रसाद महतो…