
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शरद शर्मा काठमाडौँ, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई कानूनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्षिक प्रतिवेदन बुझाउँदै निजी क्षेत्रमा भएका भ्रष्टाचारजन्य क्रियाकलापलाई पनि कानूनी दायरामा ल्याउन सुझाव दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निजी क्षेत्रमा ठूलो भ्रष्टाचार हुने गरेको भन्दै आफ्ना हरेक प्रतिवेदनमा निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि कानून बनाउन सरकारलाई सुझाव दिँदै आएको छ । नेपाल संयुक्त राष्ट्रङ्घीय भ्रष्टाचार विरुद्धको महासन्धिको पक्ष राष्ट्र भइसकेको परिपे्रच्छमा उक्त महासन्धिमा व्यवस्था भए बमोजिम निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई कानूनी दायरामा ल्याउने व्यवस्था गर्नुपर्ने केन्द्रको प्रतिवेदनमा…
सुपरहिट फिल्म ‘लुट’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुष्मा कार्की फेरि आइटमा देखिएकी छन् । फिल्म ‘गुप्त’को ‘म आँख मारिदिन्छु, बर्बाद पारिदिन्छु’ बोलको आइटम गीतमा उनी अहिले देखिएकी हुन् । प्रदर्शन मितितय हुन बाँकी यो फिल्म युनिटले पहिलो प्रचार सामाग्रीका रुपमा आइटम गीत सार्वजनिक गरेको हो । गीतमा अभिनेत्री सुस्माले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा सहिमा श्रेष्ठको स्वर छ, भने संगीत सजन श्रेष्ठले दिएकी छन् । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोका छायााकंन दिप्सन डंगोल हुन् । दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेको फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । राज रोय र…
सुनसरी, २३ माघ । सुनसरीको धरान उप(महानगरपालिका–१८ राँगा चोकमा स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ जना घाइते भएका छन् । भानुचोकबाट घोपा क्याम्पतर्फ यात्रु बोकेर जाँदै गरेको को २ ह ५२२३ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै युरेको स्कुलको को १ क १७०३ नम्बरको बसले बिहान साढे ६ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट टेम्पोमा सवार सुनसरी धरान–५ देउरालीका ३२ वर्षीया, गंगा श्रेष्ठ, २८ वर्षीय गणेश लिम्बु, ४३ वर्षीया तीर्थकुमारी भुजेल, ३१ वर्षीया उर्मिला लिम्बु र ३९ वर्षीया संगीता लिम्बु घाइते भई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घाइते सबैको…
काठमाडौं, २३ माघ । विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् । २०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ । उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, २३ माघ । विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ । यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा…
काठमाडौं, २३ माघ । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार सार्वजनिक विकास निर्माणका कार्यक्रम तथा आयोजनाहरूमा सिर्जना हुन सक्ने रोजगारी आकलन गर्ने, रोजगारी बढाउने कार्यक्रम…
बिर्तामोड, २३ माघ । झापाको सुरुङ्गा अमरपथ सडक हँुदै दैनिक सयौँ पशु चौपाया तस्करी हुने गरेको रहस्य खुलेको छ । बरामद पशु चौपाया कनकाई नगरपालिका–३ सुरुङ्गा टप्पुममा २ वटा ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्थामा फेला परेसँगै उक्त रहस्य बाहिर आएको हो । ट्रकमा १३ वटा गाई र १५ वटा गोरु लोड गरिएको अवस्थामा सुरुङ्गा टप्पुबाट हाम्रो सुरुङ्गा युवा परिवाका सदस्य सरोज पोखरेल लगायतका युवाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका छन् । बरामद पशु चौपायालाई १३ वटा गाईलाई सताक्षी गौशालामा बुझाइएको र १५ वटा गोरुसहित ना ६ ख ६०२ नम्बरको ट्रक इलाका प्रहरी कार्यालय सुरुङ्गामा बुझाइएको हो । लामो…
बिर्तामोड, २३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ । महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै पुग्ने गरेका छन् । महोत्सवस्थलमा जुम्ला बजारबाट ल्याइएको मार्सी चामलको स्टल राखिएको छ । स्टलमा बसेकी शान्ति न्यौपानेका अनुसार राजधानीस्थित हिमाली प्रोडक्ट टेडिङ सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर सप्लाइ गरिरहेको छ । हाल देशैभर मार्सी चामलको माग उच्च रहेकाले हरेक ठाउँमा लाग्ने महोत्सवमा यसको स्टल राख्ने गरिएको स्टलकी गंगादेवी राउतले जानकारी दिइन् । बिर्तामोड महोत्सवबाट मात्र ९ क्वीन्टल मार्सी चामल बिक्री भएको…
सन्तोष शर्माबिर्तामोड, २३ माघ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले योजनाहरुको प्राथमिकीकरण नहुँदा विनियोजित बजेटको उपयोगिता कम हुँदै गएको बताउनुभएको छ । मिडिया रिसर्च सेन्टर झापाले जिल्ला समन्वय समिति झापाको सहकार्यमा मंगलबार बिर्तामोडमा आयोजना गरेको ‘पुस्तक विमोचन तथा झापाको विकास बहस’ कार्यक्रममा मन्त्री कार्कीले स्थानीय तहले जथाभावी शीर्षकमा बजेट विनियोजन गरेकाले बजेटको उपयोगिता कम हुँदै गएको बताउनुभयो । ‘अहिले स्थानीय तहले जे पायो त्यही शीर्षकमा बजेट छुट्याएको छ’, उहाँले भन्नुभयो, ‘यसले समृद्धि हासिल हुँदैन, बजेट मात्र खेर जान्छ ।’ जुन शीर्षकमा बजेट छुट्याउँदा बढी प्रतिफल लिन सकिन्छ सोही आधारमा नीति तथा कार्यक्रम बनाएर बजेट…
काठमाडौँ २२ माघ । नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ । उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा प्रतिस्पर्धा गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रत्येक तौल समूहका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले स्वर्ण जित्नेले रु २५ हजार, रजत जित्नेले १५ हजार र कास्य पदक हात पार्नेले १० हजार पाउनेछन् । यस्तै चौथो र पाँचौँ हुने खेलाडीले…