झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ८ फागुन । नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी सरकारलाई पटक÷पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँले चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहँुदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताउनुभयो । सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका नीजि ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपता कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास…

Read More

काठमाडौँ, ८ फागुन । सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेर…

Read More

झापा, ८ फागुन । कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित कुनै पनि विद्यालयमा विभेद नगरिएको स्पष्ट पारेको छ । केही सञ्चारमध्यममा गाउँपालिकाले सामुदायिक विद्यालयमा विभेद गरेको समाचार प्रकाशन भएसँगै गाउँपालिका कार्यालयले यसको खण्डन गरेको हो । प्राविधिक धारको कक्षा सञ्चालनका लागि लक्ष्मी माविलाई अनुमतिसहितको सिफारिसपत्र दिन गाउँपालिकाले इन्कार गरेको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । ‘कुरा त्यो हुँदै होइन,’ अध्यक्ष आलमले भने, ‘सरकारले एउटा स्थानीय तहबाट एउटा विद्यालयलाई मात्र सिफारिस गर्नु भनेकाले हामीले त्यसको कार्यान्वयन गरेका मात्र हौँ ।’ गाउँपालिकाले यसअघि नै मोति माविलाई कृषि शिक्षा सञ्चालन गर्नका लागि सिफारिस दिइसकिएको जनाएको छ । पछि…

Read More

द्रोण अधिकारी भद्रपुर, ८ फागुन । जिल्ला कारागार झापाका कैदी बन्दी कारागार प्रशासन बिरूद्ध आन्दोलित भएका छन् । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदी बन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् । प्रशासक दाहालले कैदी बन्दीमाथि शोषण गरेको, विभिन्न बाहनामा कैदी बन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको लगायत १७ बुँदे माग राखी आन्दोलनमा उत्रेका हुन् । बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले दिएको जानकारी अनुसार प्रशासक दाहालले अमानवीय कार्य बढाएका कारण कैदी बन्दी आन्दोलित भएका हुन् । यता जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसी कैदी बन्दीका गुनासा सम्बोधन…

Read More

विराटनगर, ८ फागुन । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गर्नुभएको थियो । उहाँले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून बनेमा सबै क्षेत्रलाई काम गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिलेसम्मकै सबैभन्दा ठूलो र १३७ दफामा रहेको जानकारी दिनुभयो । बैठकमा शून्य समयमा सदस्य खिनु लाम्बा…

Read More

काठमाडौँ, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो,“मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई समेत कारवाही गरिसकिएको छ ।” गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ,…

Read More

काठमाडौँ, ८ फागुन । नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि पराजुलीको यही फागुन ५ गते निधन भएको थियो । पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काङ्ग्रेसले जनाएको छ । पटक÷पटक कारागार र कठोर यातना भोग्नु भएका पराजुली पार्टीका एक निर्भीक योद्धा रहेको विज्ञप्तिमा जनाइएको…

Read More

काठमाडौँ, ८ फागुन । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो । खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने पुल्चोक स्पोर्टस क्लबले लियो । खेल सुरुआती साताँै मिनेटमा पुल्चोकका टीकाराज गुरुङले गोल गर्दै पहिलो अग्रता लिए । पुल्चोकको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको २८…

Read More

काठमाडौँ, ८ फागुन । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्त ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा ती दुवै प्रस्तावलाई कानूनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकको शुरुमा राष्ट्रियसभा सचिव…

Read More

बुटवल, ८ फागुन । कानून तथा सङ्घीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सबैले सकारात्मक सोच बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले सङ्घीयता सबैका लागि नयाँ विषय भएकाले यसको कार्यान्वयनमा केही अन्यौलजस्तो देखिए पनि सबै विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारसँग पूर्ण बहुमत हुँदाहुँदै पनि संसद्मा विपक्षी दलसँगको सहमतिमा सर्वसम्मतले कानून निर्माण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म चिकित्साशास्त्र विधेयकबाहेक अन्य सबैमा संसद्बाट सर्वसम्मतरुपले पास भएका छन् ।” प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारका विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सङ्घीय सरकारकै प्रतिनिधिको रुपमा…

Read More