झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुटवल, १४ फागुन । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले प्रदेश ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको छ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीले जनसत्ता निर्माण गरी जनतामाझ सञ्चालन गरेको उल्लेख गर्दै त्यसका लागि चन्दा दिन पत्राचार गरेको हो । पत्रबाहेक मौखिक रूपमा धम्कीपूर्ण भाषाको प्रयोग गर्दै रकम छिटो उपलब्ध गराउन दबाब दिने गरिएको छ । पत्रअनुसार धेरै स्थानीय तहका जनप्रतिनिधिले ’बार्गे्निङ’ गरेर रकम बुझाएका छन् । केहीले विकास बजेटबाटै र कतिपयले व्यक्तिगत रूपमा रकम दिइसकेको जनाएका छन् । चन्दा दबाबमा वडाध्यक्षसमेत परेका छन् । यहाँका धेरै गाउँपालिका…

Read More

काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् । पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए । पार्टी नेतृत्व सम्हालेको तीन वर्ष बित्न लाग्दा पनि केन्द्रीय विभागसहितका विभिन्न समिति गठन गर्न नसकेको आरोप खेप्दै आएका सभापति देउवा बाँकी समय बहुमतको आधारमा पार्टी चलाउने तयारीमा देखिएका छन् । संगठन सुदृढ गर्न नसकेको आरोप पार्टी्भित्रकै असन्तुष्ट पक्षबाट खेपिरहेका…

Read More

काठमाडौ, १४ फागुन । सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो । त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहे पनि नेपालका कतिपय…

Read More

काठमाडौं, १४ फागुन । सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेको १८ र हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष बित्यो । मुक्त हलिया र कमैयालाई सरकारले सुरक्षित आवास र जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको थियो । त्यसैका लागि ५ अर्ब ३३ करोड ७९ लाख खर्च पनि भयो । तरपनि समस्या ज्युँका त्युँ छ । कमैया पुनर्स्थापनाका लागि ४ अर्ब खर्च २ साउन ०५७ मा कमैया अन्त्य भएको घोषणा गरेको सरकारले ऐन बनाएर ०६५ बाट मात्रै पुनस्र्थापना सुरु गरेको थियो । कमैयाको नाममा त्यसयता हरेक वर्ष बजेट विनियोजन हुने गरेको छ । बँधुवा मजदुरका रूपमा जमिनदारको खेतबारी र घरेलु कामदारका…

Read More

ताप्लेजुङ, १४ फागुन । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका तत्कालीन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेका स्टाटस हो यो । आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए ।…

Read More

बनियानी, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ । १५ दिने अभियानबारे पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । ‘ताप्लेजुङको पाथिभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुभारम्भ गरिनेछ’, उहाँले भन्नुभयो, ‘अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ ।’ पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन हुने पार्टीले जनाएको छ । यात्राका क्रममा २ सय ५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री लिङ्देनले बताउनुभयो । ‘हाल यो यात्रा ३६ वटा जिल्लामा २ हजार ८ सय ७ किलोमिटरको हुनेछ’, उहाँले भन्नुभयो । यात्राका क्रममा प्रत्येक दिन यात्रा…

Read More

बिर्तामोड, १३ फागुन । अघिल्लो मंगलबार बिर्तामोडको पश्चिम बस स्टेण्डमा अन्दाजी एक वर्षका बालक बेवारिसे अवस्थामा फेला परे । आफन्त कोही नभेटिएपछि बालकलाई बिर्तामोडस्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य विष्णु बस्नेतले संरक्षण गरे । र, यसबारे प्रहरीमा जानकारी गराए । प्रहरीले बालकको आफन्तको खोजी सुरु ग¥यो । आफन्तको ठेगाना पत्ता लगाएर खबर पठायो । एक सातापछि बालकका आफन्तहरु प्रहरीकहाँ आइपुगे । सोमबार दिउँसो ती बालकलाई आमा बिना बम्जन र बाबु खड्गबहादुर बम्जनको जिम्मा लगाइएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रकी कार्यालय सचिब सुमा न्यौपानेले बताइन् । बताइएअनुसार इलामको दानाबारीका बम्जन दम्पत्ति हाल गौरीगञ्जमा बस्दै आएका छन् ।

Read More

काठमाडौँ, १३ फागुन । कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा बढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् । चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यस वर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका…

Read More

काठमाडौं, १३ फागुन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि कानून आफ्नो पार्टीलाई मान्य नहुने धारणा व्यक्त गर्नुभयो । नेता डा महतले संसद्मा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयकका केही बुँदाले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई नै असर पार्ने भन्दै त्यस्ता अनुदार बुँदा सच्याउन माग गर्नुुभयो । आम नागरिकले मुलुकको शान्ति सुरक्षा र…

Read More

काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन् । बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कँुवरले १ विकेट लिइन । त्यसअघि ब्याटिङ गर्दै…

Read More