
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ माघ । भारतीय सेनाबाट अवकासप्राप्त भूतपूर्व संघ झापाले ७०औँ भारत गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार शुभकामना आदन–प्रदान तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भारत सरकारबाट प्राप्त हुने सेवा सुविधा पेन्सनका बारेमा परामर्श दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिव विष्णुप्रसाद योङ्हाङले जानकारी दिनुभयो । मासिक रुपमा पाइरहेको पेन्सन बिनाकारण बन्द गरिएको अवस्थामा संघद्वारा पेन्सन वितरण कार्यालयमा ज्ञापनपत्र बुुझाएसँगै उक्त पहलको कारण झापा लगायत प्रदेश नं. १ का सम्पूर्ण भूपू सैनिकलाई सेवा–सुविधा उपलब्ध गराउन सफल भएको सल्लाहकार मेजर श्यामबहादुर गुरुङले बताउनुुभयो । प्रत्येक वर्ष आफू जिवित रहेको प्रमाणित गर्नलाई स्वयम् पेन्सन वितरण कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ । तर, उक्त…
काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक संसद्द्वारा पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नु पर्ने विषय नभएको बताएका छन् । ‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्’ केही चित्त नबुझेको हुन सक्छ, ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिएर शनिबार फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने, ‘यस्तै, कुरालाइ के के न उधुम भयो भनिरहन पर्दैन । लोकतन्त्रमा अलि कति मतमतान्तर जस्ता कुरा साधारण हुन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १३ माघ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा ९४० बमोजिम राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तीमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन भएको हो ।…
काठमाडौँ, १३ माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ । ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरुको दाबी छ । अधिवक्ता ओमप्रकाश अर्यालले विधेयकले विवादित व्यक्ति दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन विधायिकाको दुरुपयोग गरेको स्पष्ट पारे । ‘कुनै मेडिकल कलेजको स्वार्थलाई हेरेर कानुन बनाउनु जनमतको दुरुपयोग हो’, उनले भने, ‘यो बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सुनिश्चित गरेको छ ।’ आजको…
झापा, १३ माघ । झापा मेचीनगर—५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे। ५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची नगरका तीन सय स्थानीयबासीले अस्पतालसँग कारण खोजे। तर अस्पतालले चित्तबुझ्दो जवाफ दिएन। आफन्त शव बुझ्न बाध्य भए। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको दाबी अस्पतालले गरेको छ। तर, छोरा विनोदले अस्पतालको लापरवाहीकै कारण बुबा…
काठमाडौं, १३ माघ । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन वैदेशिक रोजगार व्यवसायीले चलखेल सुरु गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि व्यवसायी शक्ति केन्द्रहरु धाउँदै रोक्ने अन्तिम कसरतमा लागेका छन् । सरकारले म्यानपावर व्यवसायीको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले यद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलगायत शक्तिकेन्द्र धाउँदै धरोटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिहेका छन् । व्यवसायीले केही दिनअघि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई समेत धरौटी नबढाउन आग्रह गरेका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाडौं, १३ माघ । सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा। गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो । स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीम ७५ प्रतिशत निशुल्क छात्रवृत्तिका लागि छुट्टयाउने पर्ने विधेयकमा व्यवस्था छ । ‘आयोगको परामर्शमा त्यस्तो सिट क्रमश स् वृद्धि गर्दै लैजान सकिन्छ,’ विधेयकमा उल्लेख छ । सरकारी, सार्वजनिक गुठी र अन्य शिक्षण संस्थाले यो व्यवस्था कार्यान्वयन गर्नु पर्ने हुन्छ । सार्वजनिक सम्पत्ति प्रयोग गरी स्थापित मेडिकल…
सिन्धुली, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । चिकित्साशास्त्र विधेयक सरकारले सदनबाट जबर्जस्ती पास गरेको चर्चा गर्दै पार्टी देउवाले अधिनायकवादको एउटा उदाहरण भएको प्रष्ट्याउँदै त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्नेसमेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
सोलुखुम्बु, १३ माघ । वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानकारी दिनुभयो । मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।
केशवराज भण्डारी झापा, १२ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ को डिएमसि विरिङ्ग देखि मदनपुर जानका लागि विरिङ्ग खोलामा झोलुङ्गे पुल बन्ने पक्का भएको छ । स्थानिय समाज सेवी केदारनाथ पराजुलीको सकृयतामा १ सय ६० मिटर लम्बाइको झोलुङ्गे पुलका लागि एक कार्यक्रमका विच संघिय सम्सद एवम अन्तराष्ट्रिय सम्वन्ध समितीकी सभापति पवित्रा निरौला ( खरेल ) ले सिलान्यास गरे सँगै पुल वन्ने पक्का भएको हो । पुल निर्माणको काम सुरु भए सँगै ४ किलोमिटर घुमाउरो बाटो घुमेर पारी जानु पर्ने वाध्यताबाट स्थानियहरु मुक्त भएका छन । एक करोड दश लाख लागतमा निर्माण हुन लागेको सस्पेन्सन आकारको झोलुङ्गेन पुल ४…